भर्खरै :

‘मजदुर–किसान’ बारे अध्ययन गोष्ठी

भक्तपुर, १५ वैशाख । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ तेस्रो उपत्यका क्याम्पस परिचालन सम्मेलन तयारी समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको मुखपत्र ‘मजदुर–किसान’ वर्ष ८ अङ्क २ पूर्णाङ्क २२ विषयक अध्ययन गोष्ठी शनिबार सम्पन्न भयो ।
गोष्ठीमा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले शासक दल सम्बद्ध विद्यार्थी सङ्गठनहरू विद्यार्थीको मुद्दामा केन्द्रित नभई ठेक्कापट्टा र गुण्डागर्डीमा लागेको कारण विद्यार्थी आन्दोलन अगाडि बढ्न नसकेको बताउनुभयो । विद्यार्थीहरू अध्ययनशील हुनुपर्ने र पार्टी निर्देशनलाई अक्षरशः पालना गर्ने कार्यकर्ता हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । समितिका संयोजक मिलन गणेजूको सभापतित्वमा भएको कार्यक्रममा विलम सुवाल, उमेश शाही, कोपिला लामा तामाङ, सुमन कोजू, रविन भडेल, तारा न्यौपाने, खेमराज दाहाल, निरू विश्वकर्मा, दीपक अधिकारी र दिनेश खड्गीले अध्ययन सार प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *