इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, १६ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय संसद्का सांसद प्रेम सुवालले आइतबार चानपा ८, सुडालका जनतासँग भेटघाट तथा छलफल गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले भक्तपुरले स्वास्थ्य र शिक्षाको माध्यमबाट देश र जनताको सेवा गरिरहेको चर्चा गर्दै शासक दलहरूले कामदार जनताका छोराछोरीलाई शिक्षाबाट वञ्चित गराउने कुकृत्य गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक पूर्वाधार भएर पनि भक्तपुरलाई ख्वप विश्वविद्यालयको स्वीकृति नदिई पैसा हुनेले मात्र पढ्न सक्ने निजी क्षेत्रलाई पोस्न खोजियो ।”
निजी अस्पतालले बिरामीलाई भेन्टिलेटर प्रयोग गरेर ठगिरहेको उदाहरण दिँदै उहाँले भक्तपुर नपाले ख्वप अस्पताल सञ्चालन गरेर जनतालाई सस्तोमा उपचार दिने प्रयास गरिराखेको बताउनुभयो । उहाँले प्रधानमन्त्री, मन्त्रीले सरकारी अस्पताललाई मसानघाटजस्तो बनाइरहेको बताउनुभयो ।
सांसद सुवालले बालुवाटारको जग्गा खरिद प्रक्रियामा नेकपाकै महासचिव विष्णु पौडेललगायतका नेताहरू दोषी देखिनु लज्जास्पद भएको र ओली–दाहालको नेकपाको सरकार आफै भ्रष्टाचारी र अपराधीहरूको संरक्षक भएकाले जनता सचेत हुनु जरुरी रहेको बताउनुभयो । उहाँले शासक दलका सांसद सदस्यहरूले आफ्नो क्षेत्रलाई बेवास्ता गरी जसरी भए पनि काठमाडौँमा घर बनाउने सोच राख्नु गलत भएको बताउनुभयो ।
“राजनैतिक क्रान्ति सकियो अब देश आर्थिक क्रान्तिको बाटोमा भनेर ओली सरकारले जत्ति भने पनि मुट्ठीभर पुँजीपतिहरूको हालीमुहाली बढेर देशमा अराजक स्थिति सृजना भई भद्रगोलको अवस्था रहेकोले समाजवादी गणतन्त्र प्राप्तिको निम्ति नेपाली जनता सङ्गठित हुनु जरुरी छ” उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भजिसका अध्यक्ष न्हुछेभक्त फोंजुले नेकपाले नेतृत्व गरेको चाँगुनारायण नपामा भ्रष्टाचार मौलाउनुका साथै भूमाफियाहरूको कारण अव्यवस्थित प्लटिङ्ग बढेर सार्वजनिक, पर्ती जग्गा मासिने क्रम बढ्दा पनि नपा मौन रहनु शङ्कास्पद रहेको बताउनुभयो । उहाँले नेकपाका कार्यकर्ताहरू ठेक्कापट्टामा लागेर कमिसन खान पल्किरहेको तर्फ जनता सचेत हुनु जरुरी रहेको बताउनुभयो ।
Leave a Reply