भर्खरै :

स्तालिन–१

अन्ना लुई स्टङ«
(अमेरिकी पत्रकार अन्ना लुई स्ट्रङको प्रस्तुत लेख पहिलो पटक सन् १९४१ मा द डायल प्रेस, न्युयोर्कमा प्रकाशित भएको थियो । सोभियत नेता स्तालिनबारे पुँजीवादी प्रचारमाध्यमले स्तालिनको विषयमा प्रचार गर्ने अनेकन झूटा कुरा, सत्यसँग मेल नखाने कुरा अन्नाको यो लेखबाट थाहा पाउन सक्छौँ । लेखलाई अङ्ग्रेजीबाट नेपाली भाषामा अनुवाद हौसलाले गर्नुभएको हो ।)
वर्षौंअघि जब मैले पहिलोपटक राष्ट्रपति रुज बेल्ट(१)सँग सँगै बसेर खाना खाने अवसर पाएँ, त्यसको केही समय पहिले उनले एच जी. वेल्स(२)सँग भेटेका थिए । सोभियत सङ्घबारे उनले चासो राख्ने सबै विषयमध्ये स्तालिनको व्यक्तित्वबारे बुझ्न उनी बढी आकर्षित र प्रभावित बनाएको मैले पाएँ, विशेषगरी स्तालिनको नेतृत्व कौशलबारे । मेरो विचारमा त्यो अधिकांश अमेरिकीहरूको लागि एउटा स्वाभाविक र साझा चासोको विषय पनि थियो । सोभियत सङ्घभित्र र त्यसको सीमा बाहिर पनि बीसौं वर्षदेखि अविछिन्न रूपमा उदाएको स्तालिनको प्रतिष्ठित व्यक्तित्वले विशेषगरी राजनीतिका विद्यार्थीलाई अवश्य आकर्षित गर्छ ।
तर, प्रायशः अमेरिकी सञ्चारमाध्यमले स्तालिनबारे आफ्नो अनभिज्ञतालाई “क्रेमलिनका रहस्यमय शासक” भनी बारम्बार व्यक्त गर्ने गर्छन् । उहाँलाई एक धूर्त, रक्तपिपासु तानाशाहका रूपमा चित्रण गरिएको पाइन्छ । “बोल्शेविकवाद” भनिने केही कुरा प्राप्तिका लागि सम्पूर्ण देशहरूलाई विश्वयुद्धमा होम्न समेत स्तालिन तत्पर रहेको झल्काउने व्यङ्ग्यचित्र पनि छापिएको भेटिन्छ । यो पूर्णतः असत्य र भूmटको पर्दाले छोपिएको निरर्थक प्रचारको अन्त्य चाँडै हुनेछ । यो कुरा यथार्थ हो कि प्रायशः अमेरिकी सम्पादकहरू सोभियत सङ्घलाई बुझ्ने सामथ्र्य राख्दैनन् र स्वयम् स्तालिन पनि सामान्यतः विदेशी पत्रकारहरूको पहुँचबाट टाढा बस्नुहुन्थ्यो । विन्स्टन चर्चिल(३), एडोल्फ हिटलर(४), बेनिटो मुसोलिनी (५), फ्रान्कलिन डि. रुजवेल्ट र च्याङकाई सेक(६)जस्ता व्यक्तिहरूसँग सहज रूपमा कुराकानी गर्नसक्ने पत्रकारहरू र संसारको एउटा उच्च ओहदामा पुगिसकेको दाबी गर्ने मानिसहरूलाई समेत स्तालिनले भेट्ने समय नदिंदा तिनीहरू चिढिन्थे । वास्तविकता के थियो भने स्तालिन आफ्नो त्यस्ता महत्वपूर्ण काममा व्यस्त हुनुहुन्थ्यो जुन काममा विदेशी सम्पर्क र प्रचारबाजीले कुनै पनि योगदान पु¥याउँदैनथ्यो । एक प्रजातान्त्रिक राष्ट्राध्यक्षको हैसियतले उहाँको काम सरकारमा भएको पार्टीको साथै पुरै देशको पनि व्यवस्थापन गर्नुथियो ।
जर्मन–सोभियत युद्ध सुरु भएदेखि स्तालिन सेना र सरकार प्रमुख हुनुभयो । उहाँले अब धेरै विदेशीहरू भेट्नुहुनेछ । उहाँले ह्यारी हप्कीन्स (७) र डब्लु एभेरेल ह्यारीम्यान (८)ं सँगको भेटघाटबाट सुखद् सुरुआत गर्नुभएको छ । स्तालिनबाट उनीहरू प्रभावित देखिन्थे ¤ मलाई थाहा छ उनीहरू किन र कसरी प्रभावित भए, किनकि मैले पनि स्तालिनलाई भेट्ने अवसर पाएकी छु । अमेरिकी र बेलायतीहरूमा अहिले परिरहेको स्तालिनको प्रभावको प्रकाशमा उनको वास्तविक व्यक्तित्वको तस्वीर बाहिर आउनेछ र एक रहस्यमयी तानाशाहको मिथकको अन्त्य हुनेछ । एकजना सोभियत लेखकले स्तालिनको वर्णन गरेजस्तै सायद हामीले एक दिन स्तालिनलाई “विश्वका महान प्रजातन्त्रवादी” भनी श्रद्धा गरेको सुन्नेछौं । जब मैले स्तालिनलाई भेटेँ, मैले उहाँ रहस्यमयी हुनुभएको पाइनँ । मैले अहिलेसम्म भेटेका व्यक्तिमध्ये कुरा गर्न सहज व्यक्तिका रूपमा उहाँलाई पाएँ । मेरो अनुभवमा उहाँ उत्कृष्ट अध्यक्ष हुनुहुन्छ । उहाँ सबै व्यक्तिको विचार बाहिर ल्याउन र छोटो समयमा तिनीहरूलाई समायोजन गर्नसक्ने असल गुण भएका नेता हुनुहुन्छ । सङ्गठन सञ्चालन गर्ने उहाँको तरिकाले मलाई कता कता हल हाउस का जेन एडम्स(९) वा हेनरी स्ट्रिट सेटलमेन्टका लिलियान डि. वाल्ड (१०)को सम्झना दिलायो । उनीहरूसँग पनि उही खालको कुशल प्रजातान्त्रिक तरिकाहरू थिए । तर, उनीहरूले स्तालिनले भन्दा अत्यधिक दबाबको नीति प्रयोग गरे ।
स्तालिन विदशीहरूको पहँुचभन्दा बाहिर त हुनुहुन्थ्यो । तर उहाँले कोही पनि विदेशीलाई नभेट्नुभएको होइन । केही विदेशीसँग उहाँले पक्कै भेट्नुभएको थियो ।
उहाँले क्रेमलिनको आतेरी टावरमा एक्लै जीवन बिताउनुभएको भने होइन । उहाँलाई व्यस्त राख्ने करिब २० करोड जनता थिए । उहाँ उनीहरूमध्ये धेरैलाई भेट्नुहुन्थ्यो । सधैँ पार्टीका नेताहरूलाई नै मात्र भेट्नुपर्छ भन्ने होइन । दूध उत्पादनमा कीर्तिमानी बनाउने महिला, अणु टुक्र्याउने वैज्ञानिक, अमेरिकासम्म उडान भर्ने विमानचालक, उत्पादनका नयाँ तरिका आविस्कार गर्ने कोइलाखानीका मजदुर, घरायसी कामकाजी मजदुर, नयाँ परिस्थिति र प्रविधि जानेका इन्जिनियर आदि केही महत्वपूर्ण र उल्लेखनीय उपलब्धि हासिल गरेको वा विशेष समस्यामा परेको व्यक्तिसँग त्यस विषयमा छलफल गर्न स्तालिन बोलनाउनुहुन्थ्यो । यस्ता भेटघाटमा उहाँ तथ्याड्ढहरू प्राप्त गर्नुहुन्थ्यो र देशको वास्तविक तस्वीरसँग साक्षात्कार गर्नुहुन्थ्यो ।
