अफ्रिकी स्वतन्त्रता सेनानी क्वामे एन्क्रुमा – ३
- आश्विन ६, २०८३
हरि कार्की, औद्योगिक मजदुर
१३० औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्पूर्ण श्रमिकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । मे १ को ऐतिहासिक महत्र्व मजदुरलाई बुझाउन र नेपालको श्रम बजारमा देखा परेका मजदुरको समस्याको छलफल गर्न आज हामी भेला भएका छौँ । आइएलओ श्रमसन्धिअनुरूप एक जना श्रमिकलाई एउटामात्र काम गराउने उल्लेख भए पनि एक जना मजदुरलाई धेरै किसिमका काम गराउँदै आएको छ । श्रमिकलाई आधारभूत तालिम दिएरमात्र काम गराउँदा दुर्घटना कम हुनेछ । श्रमिकको स्वास्थ्यमा पनि असर हुँदैन ।
सरकारले तोकेको न्यूनत्तम तलब मासिक १३ हजार ४ सय ५० पनि २७.१२५ ठूला प्रतिष्ठानहरूले दिइरहेका छैनन् भन्ने समाचार छ । ठूला प्रतिष्ठानले त श्रम ऐन पालना गरिरहेको छैन भने सानाले के गर्ला ? श्रमिकहरू अस्वस्थ वातावरणमा पनि काम गर्न बाध्य छन्, न्यूनत्तम तलबभन्दा कम दिए पनि काम गर्न बाध्य छन् । श्रमिकको बीमा सुनिश्चित नहुँदा आकस्मिक दुर्घटनाको उपचारको प्रबन्ध हुनसकेको छैन ।
पुँजीवादी समाजमा हामीजस्ता श्रमिकहरूको हित हुँदैन । सरकारले बनाउने ऐन नियम पनि पुँजीपतिहरूकै हितमा हुन्छ । पुँजीपतिहरू नाफाका लागि ऐन कानुनलाई आप्mनो मुट्ठीमा बनाउन अनेक उपाय लगाउँछन् ।
सरकारले हालै सामाजिक सुरक्षा कोषको नाममा श्रमिकलाई पेन्सन दिन निकै तामझाम ग¥यो । तर, रोजगारदाताहरू त्यस कोषमा समाहित भएका छैनन् । कारण मजदुरहरूलाई दिनुपर्ने न्यूनत्तम पारिश्रमिक, उपदान, निवृत्तिभरण, बोनस र अन्य सुविधा रोजगारदाताले दिइरहेको छैन ।
रोजगारदाता कम्पनीको नाफाको लागि रातदिन काम गर्ने श्रमिकको बीचमा आज अनेक फाटो ल्याउने काम भइरहेको छ । अतः आजको दिन म सम्पूर्ण श्रमिकहरूलाई पुँजीवादको यस्ता घृणित कामको विरुद्ध आवाज बुलन्द गर्न अनुरोध गर्दछु ।
Leave a Reply