भर्खरै :

कैलालीमा लेनिन दिवस

कैलाली, १० वैशाख । विश्व सर्वहारा वर्गका गुरु भी. आई. लेनिनको १४९ औँ जन्म दिवसको अवसरमा मङ्गलबार नेपाल क्रान्तिकारी महिला सङ्घ जानकी गाउँँसमितिको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले लेनिनको नेतृत्वमा स्थापना भएको सोभियत समाजवादी सत्ता संसारका कामदार जनताको लागि उत्प्रेरणा भएको बताउनुभयो ।
उहाँले माक्र्स र एंगेल्सले प्रतिपादन गर्नुभएको विचारधारालाई लेनिनले व्यवहारमा लागू गरेर माक्र्सवादको वैज्ञानिकता पुष्टि गर्नुभएको बताउनुभयो ।
नेमकिपा कैलाली जिल्ला समितिका सचिव गगनबहादुर थापामगरले सोभियत समाजवाद मानव समाजको विकासक्रममा एउटा कोसेढुङ्गा भएको बताउनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका लक्ष्मी पुन, गोवद्र्धन तारामी, रत्नादेवी शाही, गौरीदेवी सारुमगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *