अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
– आसलाल
समाजवादी देश क्युवामा नयाँ संविधान जारी भएको छ । क्युवाली जनताबीच व्यापक छलफल र बहसपश्चात् नयाँ संविधान जारी भएको छ । यो संविधानले क्युवाली समाजवादका नयाँ आवश्यकता पूरा गर्ने विश्वास गरिएको छ । समाजवादी क्रान्ति आफैंमा एउटा सिलसिला हो । समाजवादी व्यवस्था कुनै सूत्र होइन । त्यसकारण संसारका जुनसुकै कुनामा एकै तरिकाबाट समाजवादी व्यवस्था लागू हुनसक्दैन । हरेक देशमा आ–आफ्नो ऐतिहासिक विकासक्रममा आधारित समाजवादी व्यवस्था लागू हुने गर्दछ । तर, समाजवादी व्यवस्थाका आधारभूत मूल्यमान्यतालाई भने सबै देशले अङ्गीकार गर्ने गर्छन् ।
सन् १९५९ मा स्थापना भएको क्युवाली समाजवादी व्यवस्थाले प्रतिकूलताका हजार पहाड पार गरेर आजको अवस्थासम्म आएको हो । आज पनि संरा अमेरिकाले क्युवामाथि नाकाबन्दीलाई निरन्तरता दिएको छ । तर, साम्राज्यवादको नाकाबन्दी क्युवामा असफल भएको छ । त्यसले क्युवामा कुनै प्रभाव पारेन । आज क्युवाली जनता नाकाबन्दीबीच संसारकै सबभन्दा गुणात्मक जीवन बाँचिरहेका छन् । त्यसको प्रधान कारण भनेको क्युवाली समाजवादी नै हो ।
राजनीतिक व्यवस्था जड विषय होइन । जुनसुकै राजनीतिक व्यवस्थाले पनि समयअनुसार परिमार्जनको माग गर्दछ । क्युवाले अभ्यास गरेको समाजवादी व्यवस्थाले पनि समयानुकूल परिवर्तन र परिमार्जनको माग गर्छ । त्यही माग पूरा गर्न क्युवामा नयाँ संविधान जारी भएको छ । केही आलोचकहरू नयाँ संविधान क्युवामा पुँजीवाद भित्रिने राजमार्ग भएको भनी दाबी गर्छन् । यो संविधानको कार्यान्वयनले क्युवाली समाजवादको अवसान हुने उनीहरूको भनाइ हो । तर, क्युवा जुन क्रान्तिकारी ऐतिहासिक विरासतबाट अघि बढेको छ, त्यस आधारमा क्युवाले समाजवादी व्यवस्था छोड्न सक्दैन । साम्राज्यवादी नाकाबन्दीका कारण बन्द रहेको क्युवाली समाज यो संविधानसँगै अझै तेजका साथ अघि बढ््नेछ । क्युवाली समाजवादलाई यो संविधानले अझ परिपक्व र समयअनुकूल बनाउनेछ । क्युवाली समाजवाद अझै अघि बढ्नेछ ।
Leave a Reply