भर्खरै :

पश्चिमा सञ्चारमाध्यमको पीत पत्रकारिता

–प्रकाश
ल्याटिन अमेरिकी देश भेनेजुयलामा मङ्गलबार संरा अमेरिकाको साथ र समर्थनमा सैनिक विद्रोहको असफल प्रयास भयो । सानो सङ्ख्यामा सेनाका केही जवान र गुप्तचर प्रहरीको एक समूह दक्षिणपन्थी विपक्षी नेता ह्वान ग्वाइडोको समर्थनमा सडक प्रदर्शनमा सामेल भए । जननिर्वाचित राष्ट्रपति निकोलस माडुरोसमर्थित सेना र नेशनल गार्डसको कारबाही सुरू भएपछि केहीबेरमै तिनीहरू भाग्न र लुक्न बाध्य भए । तर, बीबीसी, सीएनएन, एपीलगायत पश्चिमा समाचार संस्था र सञ्चारमाध्यमहरूको प्रसारण हेर्ने र सुन्ने हो भने त लाग्छ त्यहाँ सैनिक विद्रोह सफल भैसकेको छ र भेनेजुयलाको सेना र प्रहरी सबैले दक्षिणपन्थीहरूको सत्ता पुनरागमनलाई साथ दिइसकेका छन् । यस्तो दुष्प्रचार पीतपत्रकारितामा ती पश्चिमा समाचार संस्था र सञ्चारमाध्यमहरूले विशेषज्ञता नै हासिल गरेका छन् । बीबीसीले समाचार दियो – भेनजुयलामा सैनिक विद्रोह, माडुरो देश छाडेर क्युवा निर्वासनमा जाने तयारीमा । सीएनएनले पटक–पटक झुटो समाचार दोहो¥यायो – माडुरोलाई क्युवा लैजान विमान तयारी अवस्थामा राखिएको छ । भेनेजुयला, बोलिभारियाली क्रान्ति, चाभेजवादीहरू र निकोलस माडुरोलाई राम्ररी चिनेकाहरूलाई थाहा छ कि – माडुरो र चाभेजवादीहरू साम्राज्यवाद र दक्षिणपन्थीहरूसित अन्तिम श्वाससम्म पनि लडिरहनेछन् तर पिठयुँ फर्काएर भाग्ने छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *