अमेरिकी विदेशसचिवविरुद्ध दक्षिण कोरियामा भएको प्रदर्शनी
सोल (दक्षिण कोरिया), ४ चैत । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कोरियाली प्रायद्वीपको आणविक मुद्दा समाधानबारे सम्पूर्ण विकल्प छलफलका खुला राख्दै विगत लामो समयदेखि असफल भएको आणविक निशस्त्रीकरण प्रयासलाई सकारात्मक छलफलका साथ अधि बढाइने बताउनुभएको छ ।
शुक्रबार दक्षिण कोरियाको राजधानी सोलमा आफ्ना कोरियाली समकक्षी युन व्यूङससँग संयुक्त रूपमा गरेको पत्रकार सम्मेलनमा विगत २० वर्षयता कोरियाली प्रायद्विपलाई आणविक हतियार प्रयोगमा संवेदनशील बनाउन गरिएको प्रयास असफल भएको र अब नयाँ धारणासहितको पहल आवश्यक भएको टिलरसनले बताउनुभयो ।
उहाँले कुटनैतिक, सुरक्षा र आर्थिक उपाय साथसाथै अन्य सम्पूर्ण विकल्प खुला राख्दै कोरियाली प्रायद्वीपलाई आणविक रूपमा निशस्त्रीकरण गर्ने प्रयासमा यस अघि गरेका प्रयासलाई पुनरावलोकन गरिने बताउनुभयो ।
“सम्पूर्ण विकल्पहरू टेवलमा छलफलका लागि खुला राखिएको छ,” पूर्वी एसियाली मुलुकको भ्रमणका क्रममा दोस्रो दिन सोल पुग्नु भएका अमेरिकी कुटनीतिज्ञले शुक्रबार बताउनुभयो । यसअघि विहीबार टिलरसनले जापानी समकक्षीसँग भेटी यस विषयमा धारणा राख्नुभएको थियो । यो अमेरिकी विदेश मन्त्रीका रूपमा उहाँको पहिलो भ्रमण हो ।
सम्मेलनमा उहाँले आफ्नो एसियाली मुलुकको भ्रमण परस्पर दृष्टिकोण आदानप्रदान गर्नेमा केन्द्रित रहने बताउँदै यसअवसरमा आफूले सोल, बेइजिङ¬ र प्योङयाङसँग गहन छलफलमा खर्चिने बताउनुभयो ।
उक्त अवसरमा उहाँले इमान्दार आणविक निशस्त्रीकरणपूर्व प्योङ्याङसँगको छलफललाई अगाडि बढाउन अवरोध गरेको अमेरिकाको वितेका दशकमा रहेको विदेश नीतिलाई उत्तर कोरियासँगको तथाकथित ‘रणनैतिक संयमता’ बताउदै अव यसको अन्त्य भएको छ भन्नुभयो ।
अमेरिकी विदेशमन्त्रीले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले उत्तर कोरियाको आणविक कार्यक्रम विरुद्ध कडा नाकावन्दी लगाउनुपर्ने आवश्यकताबारे सङकेत गरेपनि उत्तरविरुद्ध तत्काल सैनिक आक्रमण गर्नपर्छ भने भन्नुभएन ।
उहाँले अमेरिका सैनिकद्वन्द्व नचाएको तर आवश्यक परे तयारी अवस्थामा भने रहेको टिलरसनको धारणा थियो । उत्तर कोरियाले यदि दक्षिण कोरिया र अमेरिकी सुरक्षा बललाई चुनौति दिन कुनै उत्तेजक गतिविधि गरेमा अमेरिका यसविरुद्ध खरो उत्रिने छ भन्नुभयो ।
टिलरसनले यसपूर्व सन् १९५३ मा उत्तर कोरिया र दक्षिण कोरियावीच युद्धविराम लागूभएपछि छुट्टाइएको युद्ध निषेधित क्षेत्र र यसको पानमुनजोन ग्रामिण वस्तीको अवलोकन गर्नुभएको थियो ।
टिलरसनले कोरियापछि चीनको पनि भ्रमण गर्नु हुनेछ कार्यक्रम रहेको छ । रासस÷सिन्ह्वा
Leave a Reply