कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
्भैरव रिसाल
चीनको राजधानी पेइचिङमा आयोजित बेल्ट एन्ड रोड इनिसियटिभको सम्मेलन शनिबार सम्पन्न भएको छ । यो परियोजनाका वास्तुकार (आर्किटेक्ट) चीनका राष्ट्रपति सी चिन फिङले आफूले अघिसारेको र चीनको अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजनामा सबैलाई सहभागी हुन आग्रह गर्नुभएको छ । वास्तवमा चीनको यो आयोजना अत्यन्त महत्वाकाङ्क्षी हो । यसमा सहभागी हुन विश्वका अरू नेताहरूलाई पनि सीले आग्रह गर्नुभएको छ । सो सम्मेलनमा युरोप, अफ्रिका, एसिया, ल्याटिन अमेरिकाका १४० भन्दा धेरै देशको सहभागिता रहेको थियो । साथसाथै २९ वटा अन्तर्राष्ट्रिय सङ्गठनका प्रतिनिधिहरूको पनि सहभागिता थियो । ३७ देशबाट त राष्ट्र प्रमुख वा सरकार प्रमुख नै उपस्थित थिए । तीन दिने सो सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले गत शनिबार पेइचिङमा यसमा बढीभन्दा बढी देशको सहभागिता चाहेको उल्लेख गर्नुभयो । साथै उहाँले विश्वका विभिन्न देश लाभान्वित हुनसकून् भन्ने चाहेको कुरा पनि स्पष्ट राख्नुभयो । चीनले साझा चासो र सबैको आर्थिक विकास यो आयोजनाबाट चाहेको कुरा स्पष्ट पार्नुभयो । यसमा धेरैभन्दा धेरै देश एवम् कम्पनीहरू पनि सहभागी होऊन् भन्ने इच्छा पनि आफूहरूको रहेको स्पष्ट गर्नुभयो । विश्वका कतिपय देशले चीनको यो आयोजना महत्वाकाङ्क्षी रहेको र चीनले संसारमा आफ्नो प्रभाव र व्यापार विस्तार गर्ने भित्री चाहना राखेको भनेर पनि आलोचना गर्ने गरेको पाइन्छ । केही वर्षदेखि यसलाई चीनले ठूलो महत्व पनि दिँदै आएको छ । सी राष्ट्रपति भएदेखि नै अरू आयोजनाभन्दा यसलाई बढी महत्व दिँदै अघि सारिएको छ ।
गुनासोमाथि सिन्ह्वा
सुरूदेखि नै यो बेल्ट एन्ड रोड परियोजनाको पारदर्शिताबारे अनेकन गुनासा नसुनिएको होइन । यी पूर्वाग्रही विचार हुन् र यिनको मुखमुखै लाग्नु पनि बुद्धिमानी होइन । अस्पष्ट वित्तीय सम्झौता, भ्रष्टाचार, सार्वजनिक खरिद नियमजस्ता आरोप पनि नलगाइएका हैनन् । तर, यो हिजोमात्र गठन गरिएको संस्था त होइन नि ? ६ वर्ष बितिसके । यी ६ वर्षमा वास्तवमा के भएको थियो । यसो बुझेर टिप्पणी गर्नु राम्रो हुन्थ्यो । कुरा नबुझी हतारमा पुगिएको निष्कर्ष गलत हुनसक्छ । सिन्ह्वाले पेइचिङबाट टीका गर्दै भनेको छ यो बेल्ट एन्ड रोड परियोजना कार्यान्वयन गर्दा चीनले विस्तृत परामर्श, संयुक्त योगदान तथा साझा हितका सिद्धान्तहरू पछ्याउने गरेको छ । चीनले यो सिद्धान्त सजगताका साथ पछ्याउँदै आएको छ भने नेपथ्यमा कुनै सम्झौता वा भ्रष्टाचारलाई थोरै पनि ठाउँ छोडेको छैन । बन्द कोठाभित्र गरिने त्यस्ता सम्झौता वा भ्रष्टाचारले परियोजनाको प्रभावकारिता एवम् निष्पक्षता फितलो बनाउँछ भन्ने यथार्थ चीनलाई राम्ररी थाहा नभएको होइन । सन् २०१८ को जुलाइमा यस परियोजनाअन्तर्गत कानुनी सहकार्य सम्मेलन पनि भएको थियो । सो अनुष्ठानमार्फत बीआरआई प्रक्रियामा बलियो एकताका लागि भ्रष्टाचारविरोधी सहकार्य सशक्त बनाउने कुरामा सहमतिसमेत भएको थियो । चीन र अन्य २७ राष्ट्रबीच बेल्ट एन्ड रोडको विकासका लागि वित्तीय व्यवस्थासम्बन्धी निर्देशक सिद्धान्तमा पनि सहमति भइसकेको थियो । त्यो सिद्धान्तले वित्तीय व्यवस्थाको पारदर्शितामा जोड दिएको छ । यो परियोजनालाई अघि बढाउन विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्र सङ्घीय औद्योगिक विकास सङ्गठनजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा जोड दिन बाँकी राखिएको छैन जसले अन्तर्राष्ट्रिय संस्थाहरूको बजारको नियम र अन्तर्राष्ट्रिय मान्यतालाई आधारभूत सिद्धान्त स्वीकार गरेको छ ।
हरित अवधारणा अन्तर्घुलन्
सो सम्मेलनको शनिबारको सत्रलाई सम्बोधन गर्दै सीले हामीले संसारमा खुला अर्थतन्त्रको विकास गर्नुपर्छ संरक्षणवादको विरोध गर्नुपर्छ भन्ने आफ्नो दृष्टिकोण स्पष्ट राख्नुभयो । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुट्रेजले चीनले प्रस्तुत गरेको बेल्ट एन्ड रोड परियोजना संसारकै लागि निकै महत्वपूर्ण अवसर भएको स्पष्ट पार्नुभयो । उक्त परियोजनाबारे महासचिवको निष्कर्ष थियो अन्तर्राष्ट्रिय सहकार्यका लागि ठूलो मात्राको लगानीले दिगो विकासका लक्ष्य हासिल गर्न निकै महत्वपूर्ण अवसर हुन्छ । उहाँले विकासमा हरित अवधारणा लागू गर्न पनि निकै बृहद् अवसर हुने विचार राख्नुभयो । यी माथिका भनाइ गुट्रेजको चीन जानुअघिको हो । विकासमा हरित अवधारणा कसरी अन्तरायण गराउने, प्रत्यारोपण गर्ने यो एउटा गम्भीरतम् समस्याको रूपमा उदीयमान छ । आज विश्व परिवेशमा दिगो विकास लक्ष्य र सन् २०३० को विकास एजेन्डाबारे कुरा गर्दा त्यति प्रगति गरिरहेका छैनौँ भनी आत्मआलोचना पनि गर्नुभयो । उहाँले गुनासो गर्नुभयो विकासका लागि हमीसँग मनग्य पैसा पनि छैन । दिगो विकासका लागि या दिगो विकासको लक्ष्य हासिल गर्न विकासशील देशहरूलाई मनग्य सहयोगको आवश्यकता छ । तीव्ररूपमा जलवायु परिवर्तन भइरहेको छ । पेरिसमा गरिएको वाचा पूरा गर्न सकिरहेको छैन भन्दै आत्मआलोचना गर्नुभयो र भन्नुभयो यस्तो अवस्थामा परिवर्तन गर्न राजनीतिक इच्छाशक्तिको आवश्यकता पर्छ । अहिले त्यसैको अभाव छ । अन्तर्राष्ट्रिय सहकार्यका निम्ति ठूलो मात्राको लगानी निकै उपयोगी हुन्थ्यो । विशेषगरी सन् २०३० को एजेन्डा लागू गर्ने दृष्टिकोणबाट भन्न पनि भुल्नुभएन । हरित अवधारणा कसरी अन्तर्घुलित हुनसक्छ ? विषय गम्भीर छ ।
दिगो विकासको लागि मनग्य पैसा
बेल्ट एन्ड रोड परियोजनाबारे अरू ज–जसले जे–जे टिप्पणी गरे पनि गुट्रेजले भन्नुभयो यो परियोजनाले सम्बद्ध देशको अर्थतन्त्र र समाजमा गहिरो प्रभाव पारेको प्रसङ्ग उठाउँदै यसले यो परियोजनामा आबद्ध देशहरूको विकासमा योगदान गरिरहेको छ । आज वायु परिवर्तनले नकारात्मक प्रभाव परिरहेको कुरा कोट्याउँदै यो अवस्था उल्ट्याउन बेल्ट एन्ड रोड परियोजना ज्यादै महत्वपूर्ण हतियार हो भन्नुभयो । दिगो विकासका लागि नवीकरणीय ऊर्जा र पूर्वाधारमा ठूलो लगानीको जरूरी देख्नुहुन्छ महासचिव गुट्रेज । चीनले विगत ७० वर्षमा गरेको विकासको सन्दर्भ उठाउँदै उहाँले यो अवधिमा एउटा गरिब देशबाट संसारकै दोस्रो ठूलो अर्थतन्त्रको अवस्थामा फड्को मारेकोमा चीनको प्रशंसा गर्न बाँकी राख्नुभएन । गुट्रेजको प्रतिक्रिया थियो सम्भवतः यो संसारकै विशिष्ट उदाहरण हो । सिन्ह्वा टिप्पणी गर्छ सफा सुशासन नै बेल्ट एन्ड रोड परियोजनाको नैतिक सिद्धान्त हो । कुनै पनि रातो सावधानीको रेखा – लक्ष्मणरेखा – नाघ्नु हुन्न । वास्तवमा चीनले यो बीआरआई प्रक्रियामा एकता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तो परिस्थितिमा यसको सही तरिकाले सञ्चालन हुने र यसका सहभागीहरूले व्यापक अवसर पाउने निश्चित छ । पूर्वाग्रही भावना राख्नेहरू भने साँच्चै यो अवसरबाट वञ्चित हुनेछन् भन्छ सिन्ह्वा । राष्ट्रपति सी चिन फिङले सन् १९१४ देखि नै गरिबी निवारण कार्यक्रम थाल्नुभएको हो । उहाँका सामुन्ने गरिबी निवारण, जोखिम निवारण र प्रदूषण नियन्त्रण तीन वटा मुद्दा चुनौतीको रूपमा खडा थिए । २०२० सम्म ‘सामान्य समृद्ध समाज’ बनाउने दृढता देखाएका थिए । सीले सन् २०१९ मा ग्रामीण क्षेत्रबाट एक करोड जनतालाई गरिबीबाट बाहिर ल्याउने कार्यक्रम दिनुभएको छ । साथै यो एउटा इतिहासकै ठूलो फड्को हुनेछ पूरा भयो भने ।
बिनाअपराध सजाय भोग्दै
नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, रूसका राष्ट्रपति भ्लादिमिर पुटिन, इटालीका राष्ट्रपति गुसेप कान्ट, पाकिस्तानी राष्ट्रपति इमरान खानलगायतको सहभागिता रहेको सो सत्रमा खुला दिलले कुरा राख्नुभएको थियो । सकेसम्म सबैलाई समेट्ने प्रयत्न थियो त्यो । हाम्री राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको र पृथ्वीले धान्न नसक्ने गरी बढिरहेको कठोर सत्य प्रस्तुत गरेर नेपाली जनताको वकालत गर्नुभयो । उहाँले उत्पादन, उपभोगको प्रवृत्तिले वातावरणीय विनाशलाई तीव्रता दिइरहेको, नगण्यमात्रामा कार्बन उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले दुर्भाग्यवस जलवायु परिवर्तनको अन्यायपूर्ण मार व्यहोर्दै आएको वस्तुसत्य प्रस्तुत गर्दै भन्नुभयो – “जसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेका छन् ।” अबको बाटो भनेको हरित अर्थतन्त्रको विकास भएको कुरा उल्लेख गर्दै वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलको पुनरावलोकन गर्ने बेला आएको निष्कर्ष प्रस्तुत गर्नुभयो । अनुसन्धानले देखाएका तथ्य प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवीले भन्नुभयो – “यो पृथ्वीको जलवायु अनुकूलता जोगाई राख्न नसके सन्ततिको भविष्य अन्योल मात्र होइन गम्भीर खतरामा जानेछ ।” नेपाल अग्ला हिमालको देश हो भन्दै ती चुचुरा गर्मीमा शितलता र जाडोमा न्यानोपनका स्रोत हुन् भन्दै उहाँले भन्नुभयो, “हिमशृङ्खला मानव जगतको साझा सम्पत्ति हुन् ।” नेपालमा जलविद्युत्को माध्यमबाट स्वच्छ ऊर्जा विकासको प्रचुर सम्भावना भएबाट छिमेकीको समेत हरित विकासमा ठूलो सहयोग पुग्नसक्ने तथ्य प्रस्तुत गरेर यस्ता प्रयासबाट भूपरिवेष्ठित नेपालको कनेक्टिभीटी विस्तार र विश्व बजारमा पुग्न सहयोग पुग्ने र यसबाट नेपालको आर्थिक रूपान्तरणमा ठूलो टेवा पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।
नेपाल प्रतिक्षामा छ कार्यान्वयनको
चीनका राष्ट्रपति सी चिन फिङले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सदैव साथ दिने वचन दिँदै भन्नुभएछ – “चीनलाई सम्झनु होला, यो विकासको सहयात्रामा साथ दिन चीन तयार छ ।” उक्त कुरा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपतिका तर्फबाट जानकारी दिएका हुन् । पेइचिङस्थित नेपाली राजदूतावासमा राजदूत लीलामणि पौडेलले राष्ट्रपति भण्डारीको सम्मानमा आयोजित रात्रीभोजका बेला उक्त कुरा स्पष्ट पारेका हुन् । त्यहाँ भइरहेको बेल्ट एन्ड रोड इनिसिएटिभको दोस्रो सम्मेलनको अन्तिम दिन राउन्ड टेबुल बैठकमा नेपालका राष्ट्रपति भण्डारीले सम्बोधन गरेपछि त्यसको प्रतिक्रियामा चीनका राष्ट्रपति सीले उक्त धारणा व्यक्त गरेको मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् । विद्यादेवीको सम्बोधनलाई लक्षित गर्दै राष्ट्रपति सीले हिमालय क्षेत्रको महत्व धेरै ठूलो रहेको तर जलवायु परिवर्तनका प्रतिकूल असरले पार्ने प्रभावप्रति चिन्ता व्यक्त गर्नुभएछ । चीनले आपसी सहकार्यमार्फत जलवायु परिवर्तनका नकारात्मक प्रभावहरू न्यूनीकरण गर्न चाहेको पनि राष्ट्रपति सीले सुनाउनुभयो रे । चिनियाँ राष्ट्रपतिले हिमालयपार बहुआयामिक कनेक्टिभीटी नेटवर्कको रूपरेखामा रहेर नेपालको विकास प्रयासमा साथ दिने प्रतिबद्धता पनि जनाउनुभयो रे । सीले यस सहयोगबाट नेपाल भूपरिवेष्ठित अवस्थाबाट मुक्त भएर भूसम्पर्कित अवस्थामा रूपान्तरण हुनसक्ने अपेक्षा गर्नुभएछ । वास्तवमा नेपाल चीनको आर्थिक विकासबाट लाभान्वित हुन चाहन्छ । नेपाल–चीन रेलमार्ग निर्माणलाई सङ्केत गर्दै मन्त्री ज्ञवालीले त्यसका लागि कनेक्टीभीटी सर्वाधिक महत्वपूर्ण छ भन्नेमा नेपाल–चीन दुवै राष्ट्र सहमत छौँ पनि भनेछन् । नेपाल चीन द्विपक्षीय वार्ता हुन बाँकी नै छ । सो वार्तामा यी माथिका कुरा प्रतिबिम्बित भई सहमतिमा हस्ताक्षरको र त्यसपछि कार्यान्वयनको तीव्र प्रतिक्षामा छ नेपाल ।
प्रवेश गर्न अब किन विलम्ब ?
राष्ट्रपति विद्यादेवीको यो भ्रमणलाई अत्यन्त सार्थक र फलदायी बनाउन प्रयत्नहरू भइरहका देखिन्छन् । चीनको पेइचिङमा सम्पन्न बेल्ट एन्ड रोड फोरमले यथार्थमै लगानीका लागि थप अवसरको ढोका खोलेकोले यसबाट लाभ लिन उद्यमी तथा व्यवसायीहरूलाई आह्वान पनि गरेर नेपालको भावना मुखरित पार्न सफल भएको टिप्पणी हो मेरो । अन्य सहयोगका साथै नेपालले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल पार्न चीनबाट पर्यटकहरू गुणात्मकरूपमा बढोस् भन्ने नेपालको चाहना पनि सार्वजनिक भयो । अस्ति पेइचिङमै नेपाल र चीनबीच तीन वटा सम्झौतामा हस्ताक्षर पनि भयो । सरकार–सरकारबीच के–के र कस्ता–कस्ता विषयमा सम्झौता समझदारी हुन्छन् ती त बाँकी नै छन् । अस्ति भएका सम्झौता तीभन्दा बाहिरका हुन् भन्ने लाग्छ । नेपाल चीनसँग रेल्वेको माध्यमबाट पनि जोडिन चाहन्छ । यसका लागि चीन सरकार अघि सर्नैपर्छ । चीनसँग रेल्वे सेवाका धेरै प्रकारका अनुभव छन् । छिटो कुद्ने रेल सेवामा त चीनले संसारमै नाम कमाएको श्रेय लिएको छ । सम्मेलनमा सहभागीहरूले ३८ बुँदे संयुक्त वक्तव्य जारी गर्दै बेल्ट एन्ड रोड मञ्चले ‘बेल्ट एन्ड रोड सहकार्य ः उज्यालो भविष्यको आकार’ भन्ने नारा तय गर्दै समापन भएको छ । यो मञ्चले आफूले तय गरेको सङ्कल्पलाई मात्र कार्यान्वयन गर्ने सिमामा नबाँधिई संयुक्त राष्ट्र सङ्घको दीगो विकासम्बन्धी २०३० योजनामा पुनः प्रतिबद्धता व्यक्त गरेर संयुक्त राष्ट्र सङ्घीय बडापत्र र अन्तर्राष्ट्रिय कानुनलाई पनि आफ्नो जिम्मेवारी मान्ने घोषणा गरेर ठूलो र फराकिलो छाती देखाएको छ । यो मञ्चमा प्रवेश गरिनसकेका मुलुकहरू र अन्तर्राष्ट्रिय संस्थाहरूलाई पनि यस फोरममा पस्न अब केले छेक्यो र ? भन्ने जिज्ञासा हो मेरो । विलम्ब नगरौँ, प्रवेश गरौँ ।
यो योग्यताको पनि प्रश्न
माथि जे जति उल्लेख गरे पनि वर्तमान चीनका राष्ट्राध्यक्ष सी चिन फिङको नेपाल भ्रमण सर्वोच्च चासो भएको छ । चीनसँगको द्विपक्षीय सम्बन्धमा खासै गुनासो छैन । तथापि चीनबाट उच्चस्तरीय भ्रमण नभएको धेरै भयो । अर्कोतिर अर्को छिमेकी राष्ट्रका कार्यकारिणी प्रमुखले एउटा आफ्नो कार्यकालमा तीन–तीनपल्ट नेपालको यात्रा गरिसके । अर्को मित्र छिमेकी राष्ट्रका कार्यकारिणी प्रमुखले नेपाल भ्रमण नगरेको लामो समय भयो । हामी नेपालीलाई त खल्लो लाग्यो लाग्यो अरू देख्नेलाई पनि खल्लो लाग्नु अस्वाभाविक भएन । चीनका प्रधानमन्त्री किन भ्रमण गर्दैनन् नेपालको ? चीनका राष्ट्रपति किन भ्रमण गर्दैनन् नेपालको भन्ने जबर्जस्त जिज्ञासा हुनेरहेछ । दुई मुलुकबीच उत्तम सम्बन्ध छ समझदारी छ तर पनि चिनियाँ राष्ट्रपति किन नेपाल यात्रा गर्दैनन् भन्ने प्रश्न नपत्याएका मान्छेले पनि गर्न लागे ¤ दुई राष्ट्रबीच अत्यन्त राम्रो र मैत्रीपूर्ण सम्बन्ध छ, व्यवहार छ । तर चीनका तर्फबाट राष्ट्रपति, प्रधानमन्त्रीको नेपाल भ्रमण नभएको कति वर्ष भयो औँला भाँचेर गन्न थालेका छन् । यस्ता भ्रमण नहुनुमा राजनीतिक कारण पटक्कै नहुन सक्छ । परन्तु व्याख्या विश्लेषण गर्नेहरूले अनेक अर्थ लाउन थालेका छन् । अब यो भ्रमणको प्रश्न एउटा गम्भीर मनोवैज्ञानिक प्रश्न भइरहेको छ । तसर्थ राष्ट्रपति विद्यादेवी महोदया समकक्षी चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई सर्वोच्च प्राथमिकता दिनुहोस् । यो नै तपाईँको चीनको प्रथम राजकीय भ्रमणको आकर्षक उपहार हुनेछ । यो आम नेपाली जनताको मनोविज्ञान हो । परराष्ट्रमन्त्री ज्ञवाली राजदूत लीलामणि सबै जना यो सी भ्रमणलाई जोड दिनुहोस् । यो तपाईँको योग्यताको पनि प्रश्न भएको छ ।
Leave a Reply