भर्खरै :

थाइल्याण्डको छ स्थानमा पुनः निर्वाचन हुने ः निर्वाचन आयोग

बैंकक, थाइल्याण्ड, २१ चैत (रासस÷सिन्ह्वा)मतदानमा अनियमितता भएको भनिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने थाइल्याण्डको निर्वाचन आयोगले जानकारी गराएको छ ।
निर्वाचन आयोगले बिहीबार जारी प्रेस विज्ञप्तिमा यसअघि सम्पन्न तर विवादका कारण मत परिणाम घोषणा नगरिएका विभिन्न छ स्थानमा पुनः निर्वाचन गर्ने निर्णय भएको बताइएको छ । यद्यपि आयोगले निर्वाचन मिति भने तय गरिसकेको छैन ।
उक्तस्थानमा गणना भएका मत र मतदानमा सहभागी व्यक्तिको सङ्ख्यामा निकै भिन्नता आएपछि परिणाम सार्वजनिक गरिएको थिएन । थाइल्याण्डमा गत मार्च २४ गते आम निर्वाचन भएको थियो ।
पुनः निर्वाचन गरिने स्थानहरूमा लाम्फाङ प्रान्तको निर्वाचन क्षेत्र नम्वर ४ अन्तर्गतका दुई इकाई, यसोथोन प्रान्त अन्तर्गत निर्वाचन क्षेत्र नम्वर २ को एक इकाइ र फिसानुलुक प्रान्त निर्वाचन क्षेत्र नम्वर २ मा एक स्थान, बैंककको निर्वाचन क्षेत्र नम्वर १३ अन्तर्गत एक स्थानमा पुनः निर्वाचन गरिने भएको विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच मार्च २४ मा भएको खोनखान प्रान्तको निर्वाचन क्षेत्र नम्वर ३ का दुईस्थानको मतगणना पुनः गर्ने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *