भर्खरै :

कुँवर कारबाहीमा

जुम्ला, ३ चैत । नेपाल मजदुर किसान पार्टी जुम्ला जिल्ला समितिले ताम्ती गाविस सर्मी गाउँ निवासी सिंह कुँवरलाई पार्टी नीति कार्यक्रमभन्दा बाहिर गएकोले पार्टीका साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ । शुक्रबार नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष शिवलाल दाँगीले वक्तव्य जारी गरी कुँवरलाई पार्टीको विधान २०४७ संशोधन सहितको भाग ७ को दफा २२ बमोजिम अनुशासनको कारबाही गरिएको वक्तव्यमा उल्लेख छ । प्राप्त जानकारीअनुसार कँुवर गैरकानुनी जडिबुटी कारोबारमा परेको तर पार्टीले सो विषयमा संरक्षण दिन नमाने पश्चात पार्टी परिवर्तन गर्ने दौडमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *