मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
काठमाडौँ, २० चैत (रासस) ः कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणनामा बृहत् लोकतान्त्रिक समूहका अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलको अग्रता कायम रहेको छ । उपत्यकाबाहिर सबै जिल्लाको मत गनिसक्दा पोखरेलले एक हजार ७८६ मत प्राप्त गर्दै अग्रता कायमै राख्नुभएको छ । पोखरेललाई प्रगतिशील, पेशागत तथा समावेशी समूहका अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले एक हजार ५६१ मतले पछ्याइरहनुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिनुभयो । त्यसैगरी महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेलले एक हजार ७८५ मत प्राप्त गर्नुभएको छ भने प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले एक हजार ४७५ मत प्राप्त गर्नुभएको छ । अहिले उपत्यकाको एक हजार २८९ मत गणना हुन थालेको उहाँले जानकारी गराउनुभयो । यस्तै भोलि दुई हजार ५७५ मतगणना हुनेछ । २५औँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो । बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।
Leave a Reply