मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
ऐतिहासिक नगरी भक्तपुरमा आजदेखि बिस्का जात्रा सुरु भएको छ । भक्तपुर नगरपालिका टौमढी टोलमा अपरान्ह हजारौं मानिसले काठको कलात्मक दुई तल्ले रथ ताने । रथलाई नगरको माथिल्लो भेग वा तल्लो भेगमा लाने प्रतिस्पर्धा हुने गर्छ । परम्पराअनुसार आज रथ नगरको तल्लो भागमा लाने (क्वने विज्याकेगु) भनिए तापनि रथ जतातिर बल पुग्यो, उतै लाने परम्परा छ । रथ तान्ने डोरी आज तल्लो भेगलाई बढी दिइन्छ भने बिस्काको अन्तिम दिन माथिल्लो भेगमा तान्न बढी डोरी छुट्याइएको हुन्छ । रथ तान्ने डोरीलाई नेपालभाषामा वंलः भनिन्छ । रथको अघिल्लो भागमा राखिने बेतः द्यको अनुहार आज तल्लो भेग उन्मुख राखिन्छ भने बिस्काको अन्तिम दिन माथिल्लो भेग उन्मुख राखिन्छ । चालिस वर्षपछि यो वर्ष रथको अघिल्लो भागमा राखिने बेतः द्यःको नया“ प्रतिमा प्रतिस्थापन गरिएको छ ।
टोल टोलमा सभा
बिस्का जात्रामा हुनसक्ने झगडालाई नियन्त्रण गर्न भक्तपुर नगरपालिका र स्थानीय प्रहरी प्रशासनले विशेष तयारी गरेको छ । नगरपालिकाले जात्रा समयमै सुरु गरी समयमै समापन गर्न विभिन्न चरणमा सम्बन्धित निकायसहित बैठक बसेको छ । साथै रथ तान्ने वडाका युवाहरूको अलग बैठक र भेला गरी आवश्यक तयारी गरेको छ । नगरपालिकाकै पहलमा वडा वडामा विभिन्न स्थानमा जनसभाहरू समेत गरेको छ ।
सुरक्षालाई ध्यानमा राखी विभिन्न स्थानमा सीसी टीभी जडान गरिएको छ । बुधबार बिहानमात्र नगरपालिकाकै अगुवाईमा नगरका विभिन्न टीम क्लब, बाजाखलः, सहकारी संस्था, प्रहरी, युवा, विद्यार्थीको सहभागितामा चेतनामूलक ¥याली आयोजना गरेको थियो ।
हुलद·ा भएको अवस्थामा नियन्त्रणको लागि स्थानीय प्रशासनले विशेष तयारी गरेको छ ।
परम्परागत बिस्का जात्रा हेर्न सयौं सङ्ख्यामा विदेशी पर्यटकहरू आजको रात भक्तपुरमै बिताउने गर्छन् । होटल र टुर एन्ड ट्राभलले आजको दिन पर्यटकको लागि विशेष व्यवस्था गरी भक्तपुरमा बसाउने गरेको पर्यटन व्यवसायीहरू बताउ“छन् ।
Leave a Reply