संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
काठमाडौँ, ९ वैशाख । शिक्षामा दुई मुलुकका शैक्षिक सङ्घ संस्थाबीच सहकार्य बढाउन र विद्यार्थीका लागि जानकारी आदानप्रदान गर्ने उद्देश्यले आइतबारदेखि काठमाडौँमा ‘दोस्रो बेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ ।
दुवै मुलुकका विश्वविद्यालय तथा शैक्षिक सङ्घ संस्थाका २८ स्टल रहेको शैक्षिक मेलामा विभिन्न विश्वविद्यालयले उपलब्ध गराउने सेवा, भाषा शिक्षा तथा शिक्षासँग सम्बन्धित विविध विषयमा जानकारी लिन सकिने आयोजक चिनियाँ भाषा शिक्षक सङ्घ नेपालका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
चीनको संस्था ‘स्टोरी चाइना’ को सहकार्यमा काठमाडौँको त्रिपुरेश्वरमा सुरु भएको मेला तीन दिनसम्म चल्नेछ ।
मेलामा सान्तोङ विश्वविद्यालयल, सान्तोङ कमर्स टेक्नोलोजी विश्वविद्यालय, छुइफु नर्मल विश्वविद्यालय, सेन्ट्रल चाइना विश्वविद्यालयसहित आठ वटा चिनियाँ विश्वविद्यालय सहभागी रहेको छ ।
Leave a Reply