जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, ७ वैशाख । शारदा माध्यमिक विद्यालयको आयोजना एवम् सामुदायिक आँखा केन्द्र तिलगङ्गाको प्राविधिक सहयोगमा शनिबार विद्यालय प्राङ्गणमा आँखा शिविर सम्पन्न भयो ।
स्थानीय बासिन्दा तथा ज्येष्ठ नागरिकहरूप्रति लक्षित गरी गरिएको शिविरमा विभिन्न उमेर समूहका ७७ महिला र ५१ पुरूष गरी १ सय २८ जनाले प्रत्यक्ष लाभ उठाएका थिए ।
शिविरमा सहभागी अधिकांश बिरामी धुलो–धुँवाले गर्दा पीडित भएको हुँदा बाहिर हिँड्दा मास्कलगायत अन्य सामानहरू प्रयोग गर्न र बरोबर आँखालाई सफा पानीले पखाल्न सके आँखासम्बन्धी रोग कम हुने स्वास्थ्यकर्मीहरूले सुझाव दिए । शिविरमा औषधि पनि वितरण गरिएको थियो ।
उक्त शिविरमा विद्यालयका शिक्षक शिक्षिकाहरूले प्राविधिकहरूलाई सहयोग गरेका थिए । विद्यालयका प्रधानाध्यापक रोशनराज तुइतुईका अनुसार विद्यालयले अभिभावक, शिक्षक र शुभचिन्तकहरूलाई लक्षित गरी स्वास्थ्य सचेतना जगाउने हिसाबले हरेक वर्ष शिविरलगायतका कार्यक्रमहरू सञ्चालन हुँदै आएको हो ।
Leave a Reply