इरानका सर्त पूरा नभएसम्म हर्मुज जलडमरु नखुल्ने
- कार्तिक १९, २०८३
पेइचिङ, २२ अप्रिल । चीनले विश्वविख्यात ग्रेटवालमा भत्किएका खण्ड जीर्णोद्धार गर्न पाँच वर्षे योजना सार्वजनिक गरेको छ । सार्वजनिक कार्ययोजना अनुसार ग्रेटवालका २ हजार ७७२ मिटर र १७ वटा बुर्जाहरू शीघ्र जीर्णोद्धार आगामी तीन वर्षभित्र गरिनेछ ।
सन् २००० देखि यता पेइचिङले ग्रेटवाल संरक्षणको लागि ७ करोड अमेरिकी डलर विनियोजन गरिसकेको छ ।
अर्को चरणमा कूल ४ हजार ९२९.२९ वर्गकिलोमिटर क्षेत्रफलको ग्रेटवाल सांस्कृतिक क्षेत्रको विस्तृत रुपमा संरक्षण र विकास गरिनेछ । संरक्षणअन्तर्गत पुरातात्विक र पर्यावरणीय संरक्षणलाई जोड दिइने पेइचिङ नगरपालिकाको सम्पदा शाखाले जनाएको छ ।
ग्रेटवालको संरक्षण पर्खालको मात्र संरक्षण नभई वरपरका संस्कृतिको पनि संरक्षण गरिने शाखाले जनाएको छ ।
Leave a Reply