भर्खरै :

संविधानअनुसार शिक्षा ऐन नबन्दा जनताप्रति विश्वासघात

भक्तपुर, २८ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले संविधानमा आधारभूत शिक्षा निःशुल्क र अनिवार्य तथा मावि शिक्षा निःशुल्क हुने व्यवस्था भएको तर सरकारमा गएका राजनीतिक दलहरूले शिक्षा ऐनमा निजी विद्यालय ‘सेवामूलक’ बनाउने प्रावधान राखेर संविधानको उल्लङ्घन गरेको र जनतालाई विश्वासघात गरेको बताउनुभएको छ ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार आयोजित जिल्लास्तरीय विद्यार्थी भेलामा उहाँले नेक्राविसङ्घ निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षा व्यवस्था लागू गर्न स्थापना भएको र नेमकिपाको लक्ष्य नै नेक्राविसङ्घको लक्ष्य हुने विचार राख्नुभयो ।
“नेमकिपाले मावि तहसम्म शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय तहसम्म शिक्षा निःशुल्क हुनुपर्ने आवाज उठाउँदै आएको छ । नेमकिपा उत्पादन श्रमसँग जोडिएको शिक्षा व्यवस्थाको पक्षमा छ ।”, सचिव सुवालले भन्नुभयो ।
उहाँले नेपालमा निजी विश्वविद्यालय र कलेज सञ्चालनमा भएको र त्यस्ता निजी शिक्षालयमा पैसा हुनेले मात्र शिक्षा पाउने व्यवस्था गरिब जनताविरोधी नीति भएको बताउनुभयो ।
“सरकारका यस्ता नीतिले व्यापक कामदार नेपाली जनताको हित र सेवा गर्नसक्दैन ।”,उहाँले भन्नुभयो ।
सचिव सुवालले विद्यार्थीहरूले साहित्य, सङ्गीत र खेलकुदमा पनि चासो राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “माक्र्सवादी साहित्यले समाजलाई अघि बढाउन मद्दत गर्छ । प्रतिक्रियावादी साहित्यले समाजमा दख्खल पु¥याउने भएकोले तिनलाई अस्वीकार गर्नुपर्छ ।”, सचिवले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजूले अनुशासित, अध्ययनशील र निडर विद्यार्थी कार्यकर्ताले विद्यार्थीहरूको नेतृत्व गर्न सक्ने बताउनुभयो ।
नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले विद्यार्थीहरूले माक्र्सवादी साहित्यको नियमित अध्ययन र अन्तरक्रिया गर्नुपर्ने बताउनुभयो ।
विद्यार्थी भेलामा इन्जिनियर समाज नेपालका केन्द्रीय उपाध्यक्ष नरेश खत्रीले माक्र्स र एंगेल्सले लेख्नुभएको ‘कम्युनिष्ट घोषणापत्र’ र प्राध्यापक समाज नेपालका सुनिल दुवालले ‘माक्र्सवादका आधारभूत पक्ष’ बारे प्रशिक्षण दिनुभयो ।
भेला नेक्राविसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष अनिल फोंजूको सभापतित्वमा भएको थियो । कार्यक्रममा भक्तपुर बहुमुखी क्याम्पसका स्ववियु सभापति दिनेश खड्कीले पनि बोल्नुभएको थियो ।
भेलाले मिलन गणेजूको संयोजकत्वमा १६ सदस्यीय नेक्राविसङ्घ तेइसौं भक्तपुुर जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *