अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २४ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को १५ औँ स्थापना दिवसको उपलक्ष्यमा सहकारी नियमावली २०७५ को अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सहकारी अभियानसँग लामो छलफल गरी नियमावली जारी भएकोले नियमावली सहकारीमैत्री रहेको जिकिर गर्दै नियमावलीअनुसार गर्नुपर्ने काम धेरै बाँकी रहेको बताउनुभयो । दक्ष जनशक्ति, स्रोत साधन र बजेटको अभाव झेलिरहेको अवस्था आँैल्याउँदै उहाँले सङ्घहरूलाई बलियो बनाउन छाता सङ्गठन ऐन आवश्यक रहेको बताउनुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका अध्यक्ष डी.बी. बस्नेतले सहकारी ऐन धेरै फराकिलो भइसकेको बताउँदै बचत तथा ऋणको छुट्टै ऐन आवश्यक रहेको बताउनुभयो । नेफ्स्कूनका पूर्वअध्यक्ष कैलाशभक्त प्रधानाङ्गले सहकारी प्रजातन्त्रको पहिलो पाठशाला रहेको बताउँदै सहकारी अभियान र सहकारी बैङ्क फरक रहेको बताउनुभयो ।
सङ्घका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सङ्घको स्थापनाको स्मरण गर्दै गैरसमुदायमा आधारित सहकारी संस्थालाई निरुत्साहित पारी समुदायमा आधारित सहकारी संस्था विकास र प्रवद्र्धन गर्न सङ्घको स्थापना भएको विचार व्यक्त गर्नुभयो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका सचिव जगनाथ प्रजापति, सचिव कान्छाभक्त घजूलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा ६२ औँ राष्ट्रिय सहकारी दिवसमा सम्पन्न प्रभातफेरी कार्यक्रममा ९ वटा उत्कृष्ट सहभागी संस्थाहरू श्रमिक बचत तथा ऋण सहकारी संस्था लि., बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लि., भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., जनता बचत तथा ऋण सहकारी संस्था लि., इन्द्रायणी बचत तथा ऋण सहकारी संस्था लि., पाँचो गणेश बचत तथा ऋण सहकारी संस्था लि., सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. र कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि.लाई पुरस्कृत गरियो ।
Leave a Reply