ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २७ चैत । चैत १७ गते बारा र पर्सामा आएको आँधीहुरीबाट पीडितहरुको लागि वागीश्वरी कलेजका BASW का विद्यार्थीहरुको तर्फबाट भक्तपुरका विभिन्न ठाउँहरुबाट सङ्कलित रू. ७०,००७ रूपैयाँ प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसमक्ष बुझाइयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ, विषय शिक्षक मङ्गलेश्वर ध्वजूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले विद्यार्थीहरुको कार्यको उच्च प्रशंसा गर्दै आजकल म, आफू, मेरोभन्दा पनि अरुको हितको लागि काम गर्न विद्यार्थीहरुलाई उत्साहित गर्नुभयो ।
संयोजक सुसन सुवालले विपद्मा पीडितहरूलाई सहयोग गर्नु सबैको दायित्व हो, यो अभियानमा हामी सहयोगी हुन पाउनु गौरवको कुरा हो भन्नुभयो ।
Leave a Reply