भर्खरै :

इरानी सेनालाई संरा अमेरिकाद्वारा आतङ्कवादी घोषणा,इरानद्वारा प्रतिकार

वाशिङ्टन, ९ अप्रिल । संरा अमेरिकाले सोमबार इरानको सरकारी सेना इस्लामिक क्रान्ति रक्षक दल(आइआरजीसी)लाई ‘विदेशी आतड्ढवादी संगठन’ घोषणा गरेको छ । यो अनपेक्षित निर्णयले संरा अमेरिका र इरानबीचको तनावलाई अझ उचाईमा लाने र मध्यपूर्वको अवस्था अझ खराब बनाउने अनुमान गरिएको छ ।
“कुनै पनि सरकारी निकायलाई यसरी विदेशी आतङ्कवादी संगठन घोषणा गरेको इतिहासकै पहिलो पटक हो ।”, संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेको वक्तव्यमा लेखिएको छ ।
“संरा अमेरिकाको विदेश विभागले चालेको यो आकस्मिक कदमले इरान आतड्ढवादलाई राज्यस्तरबाट संरक्षण गर्ने देशमात्र होइन, बरु आइआरजीसी पनि आतड्ढवादी गतिविधिमा प्रत्यक्ष संलग्न बन्छ, आर्थिक बन्दोबस्त गर्छ र राज्यलाई आतड्ढवादको औजारको रुपमा प्रयोग गर्ने वास्तविकता पुष्टि भएको छ ।”, ट्रम्पले भने ।
ट्रम्प सरकारको उक्त निर्णयको इरानले तत्कालै ‘संरा अमेरिकको मध्यपूर्वमा खतरनाक जोखिमपूर्ण यात्रा’ को संज्ञा दिएको छ ।
इरानले जवाफमा पश्चिम एसियास्थित संरा अमेरिकी मध्य कमान्ड फोर्सलाई ‘आतड्ढवादी समूह’ को संज्ञा दिएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले संरा अमेरिकी सरकारलाई ‘आतङ्कवादको प्रायोजक’ र संरा अमेरिकी केन्द्रीय कमान्ड र पश्चिम एसिया कमान्डलाई ‘आतड्ढवादी समूह’ बताएको इरानको सरकारी समाचार संस्था आइआरएनए समाचार संस्थाले जनाएको छ ।
सन् २०१८ को मे महिनामा संरा अमेरिकाले सन् २०१५ मा भएको इरानको आणविक कार्यक्रमसम्बन्धी सम्झौताबाट ट्रम्प सरकारले हात झिके पछि दुई देशबीच पुरानै तनावपूर्ण अवस्थमा फर्केको हो । सम्झौताबाट हात झिके लगत्तै संरा अमेरिकाले उर्जा, पानी जहाजबाट ढुवानी, पानी जहाज निर्माण र वित्तीय क्षेत्रमा नाकाबन्दी थोपरेको थियो ।
संरा अमेरिकाले इरानी सेनासँग सम्बन्धित संस्था र व्यक्तिलाई कालो सूचीमा दर्ता गरिसकेको छ ।
ट्रम्पले सोमबारको वक्तव्यमा नयाँ निर्णयले इरानको सरकारलाई थप दबाब हुने विश्वास व्यक्त गरे । संरा अमेरिकी विदेश सचिव माइक पम्पेओले घोषणा भएको एक साता पछि इरानीमाथिको नयाँ कारबाही लागु हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *