क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
आइतबार श्रीलङ्कामा भएको विस्फोटनमा परी झण्डै तीन सय मानिस मारिए । झण्डै ६ सय मानिस घाइते भए । राजधानी कोलोम्बोलगायत विभिन्न ठाउँमा सृङ्खलाबद्ध आठ स्थानमा हमला भएका थिए । इसाई धर्मावलम्बीहरूको इस्टर पर्वका दिन गिर्जाघरहरूमा हमला हुँदा हताहत हुनेको सङ्ख्या अझ बढेको हो । श्रीलङ्काले दसकौं लामो तालिम विद्रोह भोग्यो । गृहयुद्धको चोट बल्ल बल्ल पुरिने अवस्थामा भएको आइतबारे हमलाले श्रीलङ्काली जनतामा फेरि पनि द्वन्द्वको दलदलमा फस्ने भय जागेको हो ।
हमलाको सोमबारसम्म कसैले पनि जिम्मा लिएको छैन । श्रीलङ्का प्रहरीले घटनामा संलग्न भएको हुनसक्ने आशङ्कामा १३ जनालाई गिरफ्तार गरेको छ । श्रीलङ्का सरकारले देशभर सङ्कटकाल घोषणा गरेको छ । हमला जुनसुकै उद्देश्य प्राप्तका लागि जुनसुकै समूहले गरेको भए पनि यो आतङ्कवाद हो । सर्वसाधारण निर्दोष जनताप्रति लक्षित यस्ता हमला जनताको पक्षमा उभिने कुनै पनि शक्तिले गरेको हुनसक्दैन ।
आतङ्कवादलाई धेरै शक्तिले धेरै किसिमबाट प्रयोग गरेको देखिन्छ । संरा अमेरिका र उसको नेतृत्वको नाटो गठबन्धनले आतङ्कवादविरुद्धको युद्धको बहानामा अफगानिस्तान, इराक र लिवियाजस्ता सार्वभौम देशलाई दीर्घकालीन युद्ध र ध्वंसमा धकेलेको थियो । आतङ्कवादीलाई आतङ्कवाद फैलाउन दिने र त्यही आतङ्कवादलाई दबाउने नाममा स्वतन्त्र र सार्वभौम देशमाथि हस्तक्षेप गर्ने साम्राज्यवादी अभ्यासलाई श्रीलङ्काको हमलाबाट अलग गर्न सकिन्न ।
श्रीलङ्कामा गत वर्ष आन्तरिक राजनीतिक सङ्कट चर्केको थियो । राष्ट्रपति मैत्रीपाला सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिंघेबीचको राजनीतिक तानातानले श्रीलङ्काली जनमत विभाजित अवस्थामा छ । सत्ता राजनीतिमा हुने स्वार्थको खेलले देशमा यस्ता समस्या र सङ्कट आउने गर्छ । श्रीलङ्का आज शासकहरूबीचको स्वार्थको खेलको अचानो बनेको छ । इसाई धर्मावलम्बीहरूको प्रमुख चाडको दिन गिर्जाघर लक्षित हमलाले श्रीलङ्कालाई धार्मिक द्वन्द्वको दलदलमा फसाउन खोजिएको देखिन्छ । धार्मिक र साम्प्रदायिक द्वन्द्वले कुनै पनि देशको हित हुने गर्दैन । बुद्ध धर्मका अनुयायीहरूको अधिक जनसङ्ख्या भएको देशमा हिन्दू, मुसलमान, इसाई आदि धर्मका अनुयायीहरू छन् । धार्मिक विविधता भएको देशमा यसरी धार्मिक द्वन्द्व चर्किन सक्ने सम्भावना देशको दीर्घकालीन हित हुनसक्दैन ।
श्रीलङ्कामा भएको हमलाबाट नेपालले बेलैमा सिक्न जरुरी छ । नेपाल पनि धेरै जाति र धर्म मिलेर बनेको हो । सानो झिल्कोले मात्र पनि देशमा ठूलो द्वन्द्वको बीजारोपण गर्नसक्छ । नेपालको सामाजिक र सांस्कृतिक विशिष्टता जोगाउँदै जातीय र धार्मिक सद्भावको जगेर्ना गर्नुपर्छ । विदेशी शक्ति र स्वार्थको क्रिडास्थल हुनबाट देशलाई जोगाउनुपर्छ । पैसाको लोभ र शासक वर्गको शक्ति सङ्घर्षले देशलाई हानी हुनसक्ने खतराबारे सबै नागरिक सचेत बन्न जरुरी छ । धार्मिक र जातीय विद्वेष मसानको आगो हो, यसबाट जोगिन सजग हुनुपर्छ ।
Leave a Reply