भर्खरै :

नवउदारवादले होइन, समाजवादले देशमा स्थायित्व ल्याउने गर्दछ–मोरालेस

‘नवउदारवादकालमा बोलिभियासँग ऋणबाट मुक्त हुने क्षमता थिएन’, मंगलबार बोलिभियाका राष्ट्रपति इभो मोरालेसले ट्वीटरमा पोस्ट गरे ।
बुधबार बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आफ्नो देशमा पहिले लागु भएको नवउदारवादी व्यवस्थाभन्दा योजनाबद्ध समाजवादी ढाँचाले स्थायित्व दिएको भन्दै बोलिभियाको अर्थव्यवस्थाको प्रशंसा गरेका छन् ।
‘नवउदारवादकालमा बोलिभियासँग ऋणबाट मुक्त हुने क्षमता थिएन’, मंगलबार बोलिभियाका राष्ट्रपति इभो मोरालेसले ट्वीटरमा पोस्ट गरे ।
‘आर्थिक स्थायित्वका कारण आज १७७ वटा लगानीकर्ताहरुले प्रतिज्ञापत्रको लागि तयार भएका छन् ।’
सन् २००६ मा बोलिभियामा समाजवादतर्फको संक्रमण शुरु भयो । त्यसयता मोरालेसले बोलिभियाको अर्थतन्त्रमा धेरै परिवर्तन आएको छ ।
उनले सामाजिक कार्यक्रमहरुमा लगानी गर्न देशका प्राकृतिक स्रोतहरुबाट राजस्व बढाउने थुप्रै बृहत् आर्थिक नीतिहरु कार्यान्वयन गरे । त्यो रणनीतिले विगत ९ वर्षमा सार्वजनिक क्षेत्रमा लगानी ७५० भन्दा बढी प्रतिशतले बढाउन सहयोग ग¥यो ।
मोरालेसले बोलिभियाको हाइड्रोकार्बन ग्यासको उत्पादन सन् २०१३ मा ३ करोड ३० लाख क्युबिक मिटरबाट ५ करोड ६० लाख क्युबिक मिटर पु¥याउन सफल भए । परिणामतः आगामी केही वर्षमा बोलिभिया प्राकृतिक ग्यासको उत्पादनमा पूर्णतः आत्मनिर्भर हुने बताइएको छ ।

सन् २००६ मा बोलिभियामा समाजवादतर्फको संक्रमण शुरु भयो । त्यसयता मोरालेसले बोलिभियाको अर्थतन्त्रमा धेरै परिवर्तन आएको छ । उनले सामाजिक कार्यक्रमहरुमा लगानी गर्न देशका प्राकृतिक स्रोतहरुबाट राजस्व बढाउने थुप्रै बृहत् आर्थिक नीतिहरु कार्यान्वयन गरे । त्यो रणनीतिले विगत ९ वर्षमा सार्वजनिक क्षेत्रमा लगानी ७५० भन्दा बढी प्रतिशतले बढाउन सहयोग ग¥यो ।

ल्याटिन अमेरिकाका अरु कुनै पनि देशको तुलनामा गएको एक दशकमा बोलिभियाको वास्तविक न्युनतम ज्यालामा सर्वाधिक वृद्धि भएको छ । सन् २००५–२०१३ मा न्युनतम ज्याला १०४ प्रतिशतले बढेको छ ।
समाजवादी देश बोलिभियामा सरकार आफ्नो आर्थिक वृद्धि भएको निष्कर्षमा पुगे, मजदुरहरुलाई दुई दिन बिदा दिन त्यो क्षेत्रका कमै देशमध्ये पर्दछ ।
गएको डिसेम्बर महिनामा बोलिभिया सरकारले सन् २०१७ मा देशको अर्थतन्त्रको वृद्धिदरमा सुधार भइरहेको घोषणा गरेको थियो । इन्धनजन्य तेल र अन्य प्राकृतिक स्रोतको मूल्यमा स्थिरता आउने आशा गरिएको छ ।
‘इन्धनमा स्थायित्व भइरहेको छ, त्यसकारण सन् २०१७ मा हामी बोलिभियाको अर्थतन्त्र अघिल्लो वर्षको तुलनामा राम्रो हुने कुरामा हामी आशावादी छौं र यो कुराले हामीलाई उत्साहित बनाएको छौं ।’, बोलिभियाका अर्थमन्त्री लुइस एर्केले एक सञ्चारकर्मी बैठकमा भने ।
समाजवादी बन्दोबस्तभन्दा अघि बोलिभियाको अर्थतन्त्र अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकमा ठूलोमात्रामा निर्भर थियो । सन् १९७० को दशकमा निजी खानी र कृषि निर्यात उद्योगमा लगानी गर्न लिएका ठूलो मात्राको ऋणमा देशमा सीमित छ । त्यो ऋणले मुठ्ठिभर बहुराष्ट्रिय कम्पनीहरुलाई धनी बनाउन भूमिका खेल्यो ।
सन् १९८० दशकमा मूलतः निजी अन्तर्राष्ट्रिय बैंकबाट प्राप्त वैदेशिक ऋणको भारमा थलियो ।
सन् १९८० र ९० को दशकभरि बोलिभिया संसारकै सबभन्दा गरिब देशमध्ये थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *