भर्खरै :

दैलेखमा माक्र्स दिवस

दैलेख, ३० वैशाख । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँपालिकाको आयोजनामा वैशाख २३ गते २०१ औं कार्ल माक्र्स जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुुर किसान पार्टी जिल्ला समिति दैलेखका सदस्य एवम् पार्टी गाउँपालिका अध्यक्ष जगतबहादुर वलिले माक्र्सले लिएको बाटोबारे हरेक कार्यकर्ताले जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “माक्र्सको जीवनका हरेक दुःख र कष्टबारे बुझेर पार्टी कार्यकर्ताहरूले आफ्नो जीवनमा लागू गर्नुपर्छ ।”
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका हीरामणी न्यौपाने, नेक्राविसङ्घ जिल्ला समिति दैलेखका उपाध्यक्ष डिल्लीप्रसाद न्यौपाने, नेमकिपाका अनिराम न्यौपाने, गंगाप्रसाद न्यौपाने, मिनबहादुर पौड्याललगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *