चिनियाँ क्रान्तिकारी साहित्यकार लु सुन
- आश्विन ८, २०८३
–सुरज सिंह
तराईका कथित मधेशवादी भनिने सामन्ती नेताहरूको एउटा सदाबहार मुद्दा छ – लाखौं मधेशीले नागरिकता पाएका छैनन् । तराईमा अपवाद दुईचार जनालाई छोड्ने हो भने उमेर पुगेका कोही पनि मानिस नागरिकताविहीन छैनन् । केही जग्गाजमिन नभएका र घुमन्ते स्वभावका चिडियामार र मुसहरजस्ता जातिका पिछडिएका मानिसहरूले नागरिकता प्राप्त गर्न नसकिरहेको साँचो हो । सोमबार सङ्घीय संसदको छलफलमा भाग लिंदै राजपाका नेता महन्त ठाकुरले ‘मधेसी जनताले नागरिकता लिन जाँदा भारतीयले लिए भनेर प्रचार गरिएको’ भन्दै आक्रोश पोखे ।
सामन्ती मानसिकता भएका पहाडिया नेपालीहरूले तराईका नेपालीहरूलाई केही विभेदपूर्ण व्यवहार गरेको कुरा सत्य होला तर राज्यले नै मधेसी र गैरमधेसीलाई फरक फरक कानुनले शासन गरिएको आरोप सही होइन । तराईवासी वा मधेशीहरूलाई नागरिकता लिने बेलामा केहीबेर सोधपुछ गर्ने अवस्था बन्नुमा यहाँकै अपराधी मानिसहरू र मधेशी नेताहरू नै जिम्मेवार छन् । यहाँका कतिपय मानिसले पैसा लिएर भारतीयलाई छोरा, भतिजा बनाएर नागरिकता दिलाएका कयौं घटना छन् । तीमध्ये कतिपय घटनाको पोल खुलेका छन् भने अधिकांश घटना लुकाइएका छन् । जन्मका आधारमा नागरिकता लिएकाहरू, बसोबासका आधारमा अङ्गीकृत नागरिकता लिएकाहरू तराईका मधेशी जस्तो देखिने भारतीय नै हुन् । भारतीयलाई भारतीय भन्दैमा रिसाउनुको कुनै तुक छैन । आफ्नो जनाधार र मत बढाउने लोभमा भारतीयलाई तराईवासी देख्ने र भारतीयलाई तराईवासी बनाउने मधेशी नेताहरूको इच्छा तराईवासीकै लागि खतरनाक छ । बढी शैक्षिक योग्यता भएका र पुँजी भएका भारतीयहरू नेपाली बनी हरेक क्षेत्रमा हाम्रा अवसरहरू खोसिरहेका छन् । भोलि सांसद, मन्त्री, मुख्यमन्त्रीमात्र होइन प्रधानमन्त्री र राष्ट्रपति पनि उनीहरू नै आउने सम्भावनालाई नकार्न सकिन्न ।
Leave a Reply