भर्खरै :

नाइजेरियामा बन्दुकधारी समूहको आक्रमणमा सत्रको मृत्यु : प्रहरी

कानो (नाइजेरिया), ८ चैत । नाइजेरियाको मध्यमागमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ ।
पछिल्लो आक्रमण नाइजेरियामा पटकपटक दोहोरिने गरेको चौपाया चरणका अधिकारका विषयलाई लिएर भएको बताइएको छ ।
नाइजेरियाको वेनु राज्यमा सोमबार भएको आक्रमणमा बन्दुकधारी मोटरसाइकल र कारमा आई स्थानीय एक बजारमा अन्धाधुन्ध गोली चलाएका थिए भने स्थानीय केही घरहरूमा आगो लगाइदिएको प्रहरी प्रवक्ता मोजेज यमुले बताउनुभयो ।
घटनामा ११ जना घाइते भएका थिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय उक्त घटनामा ३०–५० जनासम्मको मृत्यु भएको जनाएका छन् ।
नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले मङ्गलबार एक विज्ञप्ति जारी गरी घटनाप्रति खेद व्यक्त गर्दै मृतक आत्माको चिरशान्तिको कामना गर्नुभएको छ । उहाँले उक्त घटनाको कडा शब्दमा निन्दा गर्नुभएको छ । रासस÷एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *