सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ३
- असार १४, २०८३
–प्रकाश
धर्मलाई राजनीतिको मुद्दा बनाउनु आजको युगलाई सुहाउने कुरा होइन । धर्म व्यक्तिको व्यक्तिगत आस्था र विश्वासको विषय हो । तपार्इँ हामी व्यक्ति–व्यक्तिले आफूलाई ठीक लागेको धर्म अपनाउने, एउटै धर्मभित्र पनि सही लागेको सम्प्रदायमा सामेल हुने वा कुनै धर्म नै नमान्ने स्वतन्त्रताको अधिकार छ । एउटै देशभित्र फरक–फरक धर्म मान्ने जनता हुन्छन् । हाम्रो देशमा पनि विभिन्न धर्म मान्ने जनता धेरै पहिलेदेखि मिलेर बस्दै आएका छन् ।
देश हामी सबै देशवासीको हो, देशमा राज्य भन्ने अदृश्य मान्यताले शासन गर्दछ । राज्यको प्रतिनिधित्व सरकारहरूले गर्दछन् । देशवासीको रक्षा गर्नु, हितको संवद्र्धन गर्नु, संविधान, ऐन र नियमहरू लागू गर्नु, संविधान तथा ऐनप्रदत्त नागरिक अधिकार प्रत्याभूत गर्नु तथा शान्ति सुरक्षा कायम गर्नु राज्यको कार्य हो । राज्य व्यक्ति होइन बरु सबै देशवासीको साझा मान्यता र भावना हो । राज्यको व्यक्तिगत कुनै कुरा हुँदैन । त्यसैले राज्यको धर्म पनि हुँदैन । विश्वका सबै आधुनिक राज्य धर्मनिरपेक्ष नै हुन्छन् । धर्मनिरपेक्ष नबनेको राज्य आधुनिक राज्य, लोकतान्त्रिक, समाजवादी वा साम्यवादी राज्य बन्नसक्दैन । धर्मनिरपेक्ष नबनेको राज्यले देशमा बसोबास गर्ने जनतालाई समान न्याय गर्नसक्दैन ।
नेपालको संविधान २०७२ अनुसार नेपाल धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपाल राज्य धर्मनिरपेक्ष बनेकोमा विरोध गर्ने र हिन्दू राज्य या हिन्दू राष्ट्र हुनुपर्छ भन्ने माग र आग्रह उचित होइन । त्यो उनीहरूको जनहितका अरु राजनीतिक मुद्दा नबोकी बहुसङ्ख्यक जनता हिन्दू धर्मावलम्बी भएको देशमा हिन्दू मानिसहरूको समर्थनमा राजनीतिक पार्टी ठूलो बनाउने र निर्वाचनमा मत प्राप्त गर्ने अवसरवादी धुत्र्याइँमात्र हो । राज्यलाई कुनै धर्म विशेषको बनाउने कुरा धर्मको नाममा निरङ्कुशता लाद्न चाहनेहरूको चालबाहेक केही होइन ।
Leave a Reply