भर्खरै :

बनेपामा नवदुर्गा गणमाथि हातपात हुँदा तनाव

काभ्रे, १६ वैशाख । नवदुर्गा गणमाथि आइतबार बनेपामा हातपात र ढुङ्गामुढा भएको छ । बनेपाको वडा नं ९ कोबहःमा आइतबार राति झण्डै १० बजे माछा मार्ने जात्राअन्तर्गत लुगा धुने नाच चलिरहँदा केही मानिसले हमला गर्दा नवदुर्गा गणका केही सदस्य घाइते भएका छन् । घाइते हुनेमा विजय बनमाला, मंगललाल बनमाला, बालगोपाल बनमाला, रिजय बनमाला, कृष्णगोविन्द बनमालालगायत घाइते भएको देवगणले बताएको छ । घाइतेमध्ये रिजयको हातको हड्डी भाँचिएको छ ।
देवगणमाथि हातपात र ढुङ्गामुढा गरेको अभियोगमा प्रहरीले स्थानीय महेश मानन्धरलगायत चार जनालाई गिरफ्तार गरेको थियो ।
देवगण सदस्य बालगोपाल बनमालाले दिनुभएको जानकारीअनुसार देवगण र स्थानीयबीच तनाव समाधान गर्न सोमबार जात्रा व्यवस्थापन समिति गठन गरी घाइते सबै देवगण सदस्यको उपचार खर्च व्यहोर्ने, जात्रामा उपरान्त उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न लगाइने आदि सहमति भएको थियो । व्यवस्थापन समितिमा देवगणको तर्फबाट नारायणमान बनमाला, स्थानीय वडाका वडाध्यक्ष शेरबहादुर सुवाल, निर्तेज बाडे र सङ्गीत मानन्धर रहनुभएको छ ।
आगामी दिनमा बनेपामा नवदुर्गा जात्रा व्यवस्थित सञ्चालन गर्न केही दिनभित्र बैठक बसी आवश्यक निर्णय गरिने बैठकले निर्णय गरेको छ । प्रहरीले पक्राउ गरेका चार जना युवकलाई सोमबार नै रिहा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *