अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
मध्यपुर थिमि, १० वैशाख । जापान, ओसाकाबाट समाजसेवी मासा ताके साकामोतोेको नेतृत्वमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट २६६० याओ रोटरी क्लवका अध्यक्ष मिनोरु कासाइ, सभापति हिडेकाजु कोबायासीसहितको टोलीले हालै नेपालको भ्रमण गरेको छ । टोलीले अप्रिल १८ देखि २२ सम्म नेपालका विभिन्न जिल्लामा अध्ययन भ्रमण गरेको थियो ।
सोही क्रममा बासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठानका अध्यक्ष लक्ष्मण जोशीको सहभागितामा मध्यपुर थिमि नपाद्वारा सञ्चालित जापानी प्रविधिको कम्पोष्ट मल बनाउने प्रविधिको अवलोकन गरियो । सो प्रविधिबारे मथिनपा वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो भने थेम्मृङ मासिक पत्रिकाका प्रकाशक एवम् सम्पादक बाबुकाजी श्रेष्ठले स्वागत गर्नुभयो । टोलीले थिमिका विभिन्न विष्णुकुण्डल, निगूपुखू, दिगुटोल, चपाचोका माटाका भाँडा बनाउने क्षेत्रको अवलोकलन गरेको थियो ।
टोलीले सिन्धुपाल्चोक जिल्लाको माझीगाउँमा गई अध्ययन गरेको थियो । सिन्धुपाल्चोकका समाजसेवी एवम् नेरेसो सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेलले स्वागत गर्नुभएको थियो ।
Leave a Reply