भर्खरै :

रुसमा विजय दिवसमा सैनिक परेड तथा जन ¥याली

मस्को, ९ मे (आरटी न्यूज) । जर्मनीको नाजी फाँसीवादी सेनामाथि तत्कालीन सोभियत सङ्घको लाल सेनाको विजयको ७४ आँै वार्षिकोत्सव मनाउन रुस र पूर्वसोभियत गणतन्त्रहरूमा सैनिक परेड तथा जन ¥यालीहरू गरिएका छन् ।
मस्कोको रेड स्क्वायरमा भएको सैनिक परेडमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, प्रधानमन्त्री मेद्भेदे, रक्षामन्त्री भ्लादिमिर सोइगु, उज्वेकिस्तान, कजाखस्तानलगायतका राष्ट्रपतिहरूको विशेष उपस्थिति रह्यो । सो अवसरमा सैनिक परेड र जनताको भेलालाई सम्बोधन गर्दै रुसी राष्ट्रपति पुटिनले विगतमा अग्रजहरूले देश र जनताको रक्षाको निम्ति, शान्तिको निम्ति चुकाएको मूल्यलाई सम्झेर आ–आफ्नो कर्तव्य निर्वाहमा प्रेरणा लिनुपर्ने बतानुभयो ।
उहाँले रुसले कहिल्यै आफ्ना अग्रजहरूको न्यायोचित अडान र उपलब्धिलाई नत्याग्ने स्पष्ट पार्दै रुसी जनता र सेना नै रुसको शक्ति भएको बताउनुभयो ।
सैनिक परेडमा रुसी सेनाका विभिन्न विभागहरू, विभिन्न सैन्य प्रतिष्ठानहरू र अर्ध सैनिक बलहरूको तर्फबाट सैनिक परेड प्रदर्शन गरिएको थियो । समारोहमा लालसेनाका पूर्व पदाधिकारीहरू, अवकाशप्राप्त वीरहरू र तिनीहरूका परिवारका सदस्यहरू तथा दसौँ हजार सर्वसाधारणको उपस्थिति थियो ।
सैनिक परेडलगत्तै दोस्रो विश्वयुद्धका क्रममा नाजी सेनासितको लडाइँमा वीरगति प्राप्त गरेका परिवारका सदस्य र आफन्तहरूको तस्विरसहित विशाल जनप्रदर्शन गरिएको थियो । त्यस्तै प्रदर्शन पूर्व सोभियत गणतन्त्रका राजधानीहरूमा पनि भएको समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *