संविधान जारी भएको ११ वर्ष, संविधान संशोधनको प्रश्न किसान र मजदुरको हकलाई मौलिक हकमा राखिनुपर्ने
- आश्विन ५, २०८३
देशमा काम दिन नसक्दा विदेशमा ६० लाखभन्दा बढी युवाहरू काममा छन् । तर, ‘देशभर नौ लाख बेरोजगार’ – १०.३ प्रतिशत पुरुष र महिला १३.१ प्रतिशत । (१४ वैशाख २०७६ – अर्थबजार, गोरखापत्र)
‘सरकारी लक्ष्य हासिल हुन सकेन’, ‘शिक्षामन्त्रीको मार्गचित्र अलपत्र’, ‘राष्ट्रसेवकको सन्तान सरकारी विद्यालयमा पढाउनैपर्ने कार्ययोजना कागजमै सीमित’ (राजधानी–१४ वैशाख २०७६)
‘कटेज भन्दै कङ्क्रिट टावर’ चन्द्रागिरी हिल्स लिमिटेडद्वारा ईआईए स्वीकृतिविपरीत एकै ठाउँमा ८ भन्दा बढी कङ्क्रिट भवन बनाइएको छ,’ (कान्तिपुर, १५ वैशाख २०७६)
‘बालुवाटार जग्गा प्रकरण, अख्तियारका चार पूर्वपदाधिकारीको मिलेमतो’ ‘जसले कब्जा गर्न सक्यो उसैको जग्गा’ (कान्तिपुर, १४ वैशाख २०७६)
प्रदेश नं. २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले २३ वटा योजना दाजु श्यामनन्दन यादवलाई सुम्पेका छन् । शीर्षक छ – ‘दाजुलाई मन्त्रीका २३ योजना ।’ (कान्तिपुर, १४ वैशाख २०७६)
‘खुलामञ्च अतिक्रमण’, ‘सम्झौता किर्ते’ । कपिलवस्तुको वाणगंगा नगरपालिका – ८ (साबिक मोतिपुर गाविस) मा पर्ने वाणगंगा नदीको ६२ बिघा व्यक्तिको नाममा दर्ता भएको छ, शीर्षक छ –‘नदी क्षेत्रको ६२ बिघा हत्याउन अदालतमा मुद्दा ।’
‘धर्म प्रचारको बिगबिगी बढ्दो ।’
पेइचिङमा राष्ट्रपतिको सम्बोधन, नेपाली भाषामा चिनियाँ लय’ (नागरिक, शनिबार, १४ वैशाख २०७६)
‘रोपवेको करोडौँका सामान अलपत्र’ ‘हेटौँडा–काठमाडौँमा सञ्चालन भएको रोपवे’ बारे (अन्नपूर्ण, १४ वैशाख २०७६)
‘… प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले सम्पूर्ण खर्च दिएर १४ वर्षीया बालिकालाई तडकभडकका साथ विवाह गराउनुभएको छ ।’ बाल विवाह अपराध हो । शीर्षक छ –‘कानुनी राज्यको धज्जी उडाउँदै राज्यमन्त्री’– लहानको समाचार ।
म्याग्दीको समाचार शीर्षक छ– ‘नगरपालिका र गाउँपालिकामा भ्रष्टाचार बढ्यो ।’ (समाचारपत्र–१४ वैशाख २०७६)
तर, आश्चर्य छ, खुलामञ्चमै मानिसहरूले सटर बनाएर जात्रा देखाउँदा पनि ‘महानगरपालिका’ मौन बसेको थियो ¤ तर, समाचार आयो, ‘जनताको हो – हल्लापछि खुलामञ्चका सटरमा डोजर, प्रधानमन्त्री ओलीको निर्देशनपछि क्षणभरमै भत्काइयो ।’
अर्काे समाचार थियो –‘ललिता निवास जग्गा कब्जा प्रकरण, साढे ४ सय कित्ता कटान ।’ (राजधानी, १५ वैशाख, २०७६)
झापाली आन्दोलन अर्थात् भारतीय नक्सलवादी आन्दोलनको सिलसिलाको रूपमा व्यक्ति हत्याको राजनीति नेपालको पूर्वी जिल्लामा स¥यो । झापाली आन्दोलन रुसको नरोदवादी आन्दोलनकै देखासिकी वा राजनैतिक आक्रोशको एक चस्का थियो । मनमोहन अधिकारीले त्यस आन्दोलनलाई अमेरिकी केन्द्रीय गुप्तचर विभाग सी.आई.ए.को काम भनी निन्दा गरेका थिए । त्यस निन्दाको विरोधमा झापा आन्दोलनका नेता वर्तमान प्रधानमन्त्री ओली थिए र मनमोहन अधिकारीलाई ‘ज्यान सजाय’ को घोषणा गरिएको थियो । तत्कालीन पञ्चायती सरकारले मनमोहन अधिकारीलाई सुरक्षाको लागि जेलमा राखेको थियो । तर, प्रम ओलीको भनाइ ‘मनमोहनको सपना सरकारले पूरा गर्ने’ शीर्षकले बतायो । (गोरखापत्र–१४ वैशाख २०७६) यसलाई समयको शिक्षा भन्नु उपयुक्त होला ।
२०७६ वैशाख १६
Leave a Reply