भर्खरै :

असान्जलाई पचास हप्ता कारागार सजाय

लन्डन, १ मे । विकिलिक्सका सह–संस्थापक जुलियान अस्सान्जलाई बुधबार त्यहाँको अदालतले ५० हप्ता कारागार सजायको फैसला गरेको छ । सात वर्षअघि जारी तारिख उल्लङ्घन गरी इक्वेडरको दूतावासमा शरण लिन गएको अभियोगमा उनलाई त्यस्तो सजाय सुनाइएको हो ।
दक्षिण लन्डनस्थित साउथवार्क क्राउन अदालतमा असान्जले आफू भयपूर्ण परिस्थितिसँग सङ्घर्ष गरिरहेको अवस्थामा अदालतको तारिख उल्लंघन गरेको स्वीकारेका थिए ।
उनले त्यसको लागि अदालतसमक्ष क्षमायाचना पनि गरेका थिए ।
“त्यत्तिबेला मैले सक्दो उत्कृष्ट निर्णय गरें अथवा मैले त्यो परिस्थितिमा त्यही मात्र गर्न सक्थें ।”, असान्जले अदालतसमक्ष भने ।
अदालती सुनुवाइको क्रममा असान्जका समर्थकहरू अदालतमा भेला भएका थिए । असान्जले आफ्ना समर्थकहरूलाई अभिवादन गरेका थिए ।
समर्थकहरूले असान्जप्रति अभिवादन फर्काउँदै अदालततिर फर्केर ‘छि छि’ भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *