प्रजग कोरियाली शिक्षकहरूको १५ औँ राष्ट्रिय सम्मेलनमा छोटो पाठ्यक्रमको अभिमुखीकरण
- भाद्र १९, २०८३
विश्लेषक नोम चोमस्की र कलाकार ड्यानी ग्लोभर
अर्जेन्टिनामा माक्री सरकारको शासनकालमा गरिबी दर निकै उकालो लागेको छ । त्यही कारण गएको सेप्टेम्बर महिनामा उनले तीन जनामध्ये एक जना अर्जेन्टिनाका मानिस गरिब रहेको स्वीकार्न बाध्य भए ।
संरा अमेरिकी भाषाशास्त्री तथा अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषक नोम चोमस्की र कलाकार ड्यानी ग्लोभरलगायत एक सयभन्दा बढी प्राज्ञिक व्यक्तित्व, कलाकार र अभियन्ताहरुले अर्जेन्टिनाका राष्ट्रपति माउरिसिओ माक्रीको ‘नवउदार नीति’ र उनी तथा उनको सरकारलाई प्रभावित बनाएको भ्रष्टाचार काण्डहरुको विरोधमा एकगठ भएका छन् ।
‘माक्री शासनसत्तामा आएको भर्खर १५ महिना मात्र भयो । तर उनको सरकारको शुरुवातबाट आजसम्म आइपुग्दा त्यहाँ १५ लाख गरिबहरु बढिसके ।,’पत्रमा भनिएको छ,‘सार्वजनिक तथा निजी क्षेत्रबाट उनले हजारौं जनताको रोजगारी खाइदिए, मुद्राको मूल्य घटाए र मजदुरहरुलाई मजदुरअधिकारबाट वञ्चित बनाए ।’
‘माक्रीको कुशासनः अजेन्टिनासँग विश्व’ शीर्षकको एउटा पत्रमा इटालीका दार्शनिक दोमिनिको लोसुर्दो, ब्राजिलका समाजशास्त्री इमिर सादर, अर्जेन्टिनाका राजनीतिक विश्लेषक अतिलियो बोरोन, बेलायती दार्शनिक इस्ताभान मेस्जारोस र कोलोम्बियाका अभियन्ता एवं पूर्व सांसद पेयदिद कोरदोबा आदिले पनि हस्ताक्षर गरेका छन् ।
‘माक्री शासनसत्तामा आएको भर्खर १५ महिना मात्र भयो । तर उनको सरकारको शुरुवातबाट आजसम्म आइपुग्दा त्यहाँ १५ लाख गरिबहरु बढिसके ।,’पत्रमा भनिएको छ,‘सार्वजनिक तथा निजी क्षेत्रबाट उनले हजारौं जनताको रोजगारी खाइदिए, मुद्राको मूल्य घटाए र मजदुरहरुलाई मजदुरअधिकारबाट वञ्चित बनाए ।’
अर्जेन्टिनामा माक्री सरकारको शासनकालमा गरिबी दर निकै उकालो लागेको छ । त्यही कारण गएको सेप्टेम्बर महिनामा उनले तीन जनामध्ये एक जना अर्जेन्टिनाका मानिस गरिब रहेको स्वीकार्न बाध्य भए । तर माक्रीको चुनावी नारा भने ‘शुन्य गरिबी’ भन्ने थियो । यो आफैमा विरोधाभासपूर्ण छ ।
माक्री सरकारले अंगालेको नवउदार आर्थिक सुधारले अर्जेन्टिनामा दैनिक उपभोग्य बस्तु तथा सेवाको मूल्य आकाशिंदो छ । माक्री सरकारले काम गर्न थाल्नु दुई महिनाअघि सन् २०१५ को अक्टोबरमा अर्जेन्टिनाको मुद्रास्फीति दर त्यहाँको तथ्याङ्क विभागअनुसार १४.३ प्रतिशत थियो । तर सन् २०१६ अप्रिलसम्ममा त्यो अंक ४०.६ पुगेको थियो ।
पत्रमा हस्ताक्षरकर्ताहरुले पानामा पेपर्स, ओदिब्रेख्त काण्ड, अभिन्का एयरलाइन्स, अर्जेन्टिना मेल कम्पनी कोरियो अर्जेन्टिनालगायतका भ्रष्टाचार काण्डमा राष्ट्रपति माक्री स्वंयको संलग्नताको पनि आलोचना गरेका छन् ।
साथै आदिबासी नेता मिलाग्रो सालाको गैरकानुनी कैदको पनि भत्र्सना गरेका छन् । ‘न्याय प्रणाली र मिडियाको हमलामा परेका’ पूर्वराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डि क्रिच्नरप्रति पनि विश्व व्यक्तित्वहरुले ऐक्यबद्धता व्यक्त गरेका छन् । अर्जेन्टिनामा न्यायपालिका र मिडियाको हमलाका कारण प्रजातन्त्र दिनानुदिन कमजोर बन्दै गएको विश्लेषण व्यापक छ ।
Leave a Reply