भर्खरै :

पारिश्रमिक तथा सुविधाबारे छलफल

हेटौँडा, ४ वैशाख । प्रदेश नं ३ को प्रदेश मामिला समितिको बैठक बुधबार सम्पन्न भयो । समितिका सभापति माधव पौडेलको अध्यक्षतामा बसेको बैठकमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐनबारे छलफल भयो ।
बैठकमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाईले प्रदेशसभाले सेवा सुविधा बढाउनु भन्दा भूमिका प्रभावकारी बनाउन बढी ध्यान पु¥याउनुपर्ने बताउनुभयो । प्रदेश सरकारको अन्यौल, निष्क्रियता र पदको लुछाचुँडीकै कारण जनताबीच सकारात्मक सन्देश नपुगेको र आफ्नो अस्तित्वसमेत देखाउन नसकेको यथार्थ उहाँले उजागर गर्नुभयो । सांसद गोसाईले शासक दलकै कारण प्रदेश क्रमशः असफलतातर्फ गइरहेको चर्चा गर्नुभयो ।
विपक्षी दलका नेताहरूले प्रदेश सरकार हरेक क्षेत्रमा अस्पष्ट एवम् अस्थिर देखिएको बताउनुभयो ।
प्रदेशसभामा शून्य समयको अभ्यास सुरु
प्रदेश नं ३ को प्रदेश सभामा झण्डै १४ महिनापछि शून्य समयको अभ्यास बुधबारबाट थालियो ।
शून्य समयमा बोल्ने अधिकांश सांसदहरूले प्रदेश सरकारको ढिलासुस्ती, गतिविधि शून्यता र विकास निर्माणमा भइरहेका अनियमितताबारे बोले । प्रदेश राजधानीबारे निर्णय प्रक्रिया अगाडि बढाउन तदायरुकता नदेखाइएको, विकासको निम्ति असार पर्खिबसेको र विद्यालय तहमा नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक तथा अन्य शैक्षिक बन्दोबस्तप्रति सरकार उदासीन भएकोमा सांसदहरूले गम्भीर ध्यानाकर्षण गराए ।
आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलले विशेष समयमा उठाइएका विभिन्न प्रश्नको जवाफ दिए । बैठकले प्रदेश बालबालिकासम्बन्धी विधेयक पारित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *