भर्खरै :

नेपाल कम्युनिष्ट आन्दोलनबारे एक टिप्पणी

नारायणमान बिजुक्छें (रोहित)
(नेपालको कम्युनिष्ट आन्दोलनको सन्दर्भमा विभिन्न पत्रपत्रिकामा विभिन्न लेखकहरूले अनेक कोण–प्रतिकोणबाट चर्चा भइरहेको छ । कम्युनिष्ट आन्दोलनबारेको यो छलफललाई अझ गहन बनाउने हेतुले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले २०५१ सालमा अघि सार्नुभएको विचार पुनःप्रकाशन गरेका छौँ । तत्कालीन परिस्थितिको तुलनामा समग्र नेपालको राजनीतिक परिस्थितिमा परिवर्तन भइसकेको छ । तथापि बिजुक्छेंले त्यत्तिबेला चर्चा गर्नुभएको विचार तुलनात्मक अध्ययनको लागि आज पनि उत्तिकै सान्दर्भिक छ । प्रस्तुत लेख थापाथली क्याम्पस,काठमाडाँैमा आयोजित गोष्ठीका तत्कालीन संयुक्त जनमोर्चाका नेता बाबुराम भट्टराईको कार्यपत्रमाथिको टिप्पणी हो । का.रोहितले लेख्नुभएको समाजवाद र सान्दर्भिक विषयवस्तु पुस्तकबाट यो लेख साभार गरिएको छ ।–सं)
आज २२ अप्रिलको दिन लेनिन जयन्ती मनाउनुपर्ने बेला यो गोष्ठीको आयोजना गर्नुभयो, त्यसको लागि आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु ।
कार्यपत्र प्रस्तुत गर्ने साथीले यसमा कमी कमजोरीहरू छन् भन्नुभएको छ । मलाई लाग्छ कार्यपत्र प्रस्तुत गर्दा कमी कमजोरीहरूबारे क्षमा माग्नुपर्ने गरी कार्यपत्र तयार गर्नुहुँदैनथ्यो किनभने जुन कुरामा आफ्नो विश्वास छैन, त्यसमा दाबाका साथ भन्नु पनि मिल्दैन । उहाँले कुन कुराको लागि क्षमा माग्नुभयो र कुन कुरालाई अस्वीकार गर्नुभयो ठम्याउन गा¥हो छ ।
कार्यपत्र जसरी आएको छ त्यसबारे श–शब्द भनिरहँदा धेरै समय लाग्ने हुँदा एक दुई बुँदामा मात्र टिप्पणी गर्दा तपाईँहरूको धेरै समय लिनुपर्ने हुँदैन । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे पनि यसमा उल्लेख भएको हुनाले त्यसलाई पनि छोटो छोटो टिप्पणी गर्नुपर्ने देखिन्छ ।
नेपालको कम्युनिष्ट आन्दोलनमा कहिलेकाहिँ शब्दको उचित प्रयोग र शब्दको उचित चयन नहुँदा हामी धेरै अल्मलिएका थियौँ । त्यसो नहोस् भन्नाका लागि टिप्पणीभन्दा पहिले त्यस्ता शब्दहरूमा जान चाहन्छु । सबभन्दा पहिले म लेनिन जयन्ती भएको हुनाले लेनिनबारे एक दुई कुरा भन्न चाहन्छु ।
लेनिनले माक्र्सवादलाई पिछडिएको रुसमा लागू गर्नुभयो । रुसमा पनि पुँजीवाद आउने कुरा प्लेखानोभले देखाइदिएका थिए किनभने त्यहाँ अर्कै किसिमको साम्यवादको कल्पना त्यतिबेलाका मानिसहरूले गरेका थिए । रुसमा पनि पुँजीवादको विकासको कुरा लेनिनले स्पष्ट रूपमा व्याख्या गर्नुभएको थियो । रुसमा पुँजीवादको विकास भन्ने कृतिमा नरोदवादको खण्डन र मजदुर आन्दोलनको व्याख्या लेनिनले गर्नुभएको थियो । मजदुर र किसानहरूको समितिहरूलाई साम्यवादको बीऊको रूपमा उहाँले लैजानुभयो । स्वयंस्फूर्त होइन, नियोजित सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा १९०५ को क्रान्तिबाट उहाँले अवगत गराउनुभयो । पेरिस कम्युनको शिक्षा उहाँले बडो गहिरोसित लिनुभयो । किसान मजदुरको एकताको आवश्यकता पेरिस कम्युनमा किसानहरूलाई नै सेनामा ल्याएर दबाउन दिइएबाट भयो । यसैलाई उहाँले सिद्धान्तको रूपमा लिनुभयो । सेनाको बारेमा गुप्तता हुनुपर्ने भएकोले सेनाको आफ्नो सङ्गठन हुनुपर्ने, सेनाभित्र पनि पस्नुपर्ने र त्यो फलाकेर हिँड्ने कुरा नभई केन्द्रीय समिति वा निश्चित समितिलाई मात्र जिम्मा दिनुपर्ने र १९१७ को अक्टोबर क्रान्तिलाई अगाडि सार्नुपर्ने कारण पनि गुप्तता भङ्ग भएकोले हो । सेनाको कुरा कराएर हिँड्ने, गीत गाएर हिँड्ने होइन भन्ने हिसाबले लिनुहुन्थ्यो र लेनिनको सबभन्दा सुक्ष्म कुरा मैले बुझेको के हो भने वामपन्थी अवसरवाद केटाकेटी रोग, हड्ताल, आन्दोलन र निर्वाचनले जनतालाई शिक्षा दिनु आदि महत्वपूर्ण कुरा लेनिनबाट हामी सिक्छौँ र नेपालको सन्दर्भमा मैले सिक्नुपर्ने यस्तै विषय देखेको छु ।
जहाँसम्म कार्यपत्र प्रस्तुतकर्ता बाबुरामजीको कुरा छ व्यक्तिगत रूपमा उहाँलाई साधारण रूपमा मात्र चिन्छु तर मैले बुझेअनुसार उहाँको अध्ययन हामीले विस्तारवाद भनेकै भारतको दिल्लीमा भएको हो–बडा सहुलियतसाथ उहाँले अध्ययन गर्न पाउनुभएको थियो ।
हाम्रो समाजमा जस्तै हिन्दुस्तानमा पनि वर्ग र जात (ऋबिकक बलम अबकत) सँगसँगै जाने गर्दछ । यसबाट पनि उहाँ टाढा हुनुहुन्न । उहाँले अमेरिका घुम्ने र पढ्ने मौका पाउनुभयो, जहाँसुकैबाट होस् । त्यतिमात्र होइन बेलायतमा आफ्नो परिवारलाई पढाउने व्यवस्था गर्न सक्नुभयो । यो कुरा उठाएको कारण उहाँको कार्यपत्रको हरेक ठाउँमा क्षेत्रीय वा सहर र सहरीया मानिसप्रति जुन आक्रोश र विरोध हो त्यसबारे म विस्तारै बताउँदै जानेछु । जसरी कविताको अर्थ बुझ्न कविलाई नबुझी हुँदैन र कवितालाई बुझेर हामीले कविलाई चिन्छौँ त्यसरी नै प्रस्तुतकर्तालाई चिन्न र बुझ्न सजिलो यस कार्यपत्रले गरेको छ । अब म शब्दको बारेमा जाँदैछु ।
नेपाल कम्युनिष्ट आन्दोलनमा शब्दले धेरै अस्पष्टता ल्याएको छ । उदाहरणको निम्ति नेपाली काङ्ग्रेसलाई पुँजीपतिहरूको दलाल भनेर कति साथीहरू भन्नुहुन्छ र केहीले विदेशी पुँजी ‘परस्त’ पनि भन्ने गर्दछन् । ‘परस्त’ फारसी र उर्दू शब्द हो । यसको अर्थ हो पुजा गर्नु । बाबुरामजीले कुन अर्थमा लिनुभएको हो मलाई थाहा छैन । त्यतिमात्र होइन हामी हिन्दुस्तानमा पढ्ने र हिन्दुस्तानको विश्वविद्यालयबाट उत्तीर्ण हुने भएकोले नेपालको कम्युनिष्ट आन्दोलनमा पनि हिन्दुस्तानको कम्युनिष्ट आन्दोलनबाट शब्द शब्दलाई जस्ताको तस्तै लिने गर्दा अर्थको अनर्थ भएको पाइन्छ । यही हाम्रो समस्या हो ।
अर्को कुरा, विभाजन र गल्तीलाई पनि हामीले ‘महान’ भन्ने शब्द प्रयोग गरेका छौँ । यो कार्यपत्रमा पनि यस्तै शब्द प्रयोग भएको छ । मलाई लाग्छ विभाजन कुनै राम्रो कुरा होइन र महान विभाजन कसरी भयो ? शब्दको चयन कसरी मिल्यो ? ठूलो गल्ती हुनसक्छ, महान गल्ती हुन सक्दैन ।
‘ऐतिहासिक विडम्वना’ भन्ने शब्द यस कार्यपत्रमा प्रस्तुत छ । विडम्वना शब्द भाग्यसँग सम्बन्धित कुरा हो । भौतिकवादी दृष्टिकोणले हेर्दा ऐतिहासिक बिडम्बना कसरी हुन्छ ? पौष १ गते २०१७ सालको कुरा उल्लेख छ यसलाई फौजी काण्ड भनिएको छ । फौजी काण्ड भनेको के हो ? कुन राजनैतिक शब्दावली हो ? प्रजातन्त्रको हत्या हो कि ? सैनिक विद्रोह हो कि ? संसदको विघटन हो कि ? प्रतिकृयावादी कदम हो कि ? राजनैतिक शब्दावली के हो ?
नेपाली काङ्ग्रेसको विषयमा शायद कार्यपत्र प्रस्तुकर्तालाई भ्रम हुनुपर्दछ । नेपाली काङ्ग्रेस सदा राजावादी पार्टी रहेको छ, त्यो राणाको विरोधमा बनेको पार्टी हो । बैरगनियाँ सम्मेलनदेखि वीरगञ्ज सम्मेलनसम्म तपाईँ यही कुरा देख्नुहुन्छ । अरुले भनेको विचारै नगरी किताबमा लेखिएको करा बुझ्दै नबुझिकन या मनोगत ढङ्गबाट बुझेर दोहो¥याउनु मलाई लाग्छ कम्युनिष्ट आन्दोलनको निम्ति हितकर हुँदैन । माक्र्सवाद–लेनिनवादले हामीलाई यस्तो कुरा सिकाएको छैन ।
जहाँसम्म पीएलको कुरा छ, पीएलले नेपाली काङ्ग्रेसलाई उदार पुँजीवाद र विदेशी पुँजीपरस्त शक्तिको रूपमा लिनुभएको छ । यस कुरालाई गलत ढङ्गबाट कार्यपत्रमा व्याख्या गरिएको छ । पुष्पलालजीको महत्वपूर्ण अर्को कुरा के हो भने मैले बुझे अनुसार उहाँ बेलायती र फ्रान्सेली पुँजीवादी क्रान्तिबाट सा¥है प्रभावित हुनुहुन्थ्यो । यसप्रकार उहाँ पूरा गणतन्त्रवादी हुनुहुन्थ्यो । फेरि उहाँको गणतन्त्रवादी भावना र रामराजाको गणतन्त्रवादी भावनामा धेरै फरक छ । यसलाई विश्लेषण गरियो भने धेरै समय लाग्ने भएकोले बुँदा मात्र भन्छु । यसबारे छुट्टै विश्लेषणको आवश्यकता छ ।
शम्भुरामजीको पनि कुरा यस कार्यपत्रमा उल्लेख छ, शम्भुरामजी सदा नेपाली काङ्ग्रेसको खरो आलोचक रहँदै आउनुभएको छ ।
पुँजीवादी क्रान्तिको विषयमा पनि कम्युनिष्ट आन्दोलनमा धेरै भ्रम छ । उदाहरणको निम्ति बेलायत र फ्रान्सको क्रान्ति सामन्तवादको विरोधमा भएको थियो । बेलायत र फ्रान्सलाई एक रूपमा पुँजीवादी राज्य क्रान्ति भनिन्छ । तर, जर्मन क्रान्तिमा बाटो बिराएको देखिन्छ । किनभने क्रामबेलहरूले चाल्र्सहरूको हत्या गरिसकेपछि परिस्थितिले नयाँ मोड लियो । समानतावादीहरूको विद्रोह भयो र बेलायतीहरू बडो चलाख भएर तिनीहरू स्वयंले राजा स्थापना गर्न थाले । सामन्त र पुँजीपति वर्गबीच तालमेल भएन भने तल्लो वर्ग उठ्ने रहेछ भन्ने कुरो फ्रान्सेली क्रान्ति र बेलायती क्रान्तिबाट थाहा भयो । यसरी क्रान्ति गर्दै गएपछि तल्लो वर्ग अगाडि आयो । अनि नेपोलियनलाई अगाडि ल्याए । तर, जर्मनीमा सामन्त वर्ग र पुँजीपति वर्ग बीचमा मेल भयो । अनि कार्ल माक्र्स र साथीहरूले देश छोडेर जानुपर्ने भयो ।
त्यसबेला कार्ल माक्र्सले भन्नुभएको थियो–अब पुँजीपति वर्ग क्रान्तिकारी रहेन । लेनिनसम्म आइसकेपछि त त्यो पूर्ण रूपमा थाहा भयो । त्यसैले पुँजीपति वर्गसँग भ्रम राख्नुपर्ने मलाई लाग्दैन । रुसी क्रान्तिमा जारशाही र सामन्तवादको विरोध भयो । त्यतिमात्र होइन, पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने करेन्स्की सरकारको पनि विरोधमा सङ्घर्ष भयो ।
माक्र्सवाद–लेनिनवाद भित्रै सशस्त्र क्रान्ति समावेश हुन्छ, त्यसकारण बम, तोप, गुलेली आदि सबै कुरा उल्लेख गर्नुपर्दैन । हरेक राजनैतिक पार्टीले कुनै न कुनै रूपले राज्यसत्ता कब्जा गर्ने अनि ऐन–कानुनमार्फत आफ्ना विरोधी वर्गलाई दबाएर आफ्नो सिद्धान्त लागू गर्न जोड दिएको हुन्छ । त्यसमा एटम बमको कुरा उल्लेख गर्नुपर्दैन । सशस्त्रको कुरा राजनीति शास्त्रको प्रारम्भिक अवस्थामा अध्ययन गर्ने कुरा हो । तर, यस कार्यपत्रमा फेरि त्यस्तै कुरा आएको छ । शायद बाबुरामजी ‘टेक्निकल साइन्स’ को विद्यार्थी हुनाले उहाँले त्यसबारे पढ्नु भएन होला । त्यसबारे हर राजनैतिक शास्त्रका विद्यार्थीहरू, माक्र्सवादी र लेनिनवादी मजदुर आन्दोलन र किसान आन्दोलनसँग सम्बन्धित सबैलाई जानकारी नभएको होइन । अब हामीले कुन बाटो जाने ? हाम्रो क्रान्तिको तारो के हो र हाम्रो क्रान्तिको बाटो के हो भन्ने निश्चित गर्नुपर्ने हो । उहाँको कार्यपत्रमा त्यो पाइँदैन । सबैले यो गरेन, त्यो गरेन मात्र छ तर आफूले के गरेँ भन्ने कुरा त्यसमा छैन । त्यसकारण अब मुख्य प्रश्न के आउँछ भने त्यो कार्यपत्र उहाँको हो कि उहाँको पार्टीको ? यदि कार्यपत्र उहाँको पार्टीको होइन भने उहाँ एउटा पार्टीको सदस्य भएर अलग कार्यपत्र प्रस्तुत गर्ने अधिकार पनि उहाँलाई हुँदैन । त्यो अनुशासनसँग सम्बन्धित कुरा हो । उहाँको आफ्नो पार्टीको कार्यपत्र हो भने उहाँको पार्टीको तारो के हो ? उहाँको पार्टीको उद्देश्य के हो ? यी सबै यसमा उल्लेख छैनन् ।
मनमोहन अधिकारीको विषयमा पनि यहाँ कुरो उठेको छ । किसान आन्दोलनको नेतृत्वमा आइसकेपछि अप्रिय तौर–तरिका अपनाउनुहुँदैन भन्ने उहाँको भनाइ थियो । २००८ –०९ देखि ०१२–०१३ सम्मको किसान आन्दोलनमा लाखौँलाख किसानहरूले भाग लिएका थिए । तराई क्षेत्रलाई ओगटेको त्यो किसान आन्दोलनले निश्चित क्षेत्रमा सरकार पनि घोषणा गरेको थियो । आ–आफ्ना जेलहरू खडा गरेका थिए । त्यस आन्दोलनलाई दबाउन त्यहाँको शोषक र सामन्त वर्गले हिन्दुस्तानका सिमानामा सेना राख्न लगाएको, त्यसबेला दिल्लीमा गरेको तारको खर्च मात्र १५ हजार तिरेको थियो । त्यसबेला एउटा ठूलो आन्दोलन चलेको थियो ।
नेपाल कम्युनिष्ट आन्दोलनको व्याख्या गर्दा र सिंहावलोकन गर्दा त्यो किसान आन्दोलनलाई बडो गम्भीरतापूर्वक लिनुपर्ने हो । चीनको सशस्त्र क्रान्तिलाई पनि किसान क्रान्तिको रूपमा लिइन्छ । त्यस कुरालाई ख्याल नगर्नु पनि कम्युनिष्ट आन्दोलनप्रति अन्याय नै हुनेछ ।
अर्को, मनमोहनजी सदा भारतीय विस्तारवादविरोधी हुनुहुन्थ्यो– उहाँको भाषणमा, उहाँको अभिव्यक्ति र भावशैली सबै कुरामा । उहाँ पञ्चायतलाई जीवित सत्य भन्नुहुन्थ्यो । त्यस्तै पशुपतिनाथ रहेसम्म राजा रहनेछन् भन्नुहुन्थ्यो । नेपालको महत्वपूर्ण आन्दोलनबारे म बीच–बीचमा भन्दै जान्छ जसले सन्दर्भ सजिलो हुनेछ ।
बाबुरामजीको कार्यपत्रमा अस्पष्ट भएको विषयलाई म स्पष्ट गर्न खोज्दैछु । यसबाट साथीहरूलाई पनि सजिलो होला ।
माओको बेलामा चिनियाँ कम्युनिष्ट पार्टी र अन्य पार्टीहरू राजा र राजकुमारलाई पनि मोर्चामा राखेर साम्राज्यवादको विरोध गर्ने नीति मान्थे । यसको उदाहरण सिंहानुक हो । लावसका राजकुमारहरू र राजा महेन्द्रसम्म पनि यही कुरा आउँछ । सिंहानुकले साम्राज्यवादविरोधी सङ्घर्षमा भाग लिएका थिए । रायमाझी र मनमोहनजीले यसबाट माओको कुरा बुझ्नुभएको हो होइन थाहा छैन ।
कार्यपत्रमा शब्दको गलत चयन यत्रतत्र पाइन्छ । एक दुईवटा भनिहालौं । उहाँले सहरीया र गाउँले भन्ने शब्द उल्लेख गर्नुभएको छ । तर, माक्र्सवादी साहित्यमा सहरीया र गाउँलेको रूपमा होइन वर्गीय रूपमा उल्लेख गरिन्छ किनभने माक्र्सवाद वर्गसँग सम्बन्धित छ, स्थानसँग होइन । त्यसकारण एउटा निश्चित ठाउँ नै समाजवाद होइन ।
संयोगले नेपाल कम्युनिष्ट पार्टीका संस्थापकहरू यही उपत्यकाभित्रका परे, साथै नेवार जातिका । माक्र्सवाद मजदुर वर्गले ल्याएको होइन, माक्र्स स्वयं पनि मजदुर नभइ एक संवेदनशील समुदायका सदस्य हुनुहुन्थ्यो । हाम्रो अर्थमा बुद्धिजीवी भनौं– यो स्वाभाविक हो, समाजवादका सिद्धान्तकारहरू पनि साधारण तल्लो वर्गका थिएनन् ।
काल्पनिक समाजवादीहरू पनि सम्वेदनशील, पढेलेखेका र सम्वेदनशील समुदायबाट आएका हुन् ।
पुँजीवादले सामन्तवादलाई ध्वस्त पारिसकेपछि पछि सामन्ती समाजका पुराना मूल्य र मान्यताहरू बाँकी हुन्छन् । त्यसको ठाउँमा नयाँ–नयाँ मूल्य र मान्यताहरू, जालझेल र शोषणको व्यवस्था खडा हुन्छ । पुँजीवादी व्यवस्थामा उत्पन्न रोग, शोक, भोक आदिबाट वाक्क भएर समाजवादलाई पुनः निर्माण गर्ने भावनाबाट प्रेरित भई समाजवादी सिद्धान्तको प्रादुर्भाव भएको थियो । त्यस चिन्तनमा सहरकै सम्वेदनशील र बुद्धिजीवीहरूको बढी भूमिका थियो, पुँजीवाद पहिले सहरमै विकास भएको थियो, गाउँमा होइन । कलकारखानाहरू सहरमै खुलेका थिए, मजदुर वर्ग त्यही उत्पन्न भएको थियो । पुँजीवादी शोषण प्रत्यक्ष रूपमा सहरमै देखिएका थियो । यसरी सहरबाट समाजवादी चिन्तन पनि अगाडि बढेको थियो । बुद्धिजीवीहरू नै पहिले नयाँ–नयाँ विचार र चिन्तनबाट पनि अगाडि बढेको थियो ।
नेपालमा पनि पहिलृ राणाहरूको निरकुशताको विरोधमा वा समाजवादी विचारको क्षेत्रमा सहरकै मानिसहरू वा युवाहरू आकर्षित भएका थिए र बिउँझेका थिए । त्यसमा जातीय हिसाबले नेवारहरू परे, त्यसलाई गलत ढङ्गले व्याख्या गर्नु उपयुक्त होइन ।
मजदुर आन्दोलनको सुरुवात पनि सहरबाटै अथवा विराटनगरका जुट मिलका मजदुरहरूको हड्तालबाट भएको थियो । त्यो नेपालको पहिलो मजदुर हड्ताल थियो । कर्मचारी आन्दोलन काठमाडौँबाट सुरु भयो । विद्यार्थी आन्दोलनको इतिहास पनि त्यस्तै छ । विद्यार्थी हड्ताल काठमाडौँबाट भएको हो । अहिलेको आखिलको सिलसिला पनि सहरबाट वा काठमाडौँबाट सुरु भएको हो ।
गाउँलाई नै सबै कुराको आदर्शको रूपमा लिनु उपयुक्त हुँदैन । त्यसलाई पनि आलोचनात्मक रूपले हेरिनुपर्छ । जमिनदारहरू गाउँमै बस्छन्, धनी किसान, मध्यम किसान र गरीब किसान पनि गाउँमै बस्छन् । आर्य सभ्यता गाउँको सभ्यता हो । हडप्पा र मोहन्जोडाडोको सभ्यता सहरी सभ्यता हो । त्यस सभ्यताकै विरोधमा आर्यहरू उठेका थिए । हामी आर्य भएकै हुनाले सहरकै विरोध गरिरहेका हौं त ? त्यसो पनि भन्न मिलिरहेको छैन । सहरी सभ्यताको विरोध गर्नु एक प्रकारले सभ्यताकै विरोध हो । यसकारण सहरकै विरोध गर्दा गम्भीर रूपले सोच्नुपर्ने हुन्छ ।
सामान्यतया उत्पादनका साधनहरू पछि परेका हुनाले नै किसानहरूको चिन्तन पछि परेको हुन्छ । त्यसैले तिनीहरू धर्मभीरु पनि हुन्छन्, तिनीहरूको स्वार्थ पनि फरक–फरक हुन्छन्, त्यस्तै असङ्गठित हुन्छन् । कम्युनिष्ट घोषणापत्रमा वा माक्र्स र ऐंगेल्सका रचनाहरूमा किसानहरूलाई प्रतिक्रियावादी भनिएका छन् । पेरिस कम्युनको विरोधमा किसानहरूलाई भड्काउँदा मजदुरहरू चुप लागेर खान खोज्छन् भनिएको थियो । पेरिस कम्युनलाई दबाउन किसानहरूकै सेना प्रयोगमा ल्याइएको थियो । त्यसबाट कम्युनिष्टहरूको आँखा खुले र पछि पछि किसानहरूको पनि सङ्गठन गरियो, किसान र मजदुरहरूको बीचको एकताको महत्व थाहा पाए र त्यसलाई अगाडि बढाइयो । बाबुरामजीले के भन्न खोज्नुभएको हो प्रष्ट छैन ।
पूर्वमा अर्थात् चीनमा चिनियाँ क्रान्ति त किसान क्रान्तिकै रूपमा अगाडि बढ्यो । त्यसबेला चीनको जनसङ्ख्या ४३ करोड थियो भने औद्योगिक मजदुरहरूको सङ्ख्या २० लाख मात्रै थियो । तर, चिनियाँ क्रान्तिले विचार वा सिद्धान्त भने मजदुर वर्गकै लिएको थियो । त्यसरी चीनको क्रान्ति किसान क्रान्तिको रूपमा अगाडि बढेको हो ।
बाँकी पृष्ठ ७ मा
नेपाल…
तर, बाबुरामजीले ‘सहरीया शिक्षित’ शब्द प्रयोग गर्नुभएको छ । अहिले उहाँ पनि सहरीया नै हुनुहुन्छ किनभने कोटेश्वरमा उहाँले घर बनाइसक्नुभएको छ । उहाँ बुद्धिजीवी पनि हुनुहुन्छ, गाउँमा बस्नु पनि हुन्न ।
अब म उहाँको कार्यपत्रको दृष्टिकोणतिर जान्छु । उहाँको कार्यपत्रमा ‘सहरमुखी’ र ‘गाउँमुखी’ शब्द प्रयोग भएको छ । मजदुर आन्दोलन वास्तवमा ‘सहरमुखी’ नै हुन्छ । गाउँमुखी भनेको के हो ? मेरो विचारमा बाबुरामजीको दृष्टिकोण सब्जेक्टिभ (मनोगत) छ र हुनुपर्ने अब्जेक्टिभ (वस्तुगत) हो ।
नेपालको कम्युनिष्ट आन्दोलन सहरमुखी छ भन्ने उहाँको आरोप छ तर २००८–०९ सालदेखि २०१२–०१३ सालसम्मको किसान आन्दोलन गाउँमा भएको थियो, जसमा लाखौंलाख किसानहरू सामेल भएका थिए । शायद यो कुरा बाबुरामजीलाई थाहा छैन ।
कार्यपत्र भौतिकवादी वा वस्तुवादी नभइ प्रधान रूपमा मनोगतवादी देखिन्छ र ऐतिहासिक भौतिकवादी दृष्टिकोण त कार्यपत्रमा पटक्कै देखिन्न । उदाहरणको निम्ति दासहरूले पनि दासयुगमा विद्रोह गरेका थिए । ती दास विद्रोहहरूले मजदुर आन्दोलनको रूप किन लिन सकेन र माक्र्सवादीको सिद्धान्त अनुसार सशस्त्र क्रान्ति किन गरेन र सत्ता कब्जा किन गरेन भनेर त्यसलाई दोष दिने वा आरोप लगाउने कुरै थिएन । त्यसबेला औद्योगिक सर्वहारा वर्ग बनिसकेको थिएन र कार्ल माक्र्सको समेत जन्म भइसकेको थिएन । त्यसबेला ‘सर्वहारा क्रान्ति’ भएन भन्नु स्वयं सन्दर्भहीन कुरा हुन्छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको सुरुमा २०–३० हजार मजदुरहरू पनि नेपालमा थिएनन् । त्यसबेला सर्वहारा क्रान्ति किन अगाडि बढेन भन्नु स्वयं ऐतिहासिक भौतिकवादी दृष्टिकोण विपरीत कुरो थियो । हरेक कुरा देश, काल र परिस्थितिसँग सान्दर्भिक हुनुपर्ने देखिन्छ ।
जहाँसम्म नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको दिनको प्रश्न छ । म पुष्पलालजीसँग केही वर्ष बसेको हुनाले केही दस्तावेजमा मिति लेखिएको पढेको छु । त्यसमा १५ सेप्टेम्बर लेखिएको थियो । म त्यस विवादमा फस्न चाहन्न । म त्यस विवादमा नगई नेपालको कम्युनिष्ट पार्टीमाथिको प्रभावबारे बताउन चाहन्छु, जो कार्यपत्रभन्दा फरक छ ।
कार्यपत्रमा बाबरामजीले नेपाल कम्युनिष्ट पार्टीमा भारतीय आन्दोलन र चिनियाँ क्रान्तिको प्रभाव परेको बताउनुभएको छ । तर, मेरो अध्ययनले बताएअनुसार नेपाल कम्युनिष्ट आन्दोलनमा भारतीय स्वतन्त्रता आन्दोलनको प्रत्यक्ष प्रभाव परेको छ र चिनियाँ क्रान्तिको प्रभाव भन्नुभन्दा चीनको हुनान प्रान्तको किसान आन्दोलनको प्रत्यक्ष प्रभाव देखिन्छ । नारायण विलास जोशीको कापीमा हुनान किसान आन्दोलनका अनुवाद मैले एकचोटि २०१२–०१३ सालमा देखेको थिएँ । त्यसैको प्रभाव पछि बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीको किसान आन्दोलनमा प्रष्ट देखापरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको घोषणापत्र र माक्र्स–ऐंगेल्सले लेख्नुभएको कम्युनिष्ट घोषणापत्रको अनुवाद (पी.एल.) को भूमिका हेर्दा भारतविरोधी अभिव्यक्तिहरू खचाखच भरिएको छ । भारतीय साहित्यबाट प्रभावित भएरै होला– ती दस्तावेजहरूमा नेहरूको विरोध गरिएको थियो । नेपाली काङ्ग्रेसको पनि विरोध गरिएको थियो ।
त्यसकारण सुरुमा नेपाल कम्युनिष्ट आन्दोलनलाई वा पुष्पलालजीलाई भारत ‘परस्त’ थिए वा काङ्ग्रेस ‘परस्त’ थिए भन्न मिल्दैन । मैले के थाहा पाएको छु भने त्रिपुराको मुख्यमन्त्री नृपेन चक्रवर्ती नेपाल कम्युनिष्ट पार्टीका सुरुका सल्लाहकार थिए वा भारतीय कम्युनिष्ट पार्टीकै गाइड लाइनमा (निर्देशनमा) नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र अङ्ग्रेजीमा लेखिएको छ । भाषा परिमार्जित छ । तर, कार्यपत्रमा बाबुरामजीले त्यसमा भ्रम र सुधारवाद देख्नुभएको छ, किन होला, थाहा छैन ।
सुधारवादको मुख्य अर्थ छिट्टै मौलिक परिवर्तन नगरी अलिअलि गर्दै २–४ सय वर्ष लगाएर समाजवादको स्थापना गर्नु हो । नेपाल कम्युनिष्ट आन्दोलनमा सुधारवादको आरोप गलत हो । संशोधनवाद शब्दको ठाउँमा बाबुरामजीले सुधारवाद शब्दको चयन गर्नु स्वयं शङ्काको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *