अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
काठमाडौँ, २६ वैशाख । सत्तासीन नेकपाका एक जना अध्यक्ष पुष्पकमल दाहालले बिहीबार पञ्चेबाजा बजाएर पत्नी सीता दाहालसँग ‘पुनः विवाह’ गर्नुभएको छ । लामो समयदेखि अस्वस्थ्य रहनुभएकी पत्नीको स्वास्थ्य सुधारको अपेक्षासहित दाहालले ‘पुनः विवाह’ गरेको बताइएको छ । दाहालका जन्ती हुनुहुन्थ्यो – उपराष्ट्रपति, सभामुख, मन्त्रीदेखि सत्तासीन दलका धेरै नेताहरू । विशेषतः पुत्रवियोगपछि दाहाल पत्नीको स्वास्थ्य अवस्था दिनानुदिन खस्कँदै गएको बताइएको छ । राजनीतिक मतभिन्नताका आफ्नै सीमा भए पनि सीता दाहालको अस्वस्थता र त्यसले दाहाल परिवारमा पु¥याएको चिन्ताप्रति सद्भाव राख्ने मानिस धेरै छन् । तर, दाहाल एक साधारण व्यक्ति हुनुहुन्न । दाहाल परिवार राजनीतिक परिवार हो । त्यसकारण उहाँ र उहाँको परिवारले गर्ने प्रत्येक गतिविधिको आफ्नै प्रभाव र अर्थ हुने गर्दछ । दाहालले बिहीबार गरेको ‘पुनःविवाह’ले स्वाभाविक रुपमा केही गम्भीर प्रश्न उठेका छन् ।
िदाहाल पत्नीको लामो समयदेखि स्वास्थ्योपचार भइरहेको छ । पत्नीकै उपचारको लागि दाहाल पत्नीसहित कहिले सिङ्गापुर, कहिले संरा अमेरिका गइरहनुभएको छ । सीताको अवस्थाले धेरैलाई व्यक्तिगत रुपमा पनि मर्माहत बनाएको छ । तर, सीतालाई कुन त्यस्तो रोगले च्यापेको छ, जुन रोगको उपचार ‘पुनः विवाह’ हो ? सिङ्गापुर, अमेरिका गएर निको नहुने तर ‘पुनः विवाह’ भएपछि उपचार हुने रोग के होला ? उहाँहरूको ‘पुनः विवाह’मात्र गरिएको हो, छुट्टिएर पुनर्मिलन भएको पनि होइन ।
दिाहाल एक सर्वसाधारण व्यक्ति भए बिहीबारको घटना उहाँको व्यक्तिगत विश्वाससम्म मात्र सीमित हुन सक्छ । तर, दाहाल अहिले पनि शब्दमै सही द्वन्द्वात्मक भौतिकवादी दर्शनमा आधारित राजनीतिक पार्टीका नेता हुनुहुन्छ । ‘पुनः विवाह’ले रोग उपचार गर्ने कुरा अन्धविश्वास हो । संसारमा आजसम्म कुनै पनि रोगको उपचार ‘पुनःविवाह’ बाट भएको छैन । द्वन्द्वात्मक भौतिकवादी दर्शनले अन्धविश्वासलाई मान्दैन । अझ कुनै व्यक्ति वा समूहको विश्वासभित्र वैज्ञानिक चिन्तनको परीक्षण गर्ने गर्छ यो दर्शनले । ‘पुनः विवाह’ द्वन्द्वात्मक भौतिकवादको कुन आधारमा टेकेर सही मान्न सकिन्छ ? दाहालले आफ्नो वाकपटुता प्रयोग गरेर जस्तै तर्क दिए पनि ‘पुनःविवाह’ को द्वन्द्वात्मक भौतिकवादी व्याख्या गर्न सक्नुहुन्न । यसबाट दाहालले द्वन्द्वात्मक भौतिकवादी दर्शन परित्याग गरेको प्रष्ट हुन्छ । अब यसमा कसैले दुविधा गरिरहन जरुरी छैन ।
– नेकपाका अध्यक्षले नै द्वन्द्वात्मक भौतिकवादी दर्शन परित्याग गरिसकेको अवस्थामा पार्टीले कागज वा विधानमा मात्र ‘द्वन्द्वात्मक भौतिकवाद’ को भारी बोकिरहनु जनतालाई झुक्याउने खेल मात्र हो । पार्टी अध्यक्षको अन्धविश्वासमा आधारित अवैज्ञानिक ‘पुनःविवाह’ गरेर कुनै पनि कम्युनिष्ट पार्टी र कार्यकर्ताले आधारभूत रुपमा निर्देशित रहनु पर्ने द्वन्द्वात्मक भौतिकवाद परित्याग गरिसक्नुभएको छ । अध्यक्षले त्यागेको दर्शन पार्टीले बोकिरहेको विश्वास गर्न सकिन्न । नेकपाले द्वन्द्वात्मक भौतिकवादी दर्शन परित्याग गर्नु भनेको उसले आपूmलाई कम्युनिष्ट दाबी गर्ने आधार गुमाउनु हो । अब नेकपाले आफूलाई कम्युनिष्ट दाबी गर्ने योग्यता राख्दैन । नेकपा कम्युनिष्ट पार्टी नै होइन भन्ने सत्य बिहीबारको घटनाले पुनः पुष्टि मात्र गरेको छ ।
– दाहालले यसप्रकार गतिविधि गर्नुभएको यो पहिलोपटक भने होइन । विगतमा पनि उहाँले कालो भैंसी पुजा गर्ने, गाईको पुच्छर समातेर पूजा गर्ने, घर शान्ति गर्ने जस्ता गतिविधि गर्नुभएको छ । कम्युनिष्ट नेता भन्ने तर नाकको टुप्पा मात्र देखिने नहुञ्जेल फूलका माला लगाउने, निधार भरि टिका लगाउने गतिविधि जनताले देखेकै हो । के यो कम्युनिष्टको चरित्र हो ? कम्युनिष्टले संस्कृति र धर्मलाई कसरी हेर्ने भन्ने विषयमा धेरै बहस र छलफल भइरहेका छन् । तर प्रश्न यहाँ संस्कृति र धर्मको होइन । अन्धविश्वासको हो । धर्म र संस्कृतिभित्र वैज्ञानिकता खोज्न सकिन्छ । तर, अन्धविश्वास अवैज्ञानिक हो । भैंसी पूजा गर्ने, गाईको पुच्छर समातेर बैतरणी नदी तर्ने, पूजा गरेपछि घरमा शान्ति हुने कुरा पूर्णतः भ्रम हो, अन्धविश्वास हो । दाहाल भौतिकवादी भए किन यस्ता अन्धविश्वासको पछि लाग्नुभयो, अन्धविश्वासी भए किन भौतिकवादी भएको भन्दै हिँड्नुभयो ? यो प्रष्टतः उहाँको पाखण्ड र जनताको आँखामा छारो हाल्ने खेल हो ।
– नेपाली राजनीतिमा बेला बेला सिंहदरबार, शीतलनिवास, बालुवाटारका दरबारहरू ठगहरूको घेरामा रहेको चर्चा चल्ने गर्छ । बालुवाटारको जमिनसमेत व्यक्तिले आफ्नो नाममा निजीकरण गरी सत्तासीन दलकै नेताको हातमा ठम्याइएको घटनाले पनि यो तर्क पुष्टि हुन्छ । बिहीबार दाहाललाई पनि यस्तै कोही ठगले फेरि ठगेको सत्य बुझ्न जनतालाई गा¥हो छैन । ‘पुनः विवाह’ गरेपछि पत्नीको रोग निवारण हुने झूटलाई विश्वास गराएर दाहाललाई ठग्ने ठगहरूको घेराबाट उहाँ अझै उम्कन नसकेको देखिन्छ । वास्तवमा देशका शासक नेताहरू ठगहरूको घेरामा छन् । ठगहरूलाई नै आफ्नो निकटवर्ती मानेर नेताहरू यस्ता गतिविधि गरिरहेका छन् ।
ि‘तेल के हेर्नु तेलको धारा हेर्नु, नेता के हेर्नु नेताको साथ हेर्नु’ भनेजस्तै दाहालको ‘पुनःविवाह’ को जन्ती गएका नेताहरू पनि दूधको साक्षी बिरालोजस्तै बनेका छन् । नेताले गल्ती नगर्ने होइन । नेता पनि मानिस हो, गल्ती गर्न सक्छ । गल्ती गर्दा नेतालाई सच्याउने जिम्मेवारी कार्यकर्ता र सल्लाहकारहरूको हो । दाहालले कुनै नामुद ठगकै घेरामा परेर ‘पुनः विवाह’ गर्नुभयो । तर, के नेकपाका नेताहरू र दाहालका शुभचिन्तकहरूले ‘पुनः विवाह’ को झूटबारे सजग बनाउने कर्तव्य होइन । नेताले विष खाँदा अमृत मानेर चुपचाप बस्नु उनीहरूको कर्तव्य हो ? अथवा दाहाललाई बदनाम गरेर आफ्नो पालो चाँडै पार्ने खेलमा लागेका छन्–उनीहरू ?
– दाहालमाथिको यस्तो आलोचनाको बचाउमा केही मानिसहरूले ‘व्यक्तिगत विश्वास’, ‘वैयक्तिक स्वतन्त्रता’ को फलाको गर्न सक्छन् । एकजना सर्वसाधारणले यस्तै केही गतिविधि गरे यो आश्चर्यको समाचारमात्र बन्न सक्छ । तर, एकजना नेताले गर्ने यस्ता गतिविधिले समाजको चिन्तन नै प्रभावित हुने गर्छ । नेता भनेका धेरैका लागि आदर्श र उदाहरण पनि हुने गर्छ । के दाहालको सिको गर्दै अब नेकपाका नेता कार्यकर्ताहरूले कोही मानसिक समस्या भएको व्यक्तिको रोग समाधानको लागि ‘पुनःविवाह’ गर्न सक्छन् ? भोलि नेकपाका कोही एक नेताले पत्नीको रोग उपचारको लागि अर्को महिलासँग दोस्रो विवाह गरेको तर्क गरे उसलाई कानुनअनुसार बहुविवाहको मुद्दा लाग्ने वा नलाग्ने ? दाहालका हरेक गतिविधि संसारले र नेपाली जनताले पनि नजिकबाट हेरिरहेका छन् । तसर्थ उहाँले यसमा संवेदनशील बन्नैपर्छ ।
– ‘पुनः विवाह’ शब्द प्रयोग गरिएको बिहीबारको कार्यक्रम खासमा विवाहको ५० औँ वार्षिकी थियो । विवाह मानिसको जीवनमा महत्वपूर्ण व्यक्तिगत घटनामध्ये पर्दछ । विवाह भएको दिनलाई मानिसले स्मरणीय बनाउनु व्यक्तिगत चाहनाको विषय हुनसक्छ । तर, त्यसलाई ‘पुनःविवाह’ को अतिरञ्जना एक जना कथित कम्युनिष्ट शासक दलको नेताबाट हुनु खेदजनक हो । यसले नेपाली समाजमा गलत सन्देश सम्प्रेषण गरेको छ ।
निेकपाका नेताहरूभित्र वैचारिक विचलन र सांस्कृतिक स्खलनको चर्चा नयाँ होइन । यस विषयमा आफूलाई नेकपाका नेता भनी परिचय दिनेहरूले पनि लगातार लेख्दै बोल्दै आएका छन् । भलै उनीहरू त्यही स्खलित रछ्यानकै न्यानोमा रमाइरहेका छन् । दाहालले बिहीबार गरेको ‘पुनःविवाह’ घटना नेकपाका नेताहरूको वैचारिक स्खलन र सांस्कृतिक विचलनको उत्कर्ष हो । सांस्कृतिक स्खलनमा सबै घटनालाई ‘पुनःविवाह’ले होचो बनाइदिएको छ ।
Leave a Reply