भर्खरै :

वार्षिक योजना तथा बजेट तर्जुमा अभिमुखीकरण

भक्तपुर, २९ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. भक्तपुरको वित्तीय सेवा प्रवद्र्धन उपसमितिको आयोजनामा वार्षिक योजना तथा बजेट तर्जुमा अभिमुखीकरण तालिम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूले वार्षिक योजना र बजेटको आधारमा सहकारी संस्था अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै संस्थाको उद्देश्य प्राप्ति योजना र बजेटविना सम्भव नहुने बताउनुभयो ।
सङ्घका कोषाध्यक्ष कान्छाभक्त घजूले सहकारी उद्देश्यउन्मुख र वित्तीय अनुशासन कायम गर्न आवधिक योजना तथा बजेटको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा सङ्घका व्यवस्थापक बालकृष्ण धोजू, वित्तीय सेवा प्रवद्र्धन उपसमितिका सदस्य राजकुमार लघू, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष अनिल सुवाल, महिला अभियान बचत तथा ऋण सहकारी संस्था लि.का कोषाध्यक्ष निर्मला भण्डारी, हित बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक सचित हाडा, अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक गोपाल भट्टराईलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *