अतिक्रमणमा परेको जग्गा पशुपतिनाथको नाउँमा ल्याउनु जरुरी
- असार २९, २०८३
बुधबारदेखि भक्तपुरमा बिस्केट जात्रा सुरु भयो । निकै हर्षोल्लासका साथ रथ भक्तपुरको दत्तात्रयसम्म पु¥याइयो । मध्यरातसम्म पनि रथ तान्नेको उत्साह मान्न लागेको थियो । तर, बिहीबार भैरवनाथको रथको दुरवस्था देख्दा नरमाइलो लाग्यो । दत्तात्रयबाट तलातुंछितिर लाने क्रममा रथको माथि बसेका केही किशोरहरूले जबरजस्ती पसलका नामपाटीहरू तोडफोड गर्दा हामीले नयाँ पुस्तालाई अझै पनि संस्कार सिकाउन नसकेको जस्तो लाग्यो । रथ अघि बढ्न ती पसलका नामपाटीले कहीं पनि अवरोध गरेका थिएनन् । तथापि ती किशोरहरूले त्यस्तो जबरजस्ती गरेको देख्दा बिस्केट जात्रा भनेको इँटा हान्ने जात्रा हो भन्ने मानसिकता अझै मेटिसकेको रहेनछ जस्तो लाग्यो ।
रथको अवस्था किन त्यस्तो भयो ? केही मानिसहरूले रथ नै कच्चा बनाएको भन्ने गुनासो गरे । तर, मलाई लाग्छ, रथ कच्चाभन्दा पनि केही जात्रालुहरू लुच्चा भएकाले रथले त्यो कुरूप धारणा गर्नुप¥यो । केही वस्तु भाँचेपछि, कसैलाई कुटपिट गरेपछि आफ्नो बहादुरी प्रदर्शन हुने मानसिकताले विशेषतः केही किशोरहरू त्यस्ता काममा लागेको देखिन्छ । रथको भाग भाँचिएपछि अथवा खस्ने अवस्थाामा पुग्दा त्यसलाई सहजरूपमा तल झार्नुभन्दा जबरजस्ती रथका अरू भाग पनि खसाल्न खोज्ने बद्नियतले रथ बिग्रेको लाग्छ । रथको माथि उक्लिनेको अनियन्त्रित भीडलाई नियन्त्रण गरिन आवश्यक छ । जो पनि माथि उक्लिने अवस्थाले रथमाथि भार पर्ने गरेको देखिन्छ ।
बिस्केट जात्रा केही मानिसले नियन्त्रण गर्नसक्ने जात्रा होइन । सबै मानिसले नागरिक भावनाका साथ काम गर्दामात्र जात्रा राम्रो हुनेछ । जात्रा सबैको भएकाले सबैले आ–आफ्नो क्षेत्रबाट प्रयास गर्दामात्र जात्रा राम्रो हुनेछ ।
– हरिकुमार अवाल, हाल सूर्यविनायक
Leave a Reply