शिक्षा नियमावली संशोधन विद्यालय शिक्षा थप सङ्कटमा पर्ने !
- असार २९, २०८३
काठमाडाँै, २७ वैशाख । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल काठमाडाँै रानीपोखरीको दक्षिण–पश्चिम कुनामा आमरण अनसनसहित पुनर्वहालीको लागि आन्दोलनरत अस्थायी करार शिक्षकहरूसँग भेट गर्नुभयो ।
सांसद सुवालले अस्थायी करार शिक्षकहरूलाई अयोगमा भए १०–२० वर्ष अगाडि नै किन भर्ना गरियो र योग्य भए अहिले किन निष्काशन गरियो प्रश्न राख्दै सरकारले अस्थायी करार शिक्षकहरूको समस्या समाधान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले अस्थायी करार शिक्षकहरूको आन्दोलन खेर नजाने बताउनुभयो ।
यसैबीच शुक्रबार सङ्घर्षरत अस्थायी शिक्षक र शिक्षा मन्त्रालयबीच वार्ता भएको थियो । वार्तामा अस्थायी करार शिक्षकहरूका मागबारे गहन छलफल भए पनि कुनै निष्कर्ष भने निक्लिएन । वार्तामा शिक्षा मन्त्रालयका तर्फबाट वार्ता संयोजक सहसचिव कृष्ण काप्री, नेपाल शिक्षक महासङ्घका केन्द्रीय अध्यक्ष बाबुराम थापा, राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्मा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शंकर अधिकारी, अस्थायी करार शिक्षक केन्द्रीय सङ्घर्ष समितिका आन्दोलन परिचालन उपसमितिका संयोजक हेमनाथ चौलागाई, सहसंयोजक जीवन सुवाललगायतको उपस्थिति थियो । अर्को वार्ता शिक्षामन्त्रीको उपस्थितिमा हुनुपर्ने माग अस्थायी शिक्षकहरूले गरेका छन् ।
Leave a Reply