भर्खरै :

एनसेलको विवाद पूर्ण इजलासमा

काठमाडौँ, २४ वैशाख (रासस) : सर्वोच्च अदालतले दूरसञ्चार प्रदायक कम्पनी एनसेलको पूँजीगत लाभकरसम्बन्धी विवाद पूर्ण इजलाससमक्ष पेश गर्न आदेश दिएको छ । आज न्यायाधीशद्वय सपना मल्ल प्रधान र प्रकाशकुमार ढुङ्गेलको सयुक्त इजलासले आगामी जेठ २१ गते विवाद समाधानका गर्न पूर्ण सुनवाइका लागि पूर्ण इजलासमा पेश गर्ने अल्पकालीन आदेश दिएको सर्वोच्चका सहायक प्रवक्ता नगेन्द्रप्रसाद कालाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि यही वैशाख १२ गते अन्तरकालीन आदेशलाई निरन्तरता दिँदै वस्तुको गम्भीरतालाई मध्यनगर गर्दै पूर्ण इजलासमा जेठ २१ गते विवादलाई पेश गर्न आदेश दिएको हो । “निवेदकले निवेदनमा उठाएका कर निर्धारणको विविध प्रश्न र कार्यान्वयनका क्षेत्रमा देखा परेका विभिन्न पहलमा निवेदनको पूर्ण सुनवाइ हुँदाका बखतमा विचार हुने नै हुँदा लिखित जवाफ प्राप्त नभएको प्रारम्भिक अवस्थामै त्यसतर्फ केही बोलिरहनुपरेन”, आदेशमा भनिएको छ, “यस अदालतको बृहत्पूर्ण इजलासबाट अभिव्यक्त भएको तथ्य र विवादलाई निर्धारण गर्नेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *