ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
काठमाडौँ, ७ वैशाख । रातो मछिन्द्रनाथको जात्राको सुरू दिन शनिबार महास्नान सम्पन्न भएको छ । गत वर्षहरूमा जस्तै शनिबार पनि वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरिएको हो । महास्नान भन्नाले मछिन्द्रनाथको मृत्यु संस्कार भएको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । मछिन्द्रबहालमा रहेका देवताको शव मछिन्द्रनाथको आमा बसेको ठाउँ(हालको लगनखेल बसपार्क) लगिएको थियो ।
छोराको मृत्युले शोकमग्न भएकी आमालाई हिरण्यवर्ण महाविहारका गुरूजुहरूले सम्झाउने गरेका छन् । उहाँले भन्नुभयो, “उहाँहरूले भनेजस्तै वैशाख शुक्ल प्रतिपदाका दिनमा मछिन्द्रनाथको रथारोहण हुन्छ ।”
महास्नानपछि नै पाटनमा जात्राको रौनक सुरू हुने गरेको छ । महास्नानपछि रातो मछिन्द्रनाथको दश कर्म सुरू हुने ज्योतिष दैवज्ञ जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला र पुरूष दुवैका रूपमा मछिन्द्रनाथको दश कर्म हुने गरेको छ ।”
पहिले दश कर्म सम्पन्न भएपछि रथयात्रा हुँदै जावलाखेल पुगेपछि भोटो देखाउने गरिन्छ । ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौँ र भक्तपुरवासीको पनि सहभागिता हुँदै आएको छ । मछिन्द्रनाथ लिन भारतको कामरूकामक्ष जाँदा ललितपुरका किसान रथचक्र, काठमाडौँका गुरू बन्धुदत्त बज्राचार्य र भक्तपुरका राजा नरेन्द्रदेव सँगसँगैै जानुले पनि जात्रामा काठमाडौँ र भक्तपुरवासी जोडिएका हुन् ।
यी तीनै जनाको सम्झनामा रथ यात्रा हुने गर्छ । त्रिलोक यात्रा भनिने मछिन्द्रनाथको रथयात्रामा पुल्चोकबाट गाबहालसम्म गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा, गाबहालबाट सुन्धारासम्मको यात्रा भक्तपुरका राजा नरेन्द्रदेवको र सुन्धाराबाट लगनखेलसम्मको यात्रा किसान ललित रथचक्रको स्मरणमा हुने गरेको छ । अहिले पनि पुल्चोकदेखि गाबहालसम्मको जात्रालाई काठमाडौँवासीको र गाबहालबाट सुनधारासम्मको जात्रालाई भक्तपुरवासीको जात्रा भनिन्छ ।
Leave a Reply