नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
विष्णुराम दुमरु, निर्माण मजदुर
डकर्मी पनि देशको विकास निर्माणमा लाग्ने मजदुर नै हो । तर, आप्mनो पेशा व्यवसाय गरी खान्छु भन्दा पनि काम नपाउने अवस्था भइरहेको छ । भारतसँगको खुला सिमाना र विदेशी कामदारहरूलाई वर्क परमिट लागू नहुँदा भारतबाट भित्रिने सस्तो श्रमशक्तिसँग प्रतिस्पर्धा गर्न बाध्य भइरहेका छौँ । एक जना डकर्मीको चार जना सानो परिवार छ भने पनि अहिलेको महँगीमा एकजनाले काम गरेर परिवार पाल्न मुश्किल भइरहेको छ । त्यसकारणले पनि नेपाल क्रान्तिकारी मजदुर सङ्घले विगतदेखि विदेशी कामदारहरूलाई वर्क परमिट लागू गर्नुपर्नेमा जोड दिँदै आइरहेको छ ।
आफूलाई कम्युनिष्ट भन्ने नेकपा एमाले र माओवादीको सरकारले देशका ७० लाख युवाहरू विदेश पठाइरहेको छ र बाँकी रहेका युवाहरूलाई पनि विदेश जान बाध्य पार्न खोजेको स्पष्ट छ । अहिले, हरेक दिन विदेशबाट दैनिक ४÷५ वटा लास बाकसमा प्याक भएर नेपाल भित्रिरहेको यथार्थ हो । सरकारले स्वदेशमै रोजगार दिन नसकेको कारण यस्तो भयावह स्थिति सृजना भएको देखिन्छ ।
कम्युनिष्ट पार्टीको सरकार आयो भने देशमा शान्ति सुरक्षा, अमनचयन र कामको ग्यारेन्टी हुन्छ र नयाँ नयाँ उद्योग–धन्दाको विकास हुन्छ भनी जनताले आशा गरेका हुन् तर यो सरकारले त्यस्तो केही पनि गरेको पाइएन र देखिंदैन । यसर्थ नेकपाको सरकार कम्युनिष्ट सरकार नभई पुँजीपतिहरूकै सञ्चालक समिति रहेको पुष्टि हुन्छ । यो सरकार काम गरी खाने जनताको सरकार होइन । यो सरकारले कामदार वर्गको हित नगर्ने निश्चित छ । पुँजीवादी व्यवस्थामा कामदार वर्गमाथि शोषण हुने भएकोले सम्पूर्ण कामदार वर्ग एकजुट भई समाजवादी व्यवस्था स्थापनार्थ लाग्नु जरुरी छ ।
Leave a Reply