स्तालिनले मसँग किन भेट्नुभयो भन्ने कुरा मैले पछि मात्र महसुस गरेँ । करिब १० वर्ष मैले उहाँको मुलुकलाई मन पराएँ र त्यहाँ सफल हुने कोसिस गरेँ । पञ्चवर्षीय योजनासम्बन्धी काम गर्न आएका अन्य अमेरिकीहरूका लागि मैले करिब दस वर्षमा दुई वर्ष मैले त्यहाँ एउटा सानो साप्ताहिक पत्रिकामा सञ्चालन र सम्पादन गर्ने कोसिस गरेँ । सेन्सरसिपले निम्त्याएका कानुनी प्रक्रिया र अन्य प्रतिस्पर्धी साप्ताहिकहरूको जथाभावी तरिकाका कारण म त्यो काम छोड्न चाहन्थँे । मेरा प्रमुख सम्पादक मसँग मोलमोलाइ गर्दै थिए या मेरो भावनासँग खेल्न खोज्दै थिए । यदि मैले राजिनामा दिएँ भने उनले मेरो प्रतिष्ठा माटोमा मिलाइदिने धम्की दिए । थकित र क्रोधित मलाई आफू फन्दामा फसेको महसुस गर्दै थिएँ । मेरा एक रुसी मित्रले मलाई स्तालिनसमक्ष मेरा समस्या र गुनासो पोख्न सुझाए, उनकै सल्लाहअनुसार मैले पत्र कोरँे । तीन दिनपछि मलाई स्तालिनको कार्यालयमा बोलाइयो । पत्रमा मलाई केही जिम्मेवार कमरेडहरूसँग त्यसबारे छलफल गर्न त्यहाँ आउन सुझाव दिइएको थियो । यो यति छोटो समयमा भएको थियो, मैले झण्डै त्यहाँ जान अस्वीकार गरिसकेको थिएँ किनकि मेरा प्रमुख सम्पादक मेरो राजिनामा स्वीकृत गर्न सहमत भइसकेका थिए र म यसबाट पूर्णरूपमा उम्किसकेको थिएँ । पत्र पठाइसकेपछि शिष्टताका लागि भए पनि म त्यहाँ पुग्नुपर्छ भन्ने मैले विचार गरेँ ।
पार्टी मुख्यालयका केही उच्च पदाधिकारीहरूसँग मात्र भेट हुने होला भन्ने मलाई लागेको थियो । गाडी सिधै क्रेमलिनतिर हुइँकियो । म एउटा ठूलो बैठक कक्षभित्र पसेँ । स्तालिनसँगै, कागानोभिच (११) र भोरोसिलोभ (१२) समेतले मलाई अभिवादन गर्न उठेको देख्दा म आश्चर्यमा परँे । कताकता अत्यन्तै अमिल्दो र अप्ठ्यारो भएको महसुस गरेँ । पछि मैले बुझेँ मलाई सानो लागेको त्यो समस्या उहाँहरूको त्यतिबेलाको प्रमुख चासोको विषय रहेछ । हजारौं अमेरिकीहरूजस्तै म पनि एकजना थिएँ जसले उहाँहरूलाई चिन्तित बनाउन थालेको थियो । हामी सोभियत सङ्घमा त्यहाँका उद्योगहरूमा काम गर्न आएका थियौँ । हामी व्यवहारिक रूपमा इमानदार र कुशल थियौँ । तर, सन्तोषजनक रूपमा काम गर्न सकिरहेका थिएनौँ । सोभियत उद्योगहरूमा काम गर्न के समस्या छन् ? स्तालिन बुझ्न चाहनुहुन्थ्यो । मसँगको कुराकानीबाट मेरा समस्याहरूबारे बुझ्न चाहनुहुन्थ्यो । सोभियत भूमिमा हामी अमेरिकीहरूलाई के कुराले छुन्छ अथवा के कुराले असर गर्दैन भन्नेबारे उहाँ अध्ययन गर्न चाहनुहुन्थ्यो । कुराकानीमा उहाँले मबाट सोभियत सङ्घमा काम गर्दै गरेका हामी अमेरिकीहरूका विषयमा केही जानकारी लिनुभयो । साथै मैले त्यस बैठकबाट सोभियत सङ्घ कसरी सँगै अर्थात् एउटै मालामा उनेर राखिएको छ र स्तालिनले कसरी काम गर्नुहुन्छ भन्ने विषयमा महत्वपूर्ण कुरा जान्ने अवसर पाएँ ।
उहाँसँग मेरो पहिलो भेट मैले सोचेको वा चिताएको जस्तो थिएन । खाइलाग्दो शरीरमा खाकीर·को साधारण कोटमा रहनुभएका स्तालिनको व्यवहार अत्यन्त सीधा र नम्र थियो । छलफलमा सहभागी हुन म रुसी भाषा पर्याप्त बुझ््छु कि बुझ्दिनँ भन्ने उहाँको पहिलो चासो थियो । हामी बसाई अनौपचारिक थियो । स्तालिन मुख्य व्यक्ति बस्ने जस्तो देखिने कुर्सीमा बस्नुभएन । त्यस स्थानमा भारोसिलोभ बसे । हामी सबैको अनुहार राम्रोसँग देखिने स्थानमा स्तालिन बस्नुभयो र मैले गुनासो गरेका व्यक्तितिर प्रश्न तेर्साउँदै कुराकानीको सुरुआत गर्नुभयो । त्यसपछि स्तालिन मौन बस्नुभयो । उहाँ पृष्ठभूमिमा बसेर सबै कुरा सुनिरहनुभएको थियो । बैठकमा उपस्थित अन्य सहभागीहरूले टिप्पणी सुरु गरे । कागानोभिचको तीक्ष्ण बुद्धि, भोरोसिलोभको उत्साहपूर्ण मुस्कान, परामर्शका लागि बोलाइएका अन्य मानिसहरूका विशेषताहरू सबै विस्तारै प्रस्फुटित हँुदै गयो । मैले उहाँहरू सबैलाई बुभ्mन थालँे र उहाँहरूको अभिव्यक्तिबाट प्रभावित भएँ । मैले गुनासो गरेका सम्पादकलाई पनि विस्तारै बुझें । छलफलमा अनायास म आफैंले पनि बोल्न थालेँ । मेरा धारणा र तथ्यहरू छिटछिटो अझ प्रस्टसँग व्यक्त गर्न थालेँ । यसरी त मैले यसअघि कहिल्यै अभिव्यक्त गर्ने वातावरण पाएकी थिइनँ । मानिसहरू मसँग सहमत भएका जस्ता देखिन्थे । स्तालिन त्यहाँ उपस्थितमध्ये सबैभन्दा कम बोल्नुहुँदा पनि सबथोक एकदम छिटो भयो र सहजरूपमा सबै जना एकै बुँदामा सहमत भए ।
त्यसपछि त्यो छलफलबारे मैले पुनः विचार गरेँ । धैर्यपूर्वक सुन्ने स्तालिनको प्रतिभाले हामी प्रत्येकले आफैंलाई अभिव्यक्त गर्न र आपसमा बुभ्mन मद्दत ग¥यो । उहाँ मेरा शब्द कहिले प्रश्नवाचक लयमा त कहिले थोरै जोड दिएर दोहो¥याउनुहुन्थ्यो । उहाँको यस शैलीले मैले त्यो बुँदा याद गरिनँ या मैले बढाइचढाइ गरेँ कि भन्ने महसुस गराएको थियो । अभिव्यक्तिमा यस्तो जटिलताले मलाई आफ्नो अभिव्यक्तिलाई सरल बनाउन सहयोग ग¥यो । मलाई आजसम्म याद छ, उहाँले यही कुराको प्रयोग अरुमाथि पनि गर्नुभएको थियो । त्यसपछि मैले उहाँको कला नै उहाँको गतिशील शक्ति बनिसकेको छ भन्ने कुरा बुझें । यस्तो धैर्यपूर्वक सुन्ने बानीको विकास उहाँको क्रान्तिकारी जीवनको सुरुआती दिनहरूबाटै भएको थियो । एक वरिष्ठ बोल्सेविक सदस्यले मलाई भन्नुभएको थियो,– “हाम्रो पार्टीको सुरुआती दिनहरूबाट म स्तालिनलाई राम्रोसँग चिन्छु । एक शान्त युवा जो बैठकको छेउमा बस्थे, प्रायशः मौन बस्ने तर सधंै धैर्यपूर्वक सुन्ने गर्थे । बैठकको अन्त्यतिर उहाँ केही टिप्पणी गर्नुहुन्थ्यो, कहिलेकाहीं प्रश्नको रूपमा । विस्तारै हामीले देख्न थाल्यौँ, उहाँ सधैँ बैठकमा अभिव्यक्त विचारको उत्कृष्ट साझा निचोड निकाल्नुहुन्थ्योे । स्तालिनलाई भेट्ने जोकोहीले यो विशेषता मनन गर्नसक्छन् । उहाँ अरुका अभिव्यक्तिलाई रोक्नु हुन्नथ्यो, आफूले सुरुमै बोलेर सहजै रोक्न पनि सक्नुहुन्थ्यो । तर, उहाँ सधैँ सुनेर सिक्ने मानिस हुनुहुन्छ ।
“घाँस हुर्केको समेत उहाँ सुन्नुहुन्छ” एक सोभियत नागरिकले मलाई भने ।
यसरी सङ्कलन गरिएका तथ्यहरूको आधारमा भन्न सकिन्छ उहाँ‘रातमा एक्लै बसेर’ होइन सम्बन्धित समूहसँग सल्लाह र छलफल गरेर निष्कर्ष निकाल्नुहुन्थ्यो । ‘रातमा एक्लै बसेर’ निर्णय गर्ने शैली त मुसोलिनीको तरिका हो– इमिल लुडविग (१३) भनेका थिए । अन्तर्वार्ताहरूमा समेत प्रश्नकर्तासँग उहाँ विरलैमात्र एक्लै भेट्नुहुन्थ्यो । मोलोतोभ (१४), भोरोसिलोभ वा कागानोविचहरू साथमा हुन्थे । सायद आफ्ना नजिकका कमरेडहरूसँग सल्लाह नगरिकन उहाँ अन्तर्वार्तासमेत दिनुहुन्नथ्यो । यो बानी उहाँले धेरै अघिदेखि बसाल्नुभएको थियो । भूमिगत क्रान्तिकारी आन्दोलनका दिनहरूमा उहाँ आफ्ना कमरेडहरूसँग नजिकको कसिलो सहकार्य गर्न अभ्यस्त भइसक्नुभएको थियो । उत्तिबेला एकजना कमरेडको जीवनको डोरी अर्कोको हातमा हुन्थ्यो । जीवन बचाउनको निम्ति उहाँहरूले छिटो र एकमतले सहमत हुन सिक्न, एक अर्काको प्रवृत्ति आत्मसात गर्न, टाढाबाट समेत एक अर्काको मस्तिष्क बुझ्न सिक्न जरुरी थियो । यस्तै समूहबाट उहाँले आफ्नो पार्टीमा नाम कमाउनुभएको हो –‘स्पातको मानिस, स्तालिन’ । यो उहाँले जन्मँदै लिएर आउनुभएको नाम होइन ।
यदि मैले स्तालिनलाई एक राजनीतिज्ञका रूपमा चिनाउन परे, म उहाँलाई सर्वोत्कृष्ट समितिबद्ध मानिस (ऋयmmष्ततभभ mबल) भन्छु । २० करोड जनताको नेताका लागि के यो शब्द अति निरस हुन्छ ? म यसको सट्टा उहाँलाई एक दूरदर्शी राजनीतिज्ञ पनि भन्न सक्छु, यो पनि सही हो । स्तालिनका उत्कृष्ट गुणहरूलाई अगाडि सार्दा जहिले पनि उहाँको असल सामूहिक कार्यशैली र उहाँका काम नै अरु विशेषताभन्दा अगाडि आउँछन् । सामूहिक नेतृत्व गर्ने उहाँको क्षमता विश्वका लागि उल्लेखनीय छ ।
सन्दर्भ व्यक्ति परिचय
१) फ्रान्कलिन डी रुजवेल्ट संरा अमेरिकाका ३२ औँ राष्ट्रपति हुन् । सन् १९३०–४० दसकको विश्व आर्थिक सङ्कट र दोस्रो विश्वयुद्धको समयमा उनी राष्ट्रपति थिए । उनको सन् १९४५ अप्रिल १२ मा निधन भएको थियो ।
२) एच जी वेल्स बेलायती लेखक तथा चिन्तक हुन् । उनले धेरै उपन्यास, कथा, टिप्पणी, व्यङ्ग्य आदि लेखेका छन् । उनलाई विज्ञान साहित्य (साइन्स फिक्सन) का पिता मानिन्छ ।
३) विन्स्टन चर्चिल सन् १९४० देखि १९४५ र सन् १९५१ देखि १९५५ सम्म दुई कार्यकाल बेलायतका प्रधानमन्त्री थिए । बेलायतको कन्जरभेटिभ पार्टीका नेता चर्चिलले दोस्रो विश्वयुद्धमा बेलायतको नेतृत्व गरेका थिए ।
४) एडोल्फ हिटलर जर्मनीका फासीवादी शासक हुन् । दोस्रो विश्वयुद्धअघि जर्मनीका चान्सलर बनेका थिए । उनले सन् १९३३ देखि १९४५ मा जर्मनीमा फासीवादी तानाशाही शासन चलाएका थिए । दोस्रो विश्वयुद्धमा फासीवादी खेमाको पराजयपछि उनले आत्महत्या गरे ।
५) बेनेटो मुसोलिनी इटालीका फासीवादी तानाशाह थिए । समाजवादी पार्टीबाट राजनीति सुरु गरेका उनी समयान्तरमा फासीवादी बने । फासीवादी राजनीति विचारका उनी प्रवद्र्धक मानिन्छ । दोस्रो विश्वयुद्धमा फासीवादको पराजयपछि सन् १९४५ अप्रिलमा उनको निधन भयो ।
६) च्याङकाई शेक चीनको दक्षिणपन्थी कोमिन्ताङ पार्टीका नेता हुन् । कम्युनिष्टहरू दबाउन उनले जापानी साम्राज्यवादीसँग साठगाँठ गरेका थिए । सन् १९४९ मा चीनमा नयाँ जनवादी गणतन्त्र स्थापना भएपछि उनी ताइवान भागे । उनको सन् १९७५ को अप्रिलमा निधन भयो ।
७) ह्यारी हपकिन्स संरा अमेरिकाका वाणिज्य मन्त्री र राष्ट्रपति रुजवेल्टका प्रमुख सल्लाहकार थिए । सोभियत सङ्घ र संरा अमेरिकाबीच भएको नयाँ सम्झौताका उनी प्रमुख योजनाकार थिए । दोस्रो विश्वयुद्धको समयमा उनी रुजवेल्टका प्रमुख कूटनीतिक सल्लाहकारमध्येका थिए ।
८) विलियम एभरेल ह्यारीमेन (डब्ल्यु एभरेल ह्यारीमेन) संरा अमेरिकी राष्ट्रपति ह्यारी एस ट्रमेन सरकारका वाणिज्य सचिव थिए । उनी न्युयोर्क सहरका गभर्नर थिए ।
९) जेन एडम्स संरा अमेरिकाका सामाजिक अभियन्ता अग्रणी महिला हुन् । उनले संरा अमेरिकाको सिकागोमा युरोपेली आप्रवासीलाई बस्न हल हाउस नामको शिविर स्थापना गरेकी थिइन् ।
१०) लिलियान डी वाल्ड संरा अमेरिकाका नर्स, मानवतावादी र लेखिका हुन् । उनले न्युयोर्क सहरमा हेनरी स्ट्रिट शिविर स्थापना गरेर सामाजिक सेवा गरेकी थिइन् । नर्स भएकीले उनी सामुदायिक स्वास्थ्य चेतना कक्षा पनि सञ्चालन गर्थिन् । उनी महिला र अल्पसङ्ख्यक पक्षधर अभियन्ता थिइन् ।
११) लाजार मोइसिएविच कागानोविच सोभियत राजनीतिज्ञ तथा स्तालिनका प्रमुख सहयोगीमध्ये थिए ।
१२) क्लिम भोरोशिलोभ सोभियत सङ्घमा स्तालिनका सहयोगी प्रमुख सैनिक अधिकारी थिए । उनी त्यत्तिबेलाका पाँच जना सोभियत मार्सलमध्ये एकजना थिए ।
१३) इमिल लुडविग जर्मन–स्वीस लेखक हुन् । उनले इतिहासका विभिन्न विख्यात व्यक्तिहरूका बारेमा जीवनी लेखेका थिए ।
१४) भ्याचेस्लाभ मिखाइलोविच मोलोतोभ सोभियत नेता तथा कूटनीतिज्ञ थिए । स्तालिनको शासनकालमा मोलोतोभ स्तालिन नजिक मानिन्थे ।
क्रमश…

Leave a Reply

Your email address will not be published. Required fields are marked *