भर्खरै :

चार बालकको उद्धार

बाँके, २८ चैत (रासस)ः दलालमार्फत भारत लगिँदै गरेका चार बालकको आज उद्धार गरिएको छ । नेपाल–भारत सिमानाका रुपैडिया हुँदै भारत हिमाञ्चल प्रदेशको सिमला लैजान लागिएका बालकको जमुनाहाबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा जाजरकोट जुनीचाँदे गाउँपालिका–५ गर्खाकोटका जयलाल बस्नेत, यज्ञ बस्नेत, कृष्ण बस्नेत र राम परियार छन् । उनीहरु अन्दाजी १३ देखि १५ वर्ष उमेरका छन् । महिला तथा बालबालिका बेचबिखनविरुद्ध काम गर्दै आएको ‘ज्ञान नेपाल’ले शङ्कास्पदरुपमा जान थालेको जानकारी पाएपछि उनीहरुलाई रोकेको हो । दलालले सिमलामा राम्रो काममा लगाइदिने भन्दै आफूहरुलाई लैजान लागेको उनीहरुले बताएका छन् । उद्धारपछि चारै बालकलाई ‘सिविन नेपाल’ नेपालगञ्जको जिम्मा लगाइएको ज्ञान नेपालका सहजकर्ता सपना विष्टले जानकारी दिनुभयो । दलाल भने पहिला नै सीमानाका पार गरिसकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *