भर्खरै :

श्रीलङ्काका प्रहरी प्रमुख निलम्बित, नयाँ सुरक्षा प्रमुख नियुक्त

कोलम्बो, १६ वैशाख (रासस÷एएफपी) ः श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी प्रमुखलाई सोमबार निलम्बन गर्नु भएको श्रीलङ्काको राष्ट्रपतिको कार्यालयले सोमबार जनाएको छ । एक हप्ता अगाडि भएको विस्फोटनका घटनामा परी साढे दुई सय भन्दा बढीको मृत्यु भएको घटनालाई लिएर उहाँले प्रहरी प्रमुख पुजिथ जयासुन्दरालाई निलम्वन गर्नुभएको हो । इस्लामिक स्टेट (आईएस)का लडाकूहरुले आक्रमण गर्ने चेतावनी दिएको भएपनि सुरक्षा निकायको नेतृत्वले वेवास्ता गरेको आरोप उहाँमाथि लाग्दैआएको छ । राष्ट्रपति सिरिसेनाले यसअघि सुरक्षा सचिवलाई पनि बर्खास्त गर्नु भएको थियो । उहाँले त्यस ठाउँमा सोमबार नै नयाँ सचिव नियुक्त गर्नुभएको छ अघिल्लो आइतबार चर्च र होटलहरुमा भएका विस्फोटनमा परी कम्तीमा २५३ जनाको मृत्यु भएको थियो भने ५०० भन्दा बढी घाइते भएका छन् । प्रहरी प्रमुख जयासुन्दरालाई निलम्बन गरेपछि बरिष्ठ प्रहरी उपमहानिरिक्षक चन्दन विक्रमासिङघेलाई कार्यबाहक प्रहरी प्रमुख बनाइएको छ । उहाँले सोमबार नै सेनाका पुर्व प्रमुख शान्ता कोट्टेगोडालाई देशको सुरक्षा प्रमुखमा नियुक्त गर्नु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । तत्कालिन राष्ट्रपति महिन्दा राजापाक्षेले सन् २००५ मा सेना प्रमुख रहनु भएका ६९ बर्षीय कोट्टाटेगोडालाई आक्रमणको जिम्मेवारी लिँदै राजिनामा दिन दवाव दिनुभएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *