भर्खरै :

सम्बन्धको साझा दबु

 सि चिनफिङको युरोप भ्रमणले क्षेत्र र मार्गको वृतलाई फराकिलो पार्छ र चीन–युरोपेली सङ्घ (EU) सम्बन्धलाई अझ बलियो बनाउँछ
वेन छिङ्ग
इटालियाली उपन्यासकार अल्बर्टो मोराभिया (Alberto Moravia) ले लेख्नुभएको थियो, संयोगले मित्रता नापिंदैन तर मनोभावले हामीलाई प्रभाव पार्छ । चीनको पश्चिमी हान वंशको राजधानी सियान (Xi’an) मा २ हजार वर्ष पहिले (२६० ई.पू. सन् २५) त्यो कुरो साँचो थियो । चीन र रोमबीचको सम्बन्ध प्राचीन रेशम मार्गबाट चलाइएको आवत–जावत र वृद्धिको मनोभावबाट जोडिएको थियो । आज, फेरि बलियो अभिवृद्धिको सहुलियतलाई अघि बढाइएको छ । ऐतिहासिक व्यापार मार्गलाई पुनः स्थापित गर्न आधुनिक चीन र इटालीका शक्तिहरू त्यसमा सामेल भएका हुन् । सन् २०१९ मार्च २३ को दिन सि चिनफिङको राजकीय भ्रमणबाट एक क्षेत्र र एक मार्ग अगुवाइमा सामेल हुन इटालीले समझदारीको स्मृतिपत्रमा हस्ताक्षर ग¥यो ।
सन् २०१९ मार्च २१ देखि २६ सम्मको सिको युरोपका तीन ओटा राष्ट्रको भ्रमणमा इटाली पहिलो पाइला थियो भने मोनाको र फ्रान्स अरु दुइटा पाइलाहरू थिए । युरोपेली सङ्घ अध्ययन र चीन अन्तर्राष्ट्रिय अध्ययन संस्थानका वरिष्ठ अनुसन्धानकर्ता कुइ होङ्गचिआन (Cui Hongjian) ले भने सन् २०१९ को अनुकरण पहिलो विदेश भ्रमणमा तीन युरोपेली राष्ट्रहरूको सुझबुझपूर्ण छनौटले चीन–युरोप सम्बन्धलाई ठूलो महत्व दिएको स्पष्ट पारे ।
आज संसारमा अभूतपूर्व परिवर्तन हुँदैछ । युरोपले आन्तरिक समस्या र बाह्य दबाब दुवैको सामना गर्दैछ भन्दै कुइले दुई प्रमुख शक्तिको रूपमा, चीन र युरोपले दिगो विश्वव्यापी आर्थिक वृद्धि र विश्व शान्ति एवं विकासमा योगदान दिनुपर्ने बताए ।
चीनको राष्ट्रिय विधायिका र सर्वोच्च राजनैतिक सल्लाहकार समितिको वार्षिक बैठकहरूले मार्च महिनामा चीनद्वारा बाँकी विश्वलाई जित–जितको परिणाम बाँड्ने गरी आप्mनो खुलापनलाई फराकिलो पार्ने स्पष्ट निर्देशन दिए ।
“कुटनीतिलाई अघि बढाउने सङ्कटपूर्ण पाइलामात्र नभइकन विश्वलाई विस्तारपूर्वक सकारात्मक सूचना प्रवाह गर्ने र चीनको अर्थतन्त्र र सामाजिक विकासको लागि बाह्य अनुकूल वातावरण निर्माण गर्ने भन्ने सन्देश पनि हो” उनले भने ।
सीको बहुपक्षीय चीन–युरोपको सम्बन्धलाई संरक्षण गर्न र शुद्ध गर्ने महत्वपूर्ण प्रस्तुत प्रस्तावलाई युरोपेली नेताहरूले आप्mनो इच्छाअनुसार नै सकारात्मकरूपले स्वागत गरे । इटालीसँगको द्विपक्षीय सहयोगले पनि चीन–युरोप व्यापक रणनीतिक साझेदारीबारे नयाँ गति प्रदान गर्ने अनुमान गरिएको छ र अप्ठेरोमा पर्दै गएको विश्वमा केही स्थिरता प्रदान गर्न सहयोग पुग्नेछ ।
युरोपमा एक क्षेत्र र एक मार्ग
सीको भ्रमणले एक क्षेत्र र एक मार्गको अगुवाइमा अझ उच्च मान्यता प्रदान ग¥यो । इटालीले चीनसँग आपसी समझदारीको विज्ञप्तिमा हस्ताक्षर ग¥यो । फ्रान्सले तेस्रो पक्ष बजारमा निरूपण आयोजनाको लागि सम्झौताहरूमा हस्ताक्षर ग¥यो र तेस्रो पक्ष बजार कोष शुभारम्भ ग¥यो ।
विज्ञहरूका अनुसार इटालीको अगुवाइमा यसको सामेलीले झर्दै गएको अर्थतन्त्रलाई अगाडि बढाउनेछ । चेङ्ग योङ्गनिआन (Zeng Yongnian) सिङ्गापुर विश्वविद्यालयका प्रोफेसरले चीन समाचार सेवा (China News Service) लाई भने, “इटालीलगायत थुप्रै युरोपेली अर्थतन्त्रहरू २००८ को सङ्कटको छायाँले अझ सफल उभिन नपाएको र आर्थिक वृद्धिलाई अगाडि बढाउने प्रेरक शक्तिको अभावमा अझ माथि उठ्न सकेको छैन ।” क्षेत्र र मार्गमा सहभागी हुनु र चीनसँग संयुक्त रूपले विकास गरिरहेको अन्तर्राष्ट्रिय बजारले इटालीको अर्थतन्त्र सुधारको लागि अति ठूलो अवसर प्राप्त हुने चेङ्गले दाबी गरे ।
चेङ्गका अनुसार त्यसभन्दा पनि बढी इटालीको अवस्था यसको क्षतविक्षत पूर्वाधारलाई माथि उठाउन नसकिने अवस्था थियो । संयोजन स्थापना र पूर्वाधार निर्माणमा यो केन्द्रित हुँदा क्षेत्र र मार्गको अगुवाइले उपाय प्रदान गर्छ ।
पूर्वाधार क्षय हुँदा इटाली सरकारलाई लामो समयदेखि सताउँदै थियो । इटालीको कमजोर बजेटले यसको अभावलाई सम्बोधन गर्ने क्षमतालाई सीमित पारेको थियो ।
ट्रिस्टे (Triste) बन्दरगाह पूर्वाधार क्षयको एक उदाहरण हो । एकताका उत्तर–पूर्वमा इटालीले चम्किलो हिराबाट आम्दानी गर्ने रणनीतिक महत्वबाट फाइदा लिंदै थियो । यसले हालैका दशकहरूमा हिराको चमक गुमायो ।
त्यसैबेला, विविध पूर्वाधार आयोजना निर्माण अनि क्षेत्र र मार्ग संरचनाअन्तर्गत परिचालित ग्रीसको पिराएस (Piraeus) बन्दरगाहजस्ता कार्यले इटलीलाई सकारात्मक प्रदर्शनको प्रभाव प¥यो ।
२०१९ मार्च २३ को दिन ट्रिस्टे बन्दरगाहका पदाधिकारीहरू र चीन सञ्चार निर्माण कर्पाेरेसन (China Communication Construction Co.) [ CCCC] ले सहयोग सम्झौतामा सी र इटालियाली प्रधानमन्त्री जिउसिप्पे कन्टे (Giuseppe Conte) को उपस्थितिमा हस्ताक्षर गरे । बन्दरगाहलाई सम्हाल्ने क्षमताको विकास गर्न सी सी सी सीले एक अर्ब डलर लगानी गर्नेछ र यातायात दक्षता बढाउन तथा पूर्वाधार विकासलाई मद्दत पु¥याउने र इटालीलाई मध्य युरोपसँग जोड्ने रेल मार्गको विकासजस्ता कार्य हुनेछन् ।
चिनियाँ प्रतिष्ठानको सामाजिक विज्ञानको प्रोफेसर चाङ्ग युवान (Zhang Yuyan) का अनुसार सात ओटा देशको पहिलो समूहको रूपमा चीनसँग क्षेत्र र मार्गको स्मृति पत्रमा हस्ताक्षर गर्न र इटालीले युरोपेली सङ्घका सदस्यहरूलाई आकर्षित गर्न एक उदाहरणको रूपमा र अझ पूर्ण आर्थिक फाइदाहरू दिने अवस्था सृजना गर्न सेवा पु¥याउनेछ ।
हालैका वर्षहरूमा सहभागी धेरैजसो देशहरूले विकास गर्दैछन् । युरोपमा इटाली एउटा विकसित र महत्वपूर्ण देश हो । क्षेत्र र मार्गको संरचनाअन्तर्गत चीनसँग यस्को सहयोगले प्रदर्शनात्मक र प्रभावको श्रृजना गर्नेछ । चाङ्गले भने ।
जर्मनी र फ्रान्सलगायत युरोपेली सङ्घका प्रमुख सदस्य देशहरूले अगुवाइका आर्थिक सम्भावनाहरू बुझेका छन् । फ्रान्स क्षेत्र र मार्ग अगुवाइमा सामेल नभए तापनि फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोँ (Emmanuel Macron) ले सरंचनाअन्तर्गत धेरै अवसरहरूमा चीनसँग व्यावहारिक सहयोग बढाउने इच्छा व्यक्त गरेका छन् । वास्तवमा, फ्रान्स र चीनले सन् २०१५ मा नै तेस्रो पार्टी बजारमा संयुक्त रूपले अन्वेषण गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सुरुमा, चीनले अरु देशहरूसँग क्षेत्र र मार्ग अगुवाइअन्तर्गत सहयोगको एउटा महत्वपूर्ण नमुनामा यस्तो सन्धि ग¥यो ।
ले फिग्रो (Le Figro) नामको मुख्य फ्रान्सेली पत्रिकामा प्रकाशित गरिएको हस्ताक्षरित लेखमा सिले भन्नुभयो, क्षेत्र र मार्ग अगुवाइ तथा तेस्रो–पार्टी बजारअन्तर्गत हाम्रो आपसी सहयोगमा अझ प्रगति गर्न चीन फ्रान्ससँग काम गर्न आशा गर्दछ ।
अगुवाइमा लागेका केही देशहरूको थुप्रै लगानी आयोजनाहरूमा फ्रान्सले सहयोग गर्ने विश्वास म्याक्रोँले व्यक्त गर्नुभयो । “युरोपेली सङ्घको समन्वय राजनीति तथा क्षेत्र र मार्गअन्तर्गत बन्दगाहमा सामान ढुवानी र पैठारी गर्नुपर्छ,” भनी उहाँले भन्नुभयो । अन्तर्राष्ट्रिय सहयोगको लागि पेचिङ्गमा अप्रिल महिनाका पछिल्ला दिनहरूमा हुने क्षेत्र र मार्ग मञ्च अनि शाङ्घाईमा हुने दोस्रो चीन अन्तर्राष्ट्रिय निकासी पैठारी व्यापार मेला (China International Import Expo) मा फ्रान्स सहभागी हुने कुरोमा म्याक्रोनले विश्वास दिलाउनुभयो ।
चीनमा फ्रान्सेली राजदूत जिन–मौरिस रिपर्ट (Jean-Maurice Ripert) ले यो वर्षको सुरुमा सञ्चारमाध्यमलाई भन्नुभयो, “फ्रान्सेली भाषा बोल्ने अफ्रिकी देशहरूलगायत तेस्रो पार्टी बजारहरूमा पूरा गरिनुपर्ने ६ ओटादेखि ८ ओटा कार्यक्रमबारे यी दुई देश एक आपसमा सहमत भएका छन् ।
इटाली र फ्रान्सबाहेक क्षेत्र र मार्ग अगुवाइअन्तर्गत अन्य युरोपेली देशहरूसँग पनि चीनले फलदायी सहयोग गरेको छ । चीनले १६.१ संयन्त्रलाई प्रक्षेपण ग¥यो र १६ ओटामध्ये र पश्चिमी युरोपेली देशहरूले ठोस परिणामलाई अघि बढाएका छन् । अगुवाइअन्तर्गत माल्टा, ग्रिस र पोर्चुगलले थप सहयोग विस्तारको लागि स्मृतिपत्रहरूमा हस्ताक्षर पनि गरेका छन् ।
सम्बन्धहरूलाई अझ सुृदृढ बनाउँदै
यो वर्ष चीन–इटालीको व्यापक रणनीतिक साझेदारीको १५ औं वार्षिकोत्सव हो र अर्को वर्ष चीन–इटालीको कूटनैतिक सम्बन्धको ५० औं वर्षगाँठ हुने छ ।
जे भए पनि, युरोपेली सङ्घका प्रमुख सदस्यहरूको तुलना गर्दा चीन र इटाली बीचको ठूलो सहयोगको सम्भावना देखिएकै थिएन । सन् २०१८ मा चीन र इटालीको दुईपक्षीय व्यापारको कुल रकम ५४.२३ अरब डलरले चीन–जर्मनीको व्यापारको कुल रकम १८३.९अरब डलरसँग तुलना गर्दा निकै पछाडि परेको देखियो । गत वर्ष चीनमा पठाएको इटालियाली सामानहरूको कुल रकम २१ अरब डलर थियो भने जर्मनीको १०६ अर्ब डलरसँग तुलना गर्दा यो अपर्याप्त राशी थियो । इटालीले चीनमा निर्यात गरेको सामानको ६.५ प्रतिशत हुन आउँछ भने चीनलाई जर्मनीको निर्यात १७ प्रतिशत हुन आउँछ ।
चीन पठाउने सामान बढाएर इटाली ‘इटालीमा बनेको’ भन्ने छापलाई प्रचारप्रसार गर्न चाहन्छ । एक क्षेत्र र एक मार्गको अगुवाइले यस उद्देश्य प्राप्तिको लागि बाहनको रूपमा प्रयोग गर्न चाहन्छ । इटालियाली सर–सामान रक्सी र चीजजस्ता विशेषगरी विलाशिताका सामान र कृषिजन्य उत्पादनहरू चीनको बढ्दो मध्यम वर्ग र उठ्दो धनी जनसङ्ख्या निकै आकर्षित छन् ।
इटालियाली अखबार कोरिअर डेल्ला सेरा (Corriert della sera) मा प्रकाशित हस्ताक्षरित लेखमा सीले भन्नुभयो, इटालीमा बनेको भन्ने छापको सर–सामानको स्तरीय गुणको प्रत्याभूति हो । इटालियाली वस्त्र र काठका सामग्रीहरू चिनियाँ उपभोक्ताहरूबीच असाध्य लोकप्रिय छन् अनि पिजा र तिरामिसु (Tiramisu) खानाहरू धेरै युवा चिनियाँहरू मनपराउँछन् ।
भ्रमणको बेला इटालियाली पदाधिकारीहरूलाई उहाँले चीन अझ गुणस्तरीय उत्पादनहरू इटालीबाट भित्याउन चाहिरहेको बताउनुभयो र धेरैभन्दा धेरै चिनियाँ व्यवसायहरूलाई लगानी गर्न र व्यापार सुरु गर्न उत्साहित गरिरहेको बताउनुभयो ।
यो वर्षमा चीन–फ्रान्सको कूटनैतिक सम्बन्धको ५५ वार्षिकोत्सव हो । ५५ वर्ष अगाडि यी दुई राष्ट्रले शीत युद्धका वाधाहरूलाई तोड्न अगुवाइ गरे तथा एकले अर्कोलाई प्रभावित पारे ।
फ्रान्समा सिको भ्रमण भइरहँदा दुई नेताले अझ ठोस, स्थिर र तरङ्ग ल्याउने चीन–फ्रान्स व्यापक रणनीतिक साझेदारीलाई बिस्तारै बिस्तारै अघि बढाउन र एक आपसमा नजिक हुन स्वाधीनता, आपसी समझदारी, दूरदृष्टि, आपसी हित र जित–जितको परिणाममा आधारित प्रमुख देशहरूले उपाय अन्वेषण गर्ने कार्यमा प्रतिबद्धता पुनः दोहो¥याउनुभयो ।
चिनियाँ राष्ट्रपतिको हैसियतमा युरोपेली देशको पहिलो भ्रमणको रूपमा सिले मोनाको (Monaco) को पनि भ्रमण गर्नुभयो । वातावरण संरक्षण, दूर विचार र मोबाइल भुक्तानीमा मोनाकोले चीन–युरोप आपसी सहयोगमा नेतृत्व गरेको छ । सन् २०१९ सेप्टेम्बर महिनामा देशको मुख्य टेलिकम सेवा प्रदायक मोनाको टेलिकम (Monaco Telecom) ले ५ जी नेटवर्क विकास गर्न चिनियाँ कम्पनी हुवावे (Huawei) सँग व्यापार सम्झौता भएको पुष्टि ग¥यो । ५ जी मोबाइल नेटवर्क पूर्ण रूपले बिछ्याइएको संसारमै पहिलो देश मोनाको हुने छ भनी अनुमान गरिएको छ ।
सीले भन्नुभयो, “चीन र संसारमा दोस्रो सबैभन्दा सानो देश मोनाकोले आकारमा फरक, ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि अनि सामाजिक व्यवस्थामा फरक देशहरू बीच मित्रवत् आदानप्रदानको एउटा राम्रो उदाहरण राखेका छन् ।
मोनाकोका राजा राजकुमार अल्बर्ट द्वितीय (Prince Albert II) ले चीनमा १० पटक भ्रमण गर्नुभयो । सन् २०१९ मार्च २३ मा उहाँले सिन्ह्वा समाचार संस्था (Xinhua News Agency) लाई भन्नुभयो, “सानो वा ठूला सबै देशहरू समान हुन्छन् भन्ने कुरोमा चीन दृढ छ । यसले मेरो मनलाई छोयो ।
सीआईआईएस (CIIS) का अनुसन्धानकर्ता रुअन चोङ्गजे (Ruan Zongze) ले भने, सीको मोनाको भ्रमणले चीनले साना वा ठूला नभनीकन के कसरी अन्तर्राष्ट्रिय सदस्यहरूलाई सम्मानजनक रूपले व्यवहार गर्छ भन्ने हो ।
चीन झन् झन् बलियो हुँदैछ, त्यो आक्रमक हँुदै जानेछ भने तापनि वास्तविकता अर्कै छ । उनले थपे, “चीनले सदैव अरु देशहरूसँग मित्रवत्, सहयोगी, आपसी हितको सम्बन्धलाई खोज्दै आएको छ ।
कूटनैतिक प्राथमिकता
सीले चीन–युरोप सम्बन्ध र विश्वकै सुशासन सहयोगमा चीन र फ्रान्सले पेरिसमा सन् २०१९ मार्च २१ को दिन सह आयोजक भई विश्वव्यापी शासन सञ्चालनलाई बलियो बनाउने आप्mनो इच्छालाई जोड दिनुभयो । त्यस दबुमा म्याक्रोँ, जर्मन चान्सलर अन्जेला मर्केल (Angela Markel) र युरोपेली आयोगका सभापति जिन–क्लाउड जुङ्कर (Jean– Claude Junker) उपस्थित थिए ।
दबुमा सीले मुख्य मन्तव्यमा विश्वव्यापी मामलाबारे चार अभाव ः शासन, विश्वास, शान्ति र विकास अभावबारे कुरा उठाउनुभयो । यी अभावलाई सम्बोधन गर्न उहाँले स्पष्टता र विवेकपूर्ण आपसी सल्लाह र समझदारीले चार बाधालाई हटाई संयुक्त प्रयत्न एवं आपसी सहयोग, आपसी हीत र जित–जित परिणामको प्रस्ताव राख्नुभयो ।
युरोपेली नेताहरू उहाँसँग सहमत हुनुभयो । म्याक्रोँले युरोपेली सङ्घ र चीन बीचको सञ्चार र सहकारीले बहुपक्षीयवादलाई संरक्षण गर्न अपरिहार्य भूमिका निभायो भन्नुभयो । म्याक्रोँले बहुपक्षीयवादलाई सरंक्षण गर्न र विश्व व्यापार सङ्गठन र बहुपक्ष्ीिय संस्थाहरूको सुधार सम्बन्धमा सूचनाहरूको तुलना गरेर विश्व व्यापार सङ्गठन र चीन मिलेर काम गर्नुपर्छ भन्नुभयो । जुङ्करले युरोपेली सङ्घ र चीन महत्वपूर्ण रणनीतिक सहयोगी साझेदारहरू हुन् र समान स्तरमा तिनीहरूले वार्तालाई जारी राख्नुपर्छ भन्नुभयो ।
नेपाली अनुवादः यहु प्रकाश
स्रोतः बेइजिङ रिभ्यु अप्रिल ४, २०१९

Leave a Reply

Your email address will not be published. Required fields are marked *