भर्खरै :

चीन विश्व अर्थतन्त्रको प्रमुख स्थिरकर्ता

पेइचिङ । चीनको अर्थतन्त्रले आफ्नो स्थिर वृद्धिलाई कायमै राख्ने र विश्वको वृद्धिमा मुख्य स्थिरकर्ताको रूपमा निरन्तर योगदान कायम राख्नेमा विश्व पुनः विश्वस्त हुँदै गएको छ ।
त्यसको पछिल्लो चिह्न विश्वको दोस्रो सबभन्दा ठूलोे अर्थतन्त्र सन् २०१९ को पहिलो त्रैमासमा ६.४ प्रतिशतले वृद्धि भयो, त्यही नै तथ्याङ्क सन् २०१८ को चौथो त्रैमासमा पनि थियो । यसले अन्तर्राष्ट्रिय मुद्राकोष (IMF) ले पहिले नै सार्वजनिक गरेको अनुमानलाई गलत साबित गरिदियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०१९ को विश्व आर्थिक वृद्धि कम हुँदै ०.२ प्रतिशतमात्र रहने अनुमान गतहप्ता सार्वजनिक गरेकै बेला त्यसले चीनको लागि पुनः समीक्षित वृद्धिदर ६.३ प्रतिशत रहने अनुमान लगायो, जुन चीनको वास्तविक आर्थिक वृद्धिदरभन्दा ०.१ प्रतिशतले कम हो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका एसिया तथा प्रशान्त विभागका निर्देशक चाङयोङ रीले यस वर्ष विश्वको आर्थिक वृद्धिमा चीनको योगदान ३० प्रतिशतभन्दा माथि नै रहने आशा व्यक्त गरे ।
अन्तर्राष्ट्रिय मुद्रा कोषको पछिल्लो पूर्वानुमान अर्थतन्त्रमा नयाँ गतिशील शक्ति ल्याउने सफल प्रयासमा आधारित छ, जसलाई पछिल्लो तथ्याङ्क ध्यानपूर्वक हेरेपछि अझ राम्ररी बुझ्न सकिन्छ ।
यस वर्षको पहिलो दुई महिनामा तुलनात्मकरूपमा कमजोर औद्योगिक उत्पादनको तथ्याङ्कले अर्थतन्त्र गिर्दै त छैन भन्ने चिन्ता र चासो बढाएको थियो । तर, तल झरेको औद्योगिक उत्पादनको बक्ररेखा मार्चमा पुनः उकालो चढ्न सुरु ग¥यो । चीनको औद्योगिक उत्पादनले मार्च महिनामा सन् २०१४ जुलाईदेखि यताकै सबभन्दा बढी रेकर्ड कायम ग¥यो ।
विश्व आर्थिक वृद्धिको मुख्य चालकको रूपमा चिनियाँ अर्थतन्त्रले उत्पादनमा मात्र वृद्धि गरेको छैन, पहिलो दुई महिनाको तुलनामा उपभोग पनि वृद्धि गरेको छ । उपभोगको तथ्याङ्कको पहिलो त्रैमासमा ६५.१ प्रतिशत योगदान पु¥याएको छ । अनलाईन खुद्रा बिक्री र ग्रामीण क्षेत्रमा उपभोगको दरमा निकै वृद्धि भयो । पछिल्लो महिना कर मिनाहासम्बन्धी उपायका कारण आगामी क्षमता अझै बढ्ने देखिन्छ ।
चीनको सर्वोच्च विधायिका – चिनियाँ जन काङ्ग्रेसले यस वर्षको अधिवेशनबाट निर्णय गरेको कर मिनाहाले निजी तथा साना व्यवसायहरूलाई थप प्रवद्र्धन गर्नेछ । साथै कम्पनीहरूले तिर्नुपर्ने सामाजिक सुरक्षा शुल्कमा गरिएको कटौतीबाट मध्यम र ठूला उद्योग–व्यवसायहरूको चालू पुँजी वृद्धिमा सघाउ पु¥याएको छ ।
तैपनि बाढीजस्तो छिटो वृद्धि र लोभ लाग्दो आर्थिक वृद्धिको आशा गर्नु लालचमात्र हुन्छ । कर मिनाहा र शुल्कमा गरिएको कटौतीले स्वस्थकर एवम् बढी दिगो पुनः व्यवसायीकरणमा टेवा पुग्नेछ ।
चिनियाँ सरकारले पूरै वर्षका लागि ६ देखि ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेकोमा छोटो अवधिमै चीनको अर्थतन्त्रले पुरानै वृद्धिदर पुनः प्राप्त ग¥यो भनी भन्नु अव्यावहारिक हुनेछ ।
त्यसको सट्टा सुदृढ आर्थिक संरचनाहरूले विश्वव्यापी आर्थिक मन्दीको पृष्ठभूमिमा स्थिर वृद्धि सिर्जना गर्नेछन् । चीन सही मार्गमा छ भनी विश्वले भरोसा गर्नसक्छ ।
(Commentary: China remains major stabilizer of the World)
– Xinhua
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *