भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
कीर्तिपुर, ७ वैशाख । कीर्तिपुर नगरपालिकाको २३ औँ नगर स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक बाजा धाः महोत्सव कीर्तिपुर नपा वडा नं. ८ स्थित पाँगा लाछीमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाको आर्थिक सहयोगमा नेपालभाषा एकेडेमीद्वारा प्रकाशित तथा प्रा.डा. टेकबहादुर श्रेष्ठ र प्रा.डा. डिल्लीराज शर्माद्वारा लिखित ‘किपू नगरपालिकाया ऐतिहासिक सांस्कृतिक सम्पदा’ पुस्तक प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीलगायतले संयुक्तरुपमा बिमोचन गर्नुभयो ।
कार्यक्रममा अतिथि जोशीले कीर्तिपुरबारे अध्ययन गर्नेहरूलाई यो पुस्तक धेरै उपयोगी हुने बताउँदै पुस्तकको महत्व राष्ट्रिय र अन्तर्राष्ट्रियरूपले हुने बताउनुभयो ।
कीर्तिपुर क्षेत्रका १४ वटा धाः बाजा खलहरूले आ–आफ्नो प्रस्तुति प्रस्तुत गरेको कार्यक्रममा पुस्तकका लेखक प्रा.डा. टेकबहादुर श्रेष्ठ, नेपालभाषा एकेडेमीका चान्सलर त्रिरत्न धाख्वा, प्रा.डा. रामकृष्ण दुवाल, प्रदेश सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन, उपप्रमुख सरस्वती खड्का, कार्यक्रमका उपसंयोजक विनोद महर्जनलगायतले कार्यक्रममा बोल्नुभएको थियो ।
धाः बाजामा सहभागी सबै खलकलाई कदरपत्र र नगद रु.१० हजार प्रदान गरिएको थियो । कार्यक्रम कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनको सभापतित्वमा भएको थियो ।
Leave a Reply