नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
प्रधान
केही प्रचार माध्यम र प्रतिक्रियावादीहरू नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा गर्दै आएको राजनैतिक गतिविधि र कार्यक्रमबारे गलत मूल्याङ्कन गरी जनतामा भ्रम फैलाउन खोज्ने र उत्तेजना फैलाउने काम गरिरहेको अनुभव गरिदै छ ।
भारतीय एकाधिकार पुँजीले भूकम्पपीडित नेपाली जनतालाई नाकाबन्दी लगाएर देशको विभाजनकारी पक्षको हितमा प्रत्यक्षरूपमा सहयोग गर्दा नेमकिपाले राजधानी र विभिन्न जिल्लामा भारतीय विस्तारवादको विरोधमा जनतालाई सचेत पार्न विरोध प्रदर्शन, जनसभा, गोष्ठी, अन्तरक्रिया र भारतीय दूतावासको धर्ना–जुलुस र कवि गोष्ठी ग¥यो ।
तीन जनाको सिफारिसमा नागरिकता दिने प्रावधान र कृतिम नागरिकलाई जन्मसिद्ध नागरिकता दिने प्रावधान र निर्णयको विरोधमा नेमकिपाले २०४८ सालदेखि सङ्घर्ष गर्दै आइरहेको छ ।
नेपाली काङ्ग्रेस र एमालेजस्ता शासक दलले भागबण्डा गरी प्रजातान्त्रिक परिपाटीकै विरोधमा सरकार बनाए । बहुदलीय बन्दोबस्तमा संसद्को दोस्रो दल प्रमुख प्रतिपक्षको रूपमा भूमिका खेल्नुपर्नेमा एमाले र नेपाली काङ्ग्रेसले पालैपालो सरकारका हरेक माथिल्ला पदहरूको मनोनीत र नियुक्तिमा भागबण्डा गरी प्रजातन्त्रको हत्या गरेकोमा नेमकिपाले विरोध ग¥यो । सदनमा रहेका साना र ठूला सबै दलहरू मिलेर सरकारमा भाग लिंदै देश र जनताको हितमा सरकारको आलोचना तथा विरोधलाई कमजोर बनाए ।
भर्खर प्रजातन्त्र र गणतन्त्रको अभ्यास भइरहेको नेपालमा ३ प्रतिशतको मत सीमा राखेर दुईदलीय तानाशाही लाद्ने काम नेपाली काङ्ग्रेस र एमालेले गरे । नेमकिपाले दुईदलीय पुँजीवादी तानाशाहीको विरोध निरन्तर गरिरह्यो ।
गएको संसदीय र स्थानीय निर्वाचनमा खटिएका कर्मचारीहरूलाई समेत अनियमितता गर्न दिएर नेमकिपाको विरोधमा ठूलो राजनैतिक षड्यन्त्र गरियो । पुँजीवादी दलहरूले नेमकिपाको ‘मादल’ चिह्नमा छाप लागेका मतपत्रहरू गन्दा मतपत्रहरू चोरी गर्ने र मादल चिह्न नै नभएका मतपत्रहरू प्रयोगमा ल्याएर नेमकिपाको विरोधमा षड्यन्त्र गरे । निर्वाचन आचारसंहिताको उल्लङ्घन गर्ने शासक दलका, नेता, मन्त्री र उम्मेदवारहरूलाई पनि कारबाही नगरेको जगजाहेर छ ।
जात, भाषा, क्षेत्र, धर्म सबै प्रकारका साम्प्रदायिकता फैलाएर पैसा र सामान बाँडेर हिमालदेखि तराईसम्म ती शासक दलहरूले राजनैतिक षड्यन्त्र गरे ।
यसकारण १३० औँ मई दिवसको सिलसिलामा ती दुवै पुँजीवादी दलहरूको विरोधमा सारा कामदार वर्ग एक भई सङ्घर्ष गर्नु आवश्यक छ ।
सामन्त र पुँजीपति वर्ग एवम् तिनीहरूका प्रतिक्रियावादी सञ्चारमाध्यमहरूलाई पनि उदाङ्ग्याउनु आवश्यक छ ।
Leave a Reply