भर्खरै :

रसुवागढी र साञ्जेनको साधारण शेयर बिक्री हुँदै

काठमाडौँ, २६ चैत । जनताको जलविद्युत्मा समावेश गरिएको दुई जलविद्युत् कम्पनीको साधारण शेयर आगामी वैशाख ६ गतेदेखि बिक्री हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनीका सहायक कम्पनी रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले रु. एक अर्ब ५४ करोड बढीको साधारण शेयर बिक्री गर्न लागेको हो ।
ती कम्पनीले मङ्गलबार छुट्टा–छुट्टै आह्वानपत्र सार्वजनिक गरी साधारण शेयरमा आवेदन दिन लगानीकर्तालाई आग्रह गरेका हुन् । सूचनाअनुसार रसुवागढीले रु. एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । त्यसमा चार लाख १० हजार ५२६ कित्ता कम्पनीका कर्मचारी र पाँच लाख १३ हजार १५७ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । उक्त आधारमा सर्वसाधारणका लागि ९३ लाख ३९ हजार ४६७ कित्ता शेयर बिक्री गरिनेछ ।
यस्तै साञ्जेनले रु. ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता साधारण शेयर बिक्री गर्नेछ । त्यसमा दुई लाख ७३ हजार ७५० कित्ता शेयर सामूहिक लगानी कोष र दुई लाख १९ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याई ४९ लाख ८२ हजार कित्ता सर्वसाधारणलाई बिक्री गर्न लागिएको मङ्गलबार प्रकाशित सूचनामा उल्लेख छ । बिक्री बन्द छिटोमा आगामी वैशाख १० गतेसम्म र पहिलो चरणमा बिक्री नभए आगामी जेठ ५ गतेसम्म हुनेछ । सर्वसाधारण शेयरधनीले दुवै आयोजनामा न्यूनतम ५० कित्ताका लागि आवेदन दिन सक्नेछन् । त्यस्तै रसुवागढी जलविद्युत्को आइपीओमा अधिकतम पाँच हजार कित्ता र साञ्जेन जलविद्युत्को शेयरमा अधिकतम दुई हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था छ ।
आयोजनाको संस्थापक शेयरधनीमा चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरणलगायत छन् । संस्थापकतर्फको शेयरपँुजी ५१ प्रतिशत र सर्वसाधारणतर्फको शेयरपँुजी ४९ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *