होर्मुज जलडमरू मध्य नजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी
- भाद्र २२, २०८३
डोनाल्ड ट्रम्प संरा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपश्चात वाल स्ट्रिटको शेयरको मूल्यमा भएको वृद्धि र अरबपत्तिहरुले भरिभराउ मन्त्रीमण्डलको गठनसँगै संरा अमेरिकामा फेरि पनि सन् २००८ को जस्तो आर्थिक महासंकट आउन सक्ने विश्लेषण गरिएको छ ।
विख्यात राजनीतिक चिन्तक तथा भाषाशास्त्री नोम चोमस्कीले आफ्नो मन्त्रीमण्डलमा खर्बपत्ति र वालस्ट्रिट(संरा अमेरिकी व्यापारिक केन्द्र)का पूर्व अधिकारीहरुबाट भरेर संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीलाई अर्को एउटा ठूलो आर्थिक विस्फोटनतर्फ ढकेलिरहेको बताएका छन् ।
अल्टरनेटमा हालै दिएको एक अन्तर्वार्तामा चोमस्कीले ट्रम्प मन्त्रीमण्डलमा भर्ती गरिएका वाल स्ट्रिटका मालिकहरुलाई औंल्याउँदै त्यसो भनेका हुन् । ‘संस्थापनको विरोध एउटा मजाक बनेको छ’, चोमस्कीले निष्कर्षमा भने,‘ट्रम्पलाई हेर्नोस् र उनको मन्त्रीमण्डल कस्तो छ, त्यसलाई हेर्नोस् ।’
संरा अमेरिकाको एउटा प्रमुख लगानी कम्पनी गोल्डम्यान साच्समा विगत २० वर्ष काम गरेका ट्रम्प मन्त्रीमण्डलका राज्यकोष सचिव स्टिभ नुचिनलाई चोमस्कीले औंल्याउँदै भने ।
त्यही कारण वाल स्ट्रिटले ट्रम्प र उनको सरकारलाई रुचाइरहेको उनको तर्क छ । ‘ट्रम्प निर्वाचित भएलगत्तै र त्यसपछि वित्तीय संस्थाहरुको शेयरमूल्य एकाएक आकाशिएको छ ।’
औषधि उद्योग, बैंक र कारागारआदिको शेयर मूल्य कर सुधार र न्यून नियमनको सरकारी प्रतिबद्धताका कारण एकाएक बढेको छ ।
‘ट्रम्पले नियमन हटाउनेछन्, आफूलाई बढीभन्दा बढी नाफा कमाउन दिन्छन् भन्ने आशामा लगानीकर्ताहरु हुरुक्क छन्,त्यसले एउटा विस्फोटनमा पु¥याउनेछ तर त्यस्तो परिस्थिति अरु कसैको समस्या हो, आफ्नो होएन भन्ने लगानीकर्ताहरुको सोच छ । करदाताहरुले विकराल समस्याको जिम्मा लिने उनीहरुको भनाई हो ।’
ट्रम्पले बरोबर ‘ओसिलो अवस्थाको निकास’ दिने र संस्थापनविरुद्ध लड्ने वचन दिएका थिए । तर अधिकांशतः विज्ञ र पर्यवेक्षकहरुको लागि उनको संरा अमेरिकी इतिहासमै सबभन्दा धनी सरकार हो ।

ट्रम्पले कामदार जनताको जीवन राम्रो बनाउने वाचा गरेका थिए तर उनको कर योजनाले त्यहाँको समाजका एक प्रतिशत माथिल्लो र धनी वर्गले मात्र उनको सरकारबाट फाइदा लुट्नेछ भने उनलाई चुनावमा जित्न मतदान गरेका श्वेत मजदुरहरुका समस्या ज्यूँकात्यू रहनेछन् ।
ट्रम्पले नयाँ स्वास्थ्य सेवा विधेयक ल्याउने भनेका थिए जसले तथाकथित ओबामाकेयरलाई विस्थापित गर्नेछ । तर सत्तापक्ष र प्रतिपक्ष दुवैका सांसदहरुले त्यो विधेयकको विरोध गरेका छन् । ट्रम्पको ओबामाकेयर विफल बनाउने योजनालाई उनीहरुले विध्वंसकारी भनेका छन् र नयाँ विधेयक ल्याए त्यसलाई विफल बनाउने बताएका छन् ।
ट्रम्पको नयाँ विधेयकले दसौं लाख जनतालाई आफ्नो स्वास्थ्यस्याहार बिमाबाट बञ्चित गर्नेछ । राष्ट्रपति चुनावको समयमा ट्रम्पको पक्षमा मतदान गरेका गरिब कामदार जनता नै प्रभावित हुनेछन् ।
स्रोतःटेलिसुर
Leave a Reply