नेपाल–भारत मैत्रीको एक उदाहरणः कोसी योजना
- कार्तिक १९, २०८३
भीमदत्तनगर, १९ वैशाख । कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटास्थित चौधर नदीको छेउमा ४८ वर्षीय धनीराम लुहार घर बनाउँदै गरेको अवस्थामा भेटिनुभयो । दस वर्ष हलिया बसेपछि विसं २०६५ मा मुक्त भएका धनीरामले बितेको एक दसकमा अरुको घरमा काम गरेर परिवारको जोहो गरेको अनुभव सुनाउनुभयो ।
“साहुबाट लिएको ऋण तिर्न नसक्दा बुबाले जीवन नै अरुको घरमा काम गरेर बिताउनुप¥यो”, धनीरामले भन्नुभयो ।
बागफाँटामा पुनःस्थापना कार्यक्रमअन्तर्गत हाल ३५ परिवारका लागि दुईकोठे घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भूमिसुधार कार्यालय कञ्चनपुरले मुक्त हलियालाई घर बनाउन प्रतिपरिवार रु. २५ हजार दिएको छ । तर, उक्त रकमले घर बनाउन अपुग भएको मुक्त हलियाको दुखेसो छ ।
जस्ता र छानाका लागि दातृ निकायले सहयोग नगरेको भए बासका लागि पनि समस्या हुन्थ्यो । लुहारले भन्नुभयो, “बसोबासको प्रबन्ध त जेनतेन भयो तर गाँसका लागि फेरि भौतारिनुपर्ने अवस्था छ ।” उहाँले मुक्तहलिया बस्तीमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जालजस्ता पूर्वाधार नहुँदा अझ समस्या बल्झिएको बताउनुभयो ।
गाँसका लागि हामीले फेरि अरुको काम ताक्नुको विकल्प छैन । उहाँले भन्नुभयो, “सरकारले मुक्त हलियाका लागि रोजगारी र सीपमूलक तालिम दिएमात्रै परनिर्भरता हट्न सक्छ ।”
सरकारले फेरि हलियालाई सहरी क्षेत्रको छेउछाउमा राख्नुको सट्टा नदीको छेउमा ल्याएर राखेको भन्दै उहाँले बाढीको समस्याबाट मुक्त गराउन माग गर्नुभयो । नौ धुर जग्गामा घर बनाएर परिवारलाई त ओत लगाउने ठाउँ हुँदैछ । लुहारले भन्नुभयो, “आयमूलक प्याकेज नदिएसम्म हलियाको अवस्था उस्तै रहने निश्चित छ ।”
त्यसैगरी स्थानीय वीरराम लुहारले पनि पुनःस्थापना गर्न राज्यले उचित सम्बोधन नगरेको गुनासो पोख्नुभयो । “थोरै जग्गा र अपुग रकम दिँदा घर पूरा नहोला भन्ने चिन्ताले आफै निर्माणमा लागेका छौँ” उहाँले भन्नुभयो ।
त्यसैगरी पुनःस्थापना बस्तीका १४ वर्षीया राधिका दमाइले बस्तीमा कुनै सुविधा नपाएको बताउनुभयो । “सडक सञ्जाल राम्रो नहुँदा दिनहँु खोला तरेर स्कूल जान्छु”, कक्षा ६ मा अध्ययनरत दमाइले भन्नुभयो ।
कञ्चनपुरमा रहेका २ हजार ५१६ मुक्तहलियामध्ये अहिले १ हजार ८१० परिवारको पुनःस्थापन भइरहेको छ भने ७०६ परिवारको पुनःस्थापना बाँकी रहेको राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले जनाएको छ । मुक्त हलियालाई चार वर्गमा वर्गीकरण गरिएको छ ।
Leave a Reply